विश्वास नेपाली
यतिबेला मुलुक संविधान निर्माणको अन्तिम घडीमा छ। सबैको ध्यान संविधानतिर गएको छ। नेताहरूले गरेको ६ प्रदेशको सीमाङ्कनसँगै चर्केको जनविरोधले उग्र रूप लिएपछि फेरि ७ प्रदेशको सीमाङ्कन भएको छ।
अब अर्को निर्णय नभए नेपाल ७ प्रदेशमा विभाजन हुने पक्का भएको छ र यसैअनुरूपको नयाँ संविधान हामीले पाउनेछौं। मुख्य दलका मुख्य नेताको निर्णयले मात्र संविधान बन्ने भयो भनेर अर्काेतर्फ विभिन्न विरोधका स्वर उठेका छन्। विभिन्न जातीय तथा भूगोलका सङ्गठन सडक सङ्घर्षमा छन्। नयाँ संविधान सबैको अधिकारसहितको नहुनेमा सर्वत्र चिन्ता छाएको छ। एक जुगमा एक पटक उथलपुथल आउँछ भनेझै एक जुग अर्थात नेपालमा पहिलो पटक लेखिन लागिएको ऐतिहासिक संविधान सबैले अपनत्व गर्नेखालको हुनुपर्ने माग सर्वत्र उठेको छ।
जुन आन्दोलन, जुन सङ्घर्ष र बहस भइरहेका छन्, सबै कोणबाट सकारात्मक छन्। यो विरोध, यो सङ्घर्ष, यो बहस सबै जातजाति, भाषाभाषी, भूगोल, पिछडा वर्ग, सीमान्तकृत समुदाय, महिला, आदिवासी जनजाति, दलित, मधेसी, भूमिहीन, सुकुमबासी, अल्पसङ्ख्यक समुदाय सबैको अधिकार संविधानमै सुनिश्चित होस् भन्ने अभिप्रायले भएको हो। यो बेला जनआवाज नउठे, जनबोली उच्च नभए फेरि पनि षडयन्त्र हुनेछ र हामीले परिकल्पना गरेजस्त्ाो संविधान आउने छैन। यसैले शान्तिपूर्णरूपले सबै जुर्मुराउनु आवश्यक छ।
यही संविधानका लागि हजारौं सपुतले बलिदानी दिएका छन् सात दशकको इतिहासमा। धेरै पटक परिवर्तनको लडाइँ भए यसबीचमा। धेरैले बलिदानी गरेका छन्, एक थान संविधानका लागि। तर मुस्किलले यतिखेर हामी संविधान पाउने संघारमा छौं। पछिल्लो पटक संविधानको पहिलो मस्यौदा बाहिर आइसकेपछि पनि आधा दर्जन मानिसले यसैका खातिर आफ्नो जीवन बलिदानी गरेका छन्। जसलाई सामान्यरूपमा लिइनुहुँदैन।
संविधान कसैको पोल्टाको सामग्री बन्नुहँुदैन। कि आफूलाई मन लागे प्रयोग गर्यो् नलागे थन्कायो। केही सीमित दल र त्यसका नाइके यतिबेला यस्तै खेल खेलिरहेका अनुभूति सबैले गर्न थालिएको छ। वर्तमान दृश्य यस्तै देखिएको छ। भर्खरै संविधान सभाको एउटा पक्ष संविधान सभा बहिष्कार गर्दै बाहिरिएर आन्दोलनको मोर्चा कस्दैछ। जुन कदापि असल सोच हुँदै होइन र यसलाई हाम्रा शीर्षस्थ नेताहरूले हल्कारूपमा लिनु पनि हुँदैन। यद्यपि सबैले मागेजस्तो अधिकार नयाँ संविधानमा समेटर जारी गर्न सक्छन् वा सक्दैनन्? यतिबेला गम्भीर प्रश्न भने खडा भएको छ नेताहरु सामु।
सबैको माग र मुद्दा एकएक गरी सम्बोधन गर्न नसके पनि साझा मुद्दा जो साँच्चै भूगोल र जनताको हित हुनेखालको छ, यस्ता विषयमा भने दलहरूले आफ्नो व्यक्तिगत वा पार्टीगत स्वार्थ नहेरी निर्णय लिनु वाञ्छनीय हुनेछ। हामी करिव ७ दशकको निरन्तर सङ्घर्षपछि संविधान सभाबाट संविधान पाउँदैछौं। त्यो संविधान हामी जनताले लेखिएको संविधान हुनेछ र अपनत्व महसुस गर्नेखालको बन्नेछ, यही आशा र भरोसा गरेका छौं हामी जनताले। पक्कै पनि नयाँ संविधान महत्वपूर्ण हुनेछ। संघीय नेपालको नयाँ संविधान हुनेछ। जनताको छोराछोरीले भावी नेपालको नेतृत्व लिनपाउने बाटो खुल्ला हुनेछ। त्यो संविधान कुनै जातजाति या भाषाभाषी या भूगोलले मेरो होइन भन्ने बन्नु हुँदैन। व्यक्तिगत हित र स्वार्थभन्दा सामूहिक हित हुनेखालको बन्नेछ। र, यसले वर्षौंदेखि लम्बिएको संक्रमणकाल पनि अन्त्य गर्नेछ र भावी नेपाललाई समृद्धितर्फ उन्मुख गर्नेछ। यसैका लागि त परिवर्तनका हजारौं संवाहक नेपालीले रगत बगाएका छन्। बलिदानी गरेका छन्। यस्तो परिवर्तनका लागि आहुति दिने कुनै उच्च कुलखानदान, कुल घरानाका पक्कै छैनन् जसले वर्षौंदेखि परिवर्नतको सपना देखे तर परिवतर्न भने महसुस गर्न पाएनन्।

0 comments:
Post a Comment