मोही किसानलाई अवसर



विश्वास नेपाली

सरकारले भूमिमा रहेको दोहोरो स्वामित्वको अन्त्य गर्दै किसानलाई मोही हक दिलाउन सहज हुने गरी प्रक्रिया अघि बढाएको छ । यसको लागि सहज कानुनी व्यवस्थाहरू आएका छन् । पछिल्लो पटक २०७६ भदौ ३० गते प्रकाशित सूचनाअनुसार आउँदो फागुनसम्म किसानले आफ्नो मोही हक बाँडफाँड गरी लिन निवेदन दर्ता गर्ने समय छ । र २०७७ भदौ २९ भित्र भूमि सुधार तथा मालपोत कार्यालयले परेको निवेदनअनुसार जग्गा बाँडफाँड गरिसक्नुपर्ने प्रावधान छ । वर्षाैदेखि किसानहरूले गरेको सङ्घर्षको प्रतिफल भएको हुँदा यसलाई अवसरको रुपमा लिई यही बेला समस्या समाधान गर्नमा सबै केन्द्रित हुनुपर्छ ।

साहुको जमिन जोतेर केही आफू खाने र केही उसलाई खुवाउने व्यक्ति वा किसान ‘मोही’ हो । यसरी मोहीले आफूले जोतिरहेको साहुको जमिनमा आधा स्वामित्व पाउने जग्गा ‘मोहियानी हक’ हो । नेपालमा प्राचिन कालदेखि नै जमिन अरुलाई कमाउने दिने प्रचलन रही आएको पाइन्छ । र निरन्तर छ । मोहियानी हक कायम हुने प्रक्रिया भने कानुनीरुपमै भूमिसम्बन्धि ऐन, २०२१ कार्यान्वयनपछि मात्र भएको पाइन्छ । उक्त ऐनले जमिन जोत्नेले मुख्य एक बाली भित्र्याएर कुत बुझाएपछि त्यो जमिनमा जोताहाको मोहियानी हक लाग्ने बलियो व्यवस्था गरिदिएको थियो । 

नेपालमा मोही हकको लडाईँ लामै समयदेखि चल्दै आएको पाउछौं । किसानले आफूले जोतभोग गरेको, स्याहार गरेको, संरक्षण गरेको र माया गरी उव्जाऊ युक्त बनाइ त्यसैबाट आफू र जग्गाधनीको समेत जीविकोपार्जनमा टेवा पु¥याउँदै आएका जमिनको स्वामित्व समेत नपाउँदा यस्तो समसया आएको हो । 

मोही समस्या नेपालका अधिकाशं जिल्लामा छ । यो समस्या तराईको अधिकाशं जिल्लामा छ । र बढी छ । पहाडी जिल्लाहरूमा पनि यो समस्या उत्तिकै छ । एक तथ्याङ्कअनुसार मोही कायम भएका ४ लाख ६९ हजार ९१७ सँग प्रमाण पत्र छ । तर, मोही कायम गराउनको लागि १८ लाख १९ हजार ५४ किसानले भूमिसुधार तथा मालपोतमा निवेदन दिएका थिए । कतिपयको मोही कायम हुनै सकेको छैन । 

सरकारी फिल्डबुकमा मोही जनिएका किसानले जोतभोग गर्दै आएका जग्गाबाट आधा हक पाउनेछन् । उनीहरू पनि अन्य सरह लालपुर्जा प्राप्त गर्न योग्य हुन्छ र जग्गाधनी बन्छन् । वर्षाैदेखि आधा हकको स्वामित्वको लडाइँमा सरिक भएका किसानको लागि यो एक खुसीको क्षण पनि हो । 

मोही किसानहरूको मोहियानी हक कायम पश्चात सुरक्षित र मर्यादित जीवन यापन हुने छ । आफ्नै नामको खेतबारीका खेतीपाती गर्न पाउनेछन् । कृषि भूमिमा रहेको दोहोरो स्वमीत्व अन्त्य हुने छ । किसान र जग्गाधनीबीच भइरहेको किचलो पनि अन्त्य हुनेछ । यसले अन्य विकासको ढोका पनि खुल्नेछ । र विभिन्न कितलोमा तारेक धाइरहनुपर्ने बाध्यताबाट पनि मुक्ति मिल्नेछ । 

नेपालमा मोही हकको लडाईँ लामै समयदेखि चल्दै आएको पाउछौं । किसानले आफूले जोतभोग गरेको, स्याहार गरेको, संरक्षण गरेको र माया गरी उव्जाऊ युक्त बनाइ त्यसैबाट आफू र जग्गाधनीको समेत जीविकोपार्जनमा टेवा पु¥याउँदै आएका जमिनको स्वामित्व समेत नपाउँदा यस्तो समसया आएको हो । उनीहरू फगत भूमिहीन सरह जीवन जीइरहेका छन् । उच्चस्तरीय वैज्ञानिक भूमि सुधार आयोगको प्रतिवेदन अनुसार अझै ४ लाख ५० हजार बेदर्तावाला मोही छन् । जसको रेकर्ड सरकारसँग छैन, तर जमिन जोतभोग गरिरहेकै छन् । 

२०५३ मा भूमिसम्बन्धि ऐन, २०२१ को चौथो संशोधनमा मोही कायम हुने व्यवस्था रोकिएको हुँदा मोही सङ्ख्या थप हुन पाएन । कानुनी रूपमा बन्देज लगाइएको हुँदा लाखौं किसानहरू जमिन जोतिरहेको भएपनि प्रमाणविहीन अवस्थामा छन् । सरकारले बेदर्तावाला मोही किसानलाई पनि एक पटक दर्ता गर्ने अवसर दिनुपर्छ र उनीहरूलाई पनि मोही हक दिलाउनुपर्छ । नत्र उनीहरूमाथि अन्याय हुनेछ । 

२०५३ पुस २४ देखि नयाँ मोही अन्त्य र पुराना मोही किसानले ५० प्रतिशत जग्गा पाउने व्यवस्था गरियो । पछि २०५८ मा मोही ऐन संशोधन गरी २ वर्षभित्रै किसान र मोहीबीच जग्गा बाँडफाँट गरीसक्ने भनिएपछि प्रभावकारी कार्यान्वयन नहँुदा मोही किसान स्वामित्वबाट वञ्चित रहिरहे । 

मोही हक पाउनु मोही किसानले सामाजिक न्याय पाउने हो भन्नु बुझ्नु पर्छ । यसैले भूमि अभियानमा क्रियाशिल अभियानकर्मीले मोही किसान भेटघाट तथा घरदैलोमा पुग्ने र हक लिन उत्पेरित गर्नुपर्छ । मोहियानी हक दावी गर्न किसानहरूलाई सघाउने र आवश्यक सहजीकरण गर्नु आवश्यक देखिन्छ । यसलाई अभियानकै रुपमा अघि बढाउनु जरुरी छ ।

भर्खरै प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट संशोधन भएको भूमिसम्बन्धि ऐन, २०२१ को आठौं संशोधनले पनि प्राथमिकता दिई मोही किसानले भोग्दै आएको समस्या समाधानका लागि मार्ग प्रशस्त गरिदिएको छ । संशोधित ऐनको दफा २६ घ.मा जग्गाधनी र मोही दुवै थरी आपसमा मन्जुर हुन नसकी जग्गाधनी वा मोहीमध्ये कुनै एक पक्षले निवेदन दिएमा तोकिएको अधिकारीले जग्गाधनी वा मोहीलाई झिकाई आवश्यक प्रमाण बुझ्नुपर्ने भए सो समेत बुझी असल कमसल मिलाई बाँडफाँट गर्नुपर्ने जग्गाको क्षेत्रफल वा मूल्याङ्कनको आधारमा आधा–आधा हुने गरी जग्गा बाँडफाँट गरी मोही लगत कट्टा गरिदिनु पर्नेछ भनेको छ । मोही लागेको जग्गा साह्रै सानो रहेछ भने सो जग्गा उचित मुल्य लिई मोहीलाई जग्गा लिन दिनुपर्ने प्रावधान पनि गरिएको छ । 

मोही हदबन्दी खारेज गरेको छ । जत्ति जमिन भएपनि मोहीले आधा पाउनेछन् । मोही किसानले मात्रै आफ्नो हक छुट्याई लिन पनि प्रशस्त आधार दिएको छ । मोहीले जोतभोग गर्दै आएको जमिनबाट वेदखल गरिएको वा जग्गाधनी से्रस्तामा मोही जनिएको तर मोही किसान नभेटिएमा वा स्वेच्छाले छोडेको रहेछ भने पनि उक्त जग्गाको मोहीले पनि आधा हिस्सा अव नेपाल सरकारको नाममा जाने भएको छ । 

यतिबेला हामीकहाँ संघीय व्यवस्था छ । तीन तहमा सरकार छ । जनप्रतिनिधिले नेतृत्व गरेको सरकार छ । कम्युनिष्ट पार्टीको सरकार छ । कम्युनिष्ट पार्टीको मुख्य नारा ‘भूमि सुधार’ भनिएको छ । जनतालाई अधिकार दिलाउने यो एक अवसर पनि हो । 

राजनीतिक सहमति पछि संविधान सभाबाट पारित भई बनेको नयाँ संविधानले पनि भूमिमा रहेको दोहोरो स्वामित्व अन्त्य गर्दै किसानको हितलाई ध्यानमा राखी वैज्ञानिक भूमि सुधार गर्ने भनेको छ । नेपालको संविधान, २०७२ को भाग–४, राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व, धारा ५१ मा राज्यका नीतिहरूको (ङ) मा कृषि र भूमि सुधारसम्बन्धी नीतिको बुँदा (१) भूमिमा रहेको दोहोरो स्वामित्व अन्त्य गर्दै किसानको हितलाई ध्यानमा राखी वैज्ञानिक भूमि सुधार गर्ने भनि व्यवस्था गरिएको छ । 

यसको लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पनि मोही जग्गा बाँडफाँडको कामलाई प्रभावकारी बनाउन स्थानीय तह, प्रदेश सरकार, सम्बन्धित संघसंस्था, राजनीतिकर्मी र सरोकारवालाहरूलाई सहकार्य गरी यो समस्या समाधान गर्न पहल कमी लिनुपर्छ देखिन्छ । 

मोही हक पाउनु मोही किसानले सामाजिक न्याय पाउने हो भन्नु बुझ्नु पर्छ । यसैले भूमि अभियानमा क्रियाशिल अभियानकर्मीले मोही किसान भेटघाट तथा घरदैलोमा पुग्ने र हक लिन उत्पेरित गर्नुपर्छ । मोहियानी हक दावी गर्न किसानहरूलाई सघाउने र आवश्यक सहजीकरण गर्नु आवश्यक देखिन्छ । यसलाई अभियानकै रुपमा अघि बढाउनु जरुरी छ ।

मोही किसानको लागि यो एउटा सुनौलो अवसर हो । यसको लागि सर्थप्रथम त, मोही किसान अग्रसर हुनु जरुरी छ । अव, जग्गाधनीले केही भन्छकी भनेर मनमा डर राखेर आफ्नो अधिकार लिनको लागि पछि हट्नु हुँदैन । यसलाई अवसरको रुपमा लिई वर्षाैदेखिको किचलो अन्त्य गरी आफ्नो हक सुरक्षित गर्न लाग्नुपर्छ ।

(विहिबार, २१ कात्तिक, २०७६ नागरिक दैनिकमा प्रकाशित)

संविधान : जनअपेक्षा कति पुरा भयो ?



विश्वास नेपाली

असोज ३ गते संविधान दिवस हर्षाेउल्लासको साथ मनाइयो । सरकारले संविधान दिवस मनाउन अनुरोध ग¥यो र राष्ट्रिय विदा दियो । नेपाल गणतन्त्र घोषणा भएपछि गत २०७२ साल असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भयो । यो संविधान लेख्न हाम्रा जनप्रतिनिधिलाई आठ वर्ष लागेको थियो । संविधान जारी भएको ४ वर्ष पूरा भई पाँचौं वर्षमा प्रवेश गर्यो । 

कुनै पनि मुलुकमा संविधान सभामार्फत संविधान बनाइनुको उद्देश्य देशलाई समृद्धिको यात्रामा हिडाउनु हो । जनतालाई अधिकतम् अधिकारको उपयोग गर्न दिनु हो । पक्कै हाम्रा नेतृत्वले यही सोचका साथ संविधान सभाको विषय उठाए । साथ पाए, संविधान सभाबाटै संविधान लेखियो ।

यसअघि धेरै पटक संविधानहरू बनेका थिए । नेपाल सरकार वैधानिक कानुन, २००४ लाई पहिलो लिखित् संविधान मानिन्छ । त्यतीबेला राण, राजा र राजनीतिक दलसहितको सहमतिमा संविधान जारी भयो । त्यसयता २००७, २०१५, २०१९, २०४७, २०६३ र २०७२ मा संविधान निर्माण भयो । काल परिवेशअनुसार परिवर्तन हुँदै आयो र पछिल्लो संविधान बहुमतसहित संविधान सभाबाट घोषणा गरियो ।

हामी चाहन्छौं, हाम्रो शासकहरू जनहीतकारी होउन् । लोकतन्त्रवादी होउन् । जनताका समस्या समाधान गर्न केन्द्रित होउन्, मुलुकको समृद्धि र विकासको लागि अहोरात्र चिन्तन् गरुन् र विकासको लागि योगदान गरुन्, संवैधानिक व्यवस्थाको पूर्ण कार्यान्वयन गरिदिउन् । 

जनताले सार्वभौम अधिकार पाएनन्, राज्यसत्तामा पहुँच राख्न सकेनन्, गरिब भए, सुखी र खुसी हुन सकेनन् । समाजमा हुने र नहुनेबीचको अन्तर बढ्दो थियो । धनी र गरिबबीच खाडल ठूलो भयो । वर्गिय र जातिय विभेद् बढ्दै गयो । समानता भएन । केही समिति वर्ग र समुदायको मात्र राज्य सत्तामा पहुँच रह्यो । महिला र पुरुषमा विभेद हट्न सकेन । पितृसत्तात्मक सोंच हावी हुँदै गयो र महिलाहरू राज्यका स्रोत, शक्तिमा पहुँच राख्न सकेनन् वा दिइएन् । आफ्नो अधिकारको कुरा उठाउन पाएनन् । शिक्षा, स्वास्थ्य, रोजगारी, अवसरमा पहँुचवालाको हावी रह्यो । गरिब र सिमान्तकृत र ग्रामीणबासीले स्रोतमा समान अवसर पाएनन् । दलित र अन्य वर्गबीच समानता कायम हुन सकेन । स्रोत साधान समानुपातिक वितरण प्रणालीअनुसार हुन सकेन । भूमिहीन र सुकुमबासीका समस्याहरू भयाबह हुँदै गयो । राज्यमा सबैका समान सहभागिता हुन सकेन । सहर र ग्रामीण क्षेत्रमा विकासमा ठूलो अन्तर रह्यो । 

यी र यस्तै विविध खाले समस्या विद्यमान थियो । नेपालीले संविधान सभामार्फत नयाँ संविधान चाहेका थिए र लडेर ल्याएका हुन् । परिवर्तनका हरेक लडाँर्ईमा जनताको साथ उल्लेख्य छ । इतिहासमा यस्तो कुनै पनि परिवर्तनका घटना छैनन्, जसका लागि जनताको साथ नभएको होस् । जनताको साथ हुँदैन थियो भने न यहाँ माओवादीले सुरु गरेको दश वर्षे जनयुद्ध सफल हुने थियो, न त पटक पटकको जनआन्दोलनले नै सार्थकता पाउथ्यो । यो विषय नेतृत्वले बुझ्न जरुरी छ । पटक पटक समीक्षा गर्नु जरुरी छ । के हामीले साच्चै ती जनताका समस्या समाधान गर्नको लागि काम गरिरहेका छौ की छैनौं ? हिजोको बाचाअनुसार हामी अघि बढेका छौ की छैनौं ?  


संविधान आयो, ४ वर्ष वित्यो । जनतालाई सार्वभौम मानी धारा १६ देखि ४६ सम्म ३१ वटा मौलिक हकको व्यवस्था गरिएको छ । मौलिक हक कार्यान्वयन लागि धारा ४७ मा भनिएको छ, संविधान प्रारम्भ भएको तीन वर्षभित्र कानुनी व्यवस्था गर्नुपर्ने छ । अव समीक्षा गरौं, संविधान जारी भएको ४ वर्षमा हामीले कतिवटा कानुनी व्यवस्था ग¥यौं र ती कार्यान्वयमा आए ? कति समस्या समाधान भए ?


संविधान सभामार्फत जनप्रतिनिधिले संविधान लेखिनुपर्छ र त्यसलाई जनताद्धारा नै अनुमोदन गरिनु र त्यसैलाई जनताले नै परिपालन गर्न पाउनुपर्छ भन्दै संविधान सभाको माग उठेको ७ दशकको लडाँई पछि यो सम्भव भयो । यो अवधिमा भएका विभिन्न सङ्घर्षका लडाँईंहरूमा हजारौं नेपालीहरूले रगत बगाएका छन् । लाखौं नेपाली घाइते भएका छन् । यो परिवर्तन सानो बलले प्राप्त भएको पक्कै होइन, जगजाएरै छ, भुल्नु पनि हुँदैन । 

नेपालको इतिहासमा विभिन्न वंशका राजाहरूले लामो समय शासन गरे । पछिल्लो पटकको शाह वंशीय राजाहरूले पनि २३८ वर्ष लामो शासन गरे । श्री ३ को उपाधी लिँदै १०४ वर्ष जहानीय शाणा शासन पनि चल्यो । यी कालखण्डमा जनताको अधिकारको विषय उठ्दैन थियो वा उठाउन दिइदैन थियो । जनताले आफ्नो दुःख पीडा सुनाउने र आफ्नो अधिकार खोज्न सक्ने स्थिती थिएन । शासकहरूले जे बोल्यो त्यो कानुन हुन्थ्यो, त्यही परिपालना गर्नु कर्तव्य हुन्थ्यो । लामो समयदेखि थिचोमिचो र अन्याय सहँदै आएका जनताले लामै सङ्घर्ष र लडाँई गरेर अहिलेको परिवर्तन ल्याएका हुन् । 

संविधानले तीन तहको (स्थानीय, प्रदेश र संघीय) सरकारको परिकल्पना गरेको छ । स्थानीयदेखि संघीय तहसम्म जनप्रतिनिधिहरू छन् । दिएको अधिकार प्रयोग गरी शासनसत्ता सञ्चालन गरिरहेका छन् । सरकारको मुख्य काम र कर्तव्य भनेको संविधानले दिएको अधिकार प्रयोग गरी अधिकतम् राष्ट्रहीत र जनहीतका कामहरू गर्नु हो ।
संविधान आयो, ४ वर्ष वित्यो । जनतालाई सार्वभौम मानी धारा १६ देखि ४६ सम्म ३१ वटा मौलिक हकको व्यवस्था गरिएको छ । मौलिक हक कार्यान्वयन लागि धारा ४७ मा भनिएको छ, संविधान प्रारम्भ भएको तीन वर्षभित्र कानुनी व्यवस्था गर्नुपर्ने छ । अव समीक्षा गरौं, संविधान जारी भएको ४ वर्षमा हामीले कतिवटा कानुनी व्यवस्था ग¥यौं र ती कार्यान्वयमा आए ? कति समस्या समाधान भए ?

अधिकाशं दलित परिवार भूमिहीन छन्, घरबासको लागि जमिन छैन । खेतीपातीको लागि जमिन छैन । उनीहरूको परम्परागत पेशा करिव करिव लोपउन्मुख छ । शिक्षामा पछाडी छन् ।

नागरिक आवाज त बाहिर आइरहेका छन् । जनताले मौलिक हकको निर्वाध उपयोग गर्न पाएका छैनन् । शिक्षा महङ्गो भयो । स्वास्थ्य महङ्गो भयो । गरिबले पढ्न सकेनन्, उपचार पाएनन् । खाद्यन्नको भाउ बढ्यो । बेरोजगारी बढे । विदेशीने युवा बढे । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले जनताको समस्या समाधान हुने गरी काम गर्न सकेनन्, सुविधामुखी भए । हिजो एउटा राजा थिए, आज धेरै भए । भूमिहीन र सुकुमबासीका बासको सुरक्षा भएन । जनता हलिया बस्न बाध्य छन्, कमलरी बस्न बाध्य छन् । हरवा चरवा प्रथा कायमै छ । जातीय छुवाछूतका घटनामा कमी आएन । धनी र गरिबीको अन्तर झन बढी हुँदै जान थाल्यो । नेताहरु बोलिमात्र दिने भए । आदी इत्यादी । यो विषय संविधानको मौलिक हकमा रहेको व्यवस्था थियो । तर, किन यस्तो भइरहेको छ ? कार्यान्वयनमा किन समस्या भयो ?

एउटा उदाहरण हेरौं, नेपालमा १६ लाख बढी भूमिहीन सुकुमबासी परिवार छन् । ती मध्ये अधिकाशं परिवार दलित छन् । दलितहरू ३ हजार वर्ष पहिलेबाट अन्याय, अत्याचार र थिचोमिचोमा पर्दै आएका शोषित वर्ग  हुन् । अधिकाशं दलित परिवार भूमिहीन छन्, घरबासको लागि जमिन छैन । खेतीपातीको लागि जमिन छैन । उनीहरूको परम्परागत पेशा करिव करिव लोपउन्मुख छ । शिक्षामा पछाडी छन् । नेपालको संविधान, २०७२ को धारा २४ मा छुवाछूत तथा भेदभाव विरुद्धको हकको (१) मा भनिएको छ, कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जातजाति, समुदाय, पेशा, व्यवसाय वा शारिरीक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै पनि प्रकारको छुवाछूत वा भेदभाव गरिने छैन । 

धारा (४०) दलितको हक (१) राज्यका सबै निकायमा दलितलाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ । सार्वजनिक सेवा लगायतका रोजगारीका अन्य क्षेत्रमा दलित समुदायको सशक्तिकरण, प्रतिनिधित्व र सहभागिताका लागि कानुन बमोजिम विशेष व्यवस्था गरिनेछ । बुँदा (५) मा राज्यले भूमिहीन दलितलाई कानुन बमोजिम एक पटकको लागि जमिन उपलब्ध गराउने छ । बुँदा (६) मा राज्यले आवास विहीन दलितलाई कानुन बमोजिम बसोबासको व्यवस्था गर्ने छ । यस्तो व्यवस्था मौलिक हकमा नै गरिएको भएपनि हालसम्म यो व्यवस्था कार्यान्वयनमा आउन सकेका छैन । अनि यी यस्ता वर्गले कसरी संविधान दिवस खुसी भएर बनाउन सके होलान ? यो पनि समीक्षा होस् । 

व्यवस्था आफैंमा पूर्ण हुँदैन, त्यसले जवसम्म कार्यान्वयनको चरणमा प्रवेश पाउँदैन, तवसम्म भएको व्यवस्थामा खुसी हुनु पर्ने कुरा बाध्यकारी हुँदैन होला । नेपालमा भूमि वितरण प्रणाली वैज्ञानिक नभएको कारण पनि दलित तथा भूमिहीन परिवारले भूमिमा पहुँच राख्न सकेनन् । हुनेसँग अथाहा छ । कोहीसँग पाइलो राख्ने ठाउँ छैन । अन्यायमुखी व्यवस्थाको कारण विभेद छ । नयाँ संविधान आएपछि भूमि सुधार हुन्छ भनिएको थियो, तर अहिलेसम्म हुन नसक्दा पनि यी वर्ग समस्यामा छन् । 

हामी चाहन्छौं, हाम्रो शासकहरू जनहीतकारी होउन् । लोकतन्त्रवादी होउन् । जनताका समस्या समाधान गर्न केन्द्रित होउन्, मुलुकको समृद्धि र विकासको लागि अहोरात्र चिन्तन् गरुन् र विकासको लागि योगदान गरुन्, संवैधानिक व्यवस्थाको पूर्ण कार्यान्वयन गरिदिउन् । 

यो भइरहेको छ वा छैन ? यो कोणबाट बहस पुगेन । अहिलेको संविधान समृद्ध नेपालको भविष्य रेखा हो भनिएको थियो । तर, संविधान कार्यान्वयन यही बाटोमा हिडेको छ वा छैन ? यो विषयमा पनि समीक्षा होस् । 
नयाँ संविधान किन आवश्यक थियो ? किन ल्याइयो वा ल्याउनु परेको हो ? संविधानबाट जनताले के आशा राखेका थिए र ती कति उपलब्धी भए ? यो दिवसको दिन यी कोणबाट समीक्षा भयो वा भएनन् ? 

किन हुँदैछ भूमि ऐनको विरोध



विश्वास नेपाली

ऐन र व्यवस्था

भूमि सम्बन्धी ऐन, २०२१ को आठौं संशोधन प्रतिनिधि सभाबाट गत भदौं ३ गते पारित भई राष्ट्रिय सभामा पुगेको छ । राष्ट्रिय सभाबाट संशोधन प्रस्ताव पारित हुन नपाउँदै ऐनको विषयमा अहिले बढी नै चर्चा भइरहेको छ । 
भूमिसम्बन्धि ऐन, २०२१ बनेएता ८ पटक संशोधन भयो भने गणतन्त्र घोषणा भएयता ३ पटक । तर, जति पटक संशोधन भएपनि यसले भूमि सुधारको लागि खास पहल लिन सकेको देखिएन । अहिले हेर्दा त लाग्छ, ऐनहरू नेतृत्वले आफूअनुकल फाइदा लिनको लागि प्रभावमा परेर संशोधन गर्छन् । जनताको समस्या दिनप्रतिदिन बढ्दै मात्र गइरहेको छ । सरकार विभिन्न बाहनामा ऐन संशोधन गर्दै बसिरहेको छ । समस्या यो पनि हो । अव कार्यान्वयनतर्फ जान ढिला भइसकेको छ ।

ऐनका राम्रो पक्ष

ऐनले लामो समयदेखि आफ्नो घरघडेरी समेत नभई आवास विहीन भएका भूमिहीन र सुकुमबासी परिवारलाई जग्गा दिने व्यवस्था किटेको हुँदा यस्ता समस्या भोगिरहेका परिवारको समाधान हुने निश्चित गरेको छ । संशोधित ऐनको बँुदा १० मा मुल ऐनको दफा २६ मा ‘घ’ बुँदा थपी जग्गाधनी र मोहीको समस्या समाधान गर्ने विषय राखिएको छ । यस बुँदामा भनिएको छ, जग्गाधनी र मोही आपसमा मन्जुर हुन नसकी जग्गाधनी वा मोहीमध्ये कुनै एक पक्षले निवेदन दिएमा तोकिएको अधिकारीले जग्गाधनी वा मोहीलाई झिकाई आवश्यक प्रमाण बुझ्नुपर्ने भए सोसमेत बुझि नरम करम मिलाई जग्गा बाँडफाँट गरिदिने व्यवस्था छ । 

यस्तै, मुल ऐनको दफा २६ मा ‘ङ’ मा उपदफा (३) बुँदा थपी  मोहीको हक जत्तिको जग्गा छुट्याई नेपाल सरकारको नाममा आउन बाँकी जग्गा प्राविधिक रुपमा कित्ताकाट गर्न नमिल्ने भएमा गठित समितिले निर्धारण गरेको रकम तिरेर बाँकी जग्गासमेत मोहीको नाममा एकलौटी दर्ता गर्न पाइनेछ ।

बँुदा १८ मा मुल ऐनको दफा ५२ ‘क’ पछि ५२, ‘ख’, ५२ ‘ग’ र ५२ ‘घ’ थपिएका छन् । जसमा ५२ ‘ख’ मा भनिएको छ, सरकारी जग्गा वा अभिलेखमा वन क्षेत्र जनिएको भएपनि हाल आवादी रहेको स्थानमा कम्तिमा दश वर्षदेखि बसोबास गरी आएको भूमिहीन, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई एक पटकको लागि नेपाल सरकारले निजहरू बसोबास गर्दै आएको स्थानमा बसोबासको लागि जग्गा उपलब्ध गराउने वा सरकारले उपयुक्त ठहराएको अन्य कुनै सरकारी जग्गामा पनि त्यस्ता परिवारलाई जग्गा उपलब्ध गराउन सक्ने व्यवस्था गरेको छ । 

भूमि सम्बन्धि ऐन, २०२१ सातौं संशोधन २०७५ को परिच्छेद १० मा दफा ५२ ‘क’ थपि बुँदा १ मा भनिएको छ, नेपाल सरकारले भूमिहीन दलितलाई एक पटकका लागि तोकिए बमोजिम तीन वर्षभित्र जमिन उपलब्ध गराउनेछ । 

यस्तो व्यवस्थाले भूमिहीन, सुकुमबासी, भूमिहीन दलित, अव्यवस्थित बसोबासी परिवारको समस्या एक हदसम्म समाधान हुनेछ ।

ऐनको विवाद

ऐनको आठौं संशोधनको बुँदा ७ मा मुल ऐनको दफा १२ पछि ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ थप गरिएको छ । र १२ ‘ख’ बुँदाले भन्छ, कुनै पनि उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्था कुनै कारणले विघटन भएमा वा लिक्वीडेशनमा गएमा त्यस्तो उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थाको दायित्व फरफार गर्ने प्रयोजनको लागि बिक्री वितरण गर्न बाधा परेको मानिने छैन । 

विवाद् एक कारण हदबन्दी भन्दा बढी जमिन गोगटेको विभिन्न उद्योगहरूलाई त्यस्तो हदबन्दीको सीमा नलाग्ने कानुनी व्यवस्था भयो भन्ने हो । सरकारले गरेको निर्णय र ल्याउने कानुनले समस्याहरू समाधान गर्न नसक्ने प्रति टिका टिप्पणीहरू बढी नै हुने गरेका छन् । 

ऐनको बुँदा ७ मा १२ ‘ख’ लाई समातेर भूमाफियाहरूले चलखेल गर्न सक्छन् । उद्योग तथा कम्पनी वा संस्थाहरू रहेको ठाउँ सहर बजार, चोकमा छ । राजमार्ग तथा सडकले छोएको ठाउँ छ । यस्तो जग्गामा अव उद्योग चलाएर ढिलो मुनाफा लिनुभन्दा प्लटीङ गरेर रातारात सजिलै अर्बाै रुपियाँ कमाउन सकिन्छ । हिजोका दिनमा विभिन्न प्रलोभनमा पारी किसानहरूसँग सस्तो मुल्यमा सयौं हेक्टर राम्रो जग्गा विभिन्न उद्योगको नाममा राख्ने उद्योगपतिहरूले चाहिँ कानुनी प्रक्रियाबाट ती जग्गा आफ्नो बनाउन पाउने नीति आयो । यसले के देखिन्छ भने, यो ऐन, फेरी पनि जग्गावाला र पहुँचवालाको पक्षमा बढी ढल्केको हो की । 

उता भूमिहीन, दलित, अव्यस्थिति बसोबासीलाई भने जम्मा घर वा घडेरी पुग्ने जमिनको सीमासम्म मात्र उपलब्ध गराइनेछ । यसरी हेर्दा हुने र नहुनेबीचमा फेरी पनि अन्तर रहने छ । 

के के छुट्यो ऐनमा

यो ऐन संशोधन गरिब, भूमिहीन र किसानको समस्या समाधान गर्ने बाटोमा भन्दा पनि वर्षाैदेखि ठूला उद्योगपतिले विभिन्न उद्योगको नाममा खरिद गरेको जग्गालाई कानुनी रुपमा संरक्षण दिनको लागि आयो भन्ने टिका टिप्पणी सतहमै छन् । अर्काेतर्फ हिजो गुठी विधयेक जस्तै विरोध गरेर यसलाई पनि असफल बनाउन प्रयास भइरहेको त होइन भन्ने चर्चा पनि सुरु भएको छ ।

पछिल्लो सरकार बनेएता पनि देशभरका भूमिहीन, सुकुमबासी परिवार तथा भूमिको क्षेत्रमा, क्रियाशील अधिकारकर्मीहरूले पटक पटक भेटेर मा. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याल, संसद्का विभिन्न समितिका सभापतिहरू, सासद्हरू र विभिन्न राजनीतिक दलका नेताहरूसँग पनि भूमि सुधारको विषयमा पटक पटक छलफल भएको थियो । सयौं माग तथा ज्ञापन पत्र पेश पनि भएको थियो । उहाँहरूले आश्वासन पनि दिनुभएको थियो, तर त्योअनुसार विधेयकमा छलफल भएन र ऐन संशोधनमा राख्नैपर्ने विषयहरू छुटे । 

बिर्ता, गुठी, गाउँव्लबासी, हरवा चरवा, चुरे पीडित, राष्ट्रिय निकुञ्ज, आरक्ष र संरक्षणका आरक्ष पीडितहरू, बेदर्तावाला मोहीलगायतका जल्दा बल्दा समस्याहरू जुन समाधानको गर्नैपर्ने थियो, यी समस्याको विषयमा ऐनमा उल्लेख छैन । 

समाधान के त ?

भूमि सम्बन्धी ऐन, ०२१ को आठौं संशोधनले अव प्रशस्त भूमि सुधारको बाटो खोल्ने छ भन्ने अपेक्षा राखिएको थियो । तर त्यसो हुन सकेन । अझै पनि यो राष्ट्रिय सभामा छलफलमा छ । यसो हुँदा यो ऐनमा माथि उल्लेख गरिएको छुटेका विषयहरू समेटी यस्ता समस्या भोगिआएका किसान तथा भूमिहीनका समस्या समाधान गर्ने गरी संशोधन गरिनुपर्छ । र उद्योग तथा कम्पनीहरूलाई असिमीत जग्गा राख्ने, सट्टापट्ट र बेचविखन गर्ने अधिकार दिइएको छ, त्यो हटाई उनीहरूको हकमा पनि हदबन्दी लागु हुने गरी बाँकी जग्गा राज्यको मातहतमा ल्याई तत् तत् क्षेत्रमा भूमिहीनलाई वितरण गरिनु उपयुक्त हुन्छ । 

यी समस्या समाधान गर्नको लागि ऐनमा जुन जुन आयोग वा समितिको परिकल्पना गरिएको छ, यस्तो आयोगहरू गठन गरिँद्या सिमित राजनीतिक नेतालाई मात्र नभई वास्तविक भूमिहीनकै प्रतिनिधिलाई समेत आयोगमा काम गर्ने जिम्मेवारी दिने र वास्तविक भूमिहीन जग्गा उपलब्ध गराउनुपर्छ । विगतमा जस्तै समस्या बाँकी राखीरहने गरी आयोगहरू बनाउनु हुँदैन ।

अन्त्यमा

कम्युनिष्ट सरकारको चुनावी घोषणा पत्रको सार थियो, नेपालमा वैज्ञानिक भूमि सुधार गरिनेछ र समतामुलक समाज निर्माण गरिनेछ । सबैलाई समान आर्थिक हैसियतामा पुर्याइनेछ, घरघरमा रोजगारी सिर्जना गरिनेछ र किसानको समस्या समाधान गरी उन्नत किसान समाज निर्माण गरिनेछ आदी इत्यादी । हाम्रो संविधानले समेत समाजवाद् उन्मुख राज्यव्यवस्था परिकल्पना गरेको छ । नेपालमा झण्डै एक तिहाई मानिसहरु विभिन्न हिसावले भूमिसम्बन्धि समस्या भोगिरहेका छन् । यस्तो समस्या समाधान गर्ने जिम्मेवारी सरकारको हुनुपर्छ । 

पछिल्लो समयमा सरकारले विभिन्न विधयेकहरू ल्याइरहेको छ । यसरी ल्याएका विभिन्न विधयेकहरू नागरिक र सरोकारवाला वृत्तमा छलफल नगरी आइरहेको हुँदा जनताको समस्या समाधान नहुनेप्रति दबावमुलक आवाजहरू उठिरहेका छन् । राजनीतिज्ञ, लेखक, विष्लेषक, अधिकारकर्मीहरूले पनि सरकारले ल्याइरहेका विधयेकहरूको विषयमा बेस्सरी टिका टिप्पणीहरू गरिरहेका देख्छौं । सुन्छौं । अव प्रश्न उठ्छ, सरकारले आफ्नो काम देखाउन मात्र यस्तो गरिरहेको छ वा जनताले भोग्दै आएको समस्याको स्थायी समाधान गर्न खोजिरहेको छ ? यो कोणबाट बहस पुगेको छैन । 



अधिकारका लागि कहिलेसम्म लड्ने ?



विश्वास नेपाली

भर्खरै गण्डकी प्रदेशको राजधानी पर्यटकीय नगरी पोखरामा राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालको पाँचौं राष्ट्रिय सम्मेलन भयो। केही हप्ताअघि सम्पन्न सम्मेलनमा देशभरबाट भूमिसम्बन्धी समस्या भोगिरहेका गरिब, साना किसान, भूमिहीन र सुकुमवासीलगायत सयौं नागरिक भेला भए। पोखरा सडकमा अधिकारका लागि नाराहरू लगाए– जनमुखी भूमि सुधार लागू गर। सम्मेलनले मुलुकमा अहिले मुख्य आवश्यकता भूमि सुधार हो भन्ने निष्कर्षसहित घोषणा पत्र जारी गर्दै  सरकारको ध्यानाकर्षण गराएको छ।

देशभरबाट सहभागी भूमिहीन र किसान प्रतिनिधिसामु पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने, ‘अहिलेको सरकारले पनि भूमि सुधार गर्न सकेन भने मुलुक ५० वर्षपछि धकेलिनेछ।’ उनको अभिव्यक्तिले प्रस्ट पार्छ– मुलुक समृद्ध बनाउने आधार जममुखी भूमि सुधार नै हो। भूमि सुधारबिना समग्र मुलुक परिवर्तन असम्भव प्रायः छ।

Coped from Nagariknews.com
यदि अहिले प्रचण्डले चाहने हो भने भूमि सुधार सम्भव छैन होला र रु उनै प्रचण्ड यस्तै समाज सुधार र परिवर्तका मुद्दा उठाउँदै १० वर्ष जनयुद्धमा होमिएका थिए। उनले त्यस बेला क्रान्तिकारी भूमि सुधार र संविधान सभा मुद्दा प्रमुख बनाएका थिए। ठूलो परिवर्तनको आशासहित प्रचण्ड नेतृत्वको तत्कालीन माओवादीलाई मुलुकभरका जनताले साथ दिए, सहयोग गरे। जनयुद्ध उत्कर्षमा पुगेका बेला भएको जनआन्दोलनले उचाइ लियो र सत्ता उलटपुलट भयो। अनि दलहरूले सरकारको नेतृत्व सम्हाल्ने अवसर पाए। जनयुद्धका नायक तिनै प्रचण्ड नौ महिना सरकारको उच्च तह प्रधानमन्त्री पदमा आसिन भए। 

तर उनको पालामा पनि गरिब, भूमिहीन जनताको मुहारमा खुसी ल्याउने खालका कुनै काम हुन सकेन। भूमि सुधार आयोगले दिएको प्रतिवेदनसमेत कार्यान्वयन नभई त्यसै थन्कियो। यतिबेला सरकार चलाइरहेको पार्टीका अध्यक्ष पनि उनै प्रचण्ड छन्। यसकारण उनले चाहने हो भने अझै असम्भव काम केही छैन होला नेपालमा यतिबेला दुईतिहाइ बहुमतको शक्तिशाली सरकार छ। जसको नेतृत्व नेकपा अध्यक्ष केपी ओलीले गरिरहेका छन्। 

देशभरबाट सहभागी भूमिहीन र किसान प्रतिनिधिसामु पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने, ‘अहिलेको सरकारले पनि भूमि सुधार गर्न सकेन भने मुलुक ५० वर्षपछि धकेलिनेछ।’ उनको अभिव्यक्तिले प्रस्ट पार्छ– मुलुक समृद्ध बनाउने आधार जममुखी भूमि सुधार नै हो। भूमि सुधारबिना समग्र मुलुक परिवर्तन असम्भव प्रायः छ।

हिजोका दिनमा झापा विद्रोहका एक सिपाही भन्न रुचाउने प्रधानमन्त्री ओली जो जमिनदारहरूविरुद्ध लडेका थिए। तर आज उनैले भूमि सुधार बिर्सेका छन्। सरकारको नेतृत्व गरेको वर्षदिन कटिसक्दा पनि एक अधिकारसम्पन्न आयोगसमेत बनाउन सकेका छैनन्। आखिर कारण के हो रु परिवर्तनकै लागि देशमा लामो समय सशस्त्र संघर्ष गरेको पार्टी माओवादीले एमालेसँग पार्टी एकीकरण गरेपछि अहिले नेपाल कम्युनिस्ट पार्टी ९ने क पा० बनेको छ। यी दुई पार्टी एकीकरणपछि अहिले एउटै पार्टी नेकपामा दुई अध्यक्ष विराजमान छन्। तर कम्युनिस्ट नेतृत्वको सरकारले जनअपेक्षा पूरा गर्न सकेन भन्ने जनगुनासा प्रशस्तै आइरहेका छन्। अधिकारविहीन नागरिक भन्छन्– ‘हिजो एउटा राजा थिए, आज झन् धेरै राजा उदाए।  गरिबी, असमानता र अन्याय उस्तै छ। यही दिन देख्नका लागि हिजो ती आन्दोलन, बलिदान र त्यागहरू भएका थिए त ?

विश्व इतिहास हेर्ने हो भने जति पनि मुलुक आज विकासशील भएका छन् तिनले देश विकासका लागि अपनाएको मुख्य आधार भूमि सुधार नै हो। हामीले छिमेकी चीनलाई मात्र हेर्ने हो भने पनि आज ऊ विश्वकै अर्थतन्त्रलाई चुनौती दिँदै अघि बढ्न सक्षम भएको छ। जब माओले चीनको नेतृत्व सम्हाले तब उनले पहिलो र महत्वपूर्ण मुद्दा भूमि सुधारलाई नै बनाए। उनले गरेको क्रान्तिकारी भूमि सुधारकै कारण अहिले चीन विश्वका विकसित र शक्तिशाली राष्ट्रमध्ये एक बन्न सफल भएको धेरैले स्वीकार गरेको विषय हो। देशमा अधिकार प्राप्तीका विभिन्न आन्दोलन भइरहेको हामी देख्छौं, सुन्छौं । 

भूमि अधिकार आन्दोलन, जनजाति आन्दोलन, दलित आन्दोलन, महिला मुक्ति आन्दोलन, मानव अधिकार आन्दोलन, अस्थायी शिक्षक आन्दोलन आदि। आज कम्युनिस्ट पार्टीको स्थायी सरकार भएका बेला पनि शोषित, पीडित नागरिक विभिन्न अधिकार माग गर्दै आन्दोलन गर्न बाध्य छन्। हिजो यस्तै आन्दोलनको बलमा स्थापित नेताहरू यतिबेला मुलुकको प्रधान पदमा आसिन छन् तर जनताका समस्या समाधान हुन सकेका छैनन्। किन रु यसको जवाफ सरकारको तथा हिजो आन्दोलनको नेतृत्व गर्ने नेताहरूले दिनुपर्छ कि पर्दैन रु कि अधिकारका लागि जनताले सधैं लडिरहनुपर्ने हो ?

अधिकार प्राप्तीका लागि जहिले आन्दोलन गरिरहनुपर्ने जनताले न्याय र समृद्धिको महसुस कहिले गर्न पाउने रु यस विषयमा हाम्रा राजनीतिक नेतृत्वमा रहेकाहरूले समीक्षा गर्न जरुरी छ कि छैन रु हिजो आन्दोलन र चुनावका बेला जनतासामु गरिएका बाचा र प्रतिवद्धता पूरा गर्नेतर्फ अघि बढ्नुपर्छ कि पर्दैन रु हिजो किन गुलिया आश्वासन दिँदै ती गरिब, शोषित, पीडित जनतालाई आन्दोलनमा होमियो रु आज सरकारको नेतृत्व गर्दै केही नेता कुर्सीमा आसिन हुँदै गर्दा फेरि ती जनता आफ्नो अधिकारका लागि सडकमा उत्रिन किन बाध्य छन् रु ‘समृद्ध नेपाल र सुखी नेपाली’ नारामात्रै घन्काएर यो अवस्था आउने हो कि त्यसका लागि आवश्यक सुधारका काम पनि गर्नुपर्छ ?

एउटा किसानले जीवनभर हलो जोत्छ तर त्यही जमिने अधिकार उसले पाउँदैन। जो खेतीपाती गर्नै जान्दैन र खेतबारीको माटोसम्म छुँदैन तर उही हजारौं बिघा जमिनको मालिक छ। यस्तै एउटा शिक्षक जीवनभर पढाउँछ तर स्थायी हुन पाउँदैन। त्यसका लागि उसले आन्दोलनै गर्नुपर्छ। यस्तै घरभित्रै हुने हिंसाका अन्त्यका लागि महिला आन्दोलन गर्न बाध्य छन्। यस्तै उनीहरू सामाजिक र राजनीतिक संरचनामा सहभागी हुने अवसरबाट वञ्चित छन्, त्यसका लागि पनि आन्दोलन गर्नुपरेको छ। जन्मदिने आमाको नामबाट नागरिकता लिन्छु भन्दा पाइँदैन। त्यसका लागि पनि आन्दोलन। आफ्नो भेषभूषा र पहिचानका लागि जनजाति आन्दोलन गर्न बाध्य छन्। 

यसरी देशभर कुनै न कुनै आन्दोलन जारी छन्। किन सधैं आन्दोलन भइरहन्छ रु किन भुइातहका जनताले आन्दोलन गरिरहेका छन् रु यस विषयमा दल तथा सरकार नेतृत्वकर्ताहरू गम्भीर बनेको पाइँदैन। सरकार यतिबेला गरिब, निमुखा नागरिकको पहुँचमा होइन, सुकिलामुकिला, पुँजीवादी र हिजोका तिनै सामन्तीहरूको चंगुलमा परेको छ। जसले जनताका समस्या समाधान गर्नेतर्फ होइन, मुलुकमा झन्झन् भ्रष्टाचार, कालोबजारी, महंगी बढाउनेजस्ता कार्यहरू गरिरहेका छन्। यसले सरकार जनताको होइन, केही सीमित पहुँचवालाहरूको मात्र हो कि भन्ने महसुस हुन्छ।

अब मुलुकमा यस्तो बृहत् सामाजिक आन्दोलन जरुरी छ जसले एकै पटकमा सम्पूर्ण नागरिकको अधिकार स्थापित गर्न सकोस्, मुलुकमा उलटपुलट ल्याउनसकोस्। हिजो क्रान्तिकारी भूमि सुधार मुख्य मुद्दा थियो। यसको पनि लामै इतिहास भइसक्यो। अब भूमि सुधारतर्फ लाग्ने हो कि रु अधिकारका जुन र जति आन्दोलन भइरहेका छन् ती सबैका सवालको स्थायी समाधान खोज्ने हो कि ?


नागरिक दैनिकमा प्रकाशित / शुक्रबार, १५ चैत २०७५
https://nagariknews.nagariknetwork.com/news/72573/

भुइँमान्छे भुइँको भुइँ


प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको महत्वपूर्ण उपलब्धि भर्खरै सार्वजनिक भएको छ । विकास, समृद्धि, सुशासनका नारा दिएर जनताद्वारा उल्लेख्य मत लिएर गठन भएको ओली नेतृत्वको सरकारले यो अवधिमा गरेको कामलाई विभिन्न हिसाबले टीकाटिप्पणी गरिएको छ।
सरकारले सार्वजनिक गरेको उपलब्धि पढिरहँदा नेपालमा रहेका गरिब, भूमिहीन, सुकुमबासी र सीमान्तीकृत परिवार तथा जेष्ठ नागरिक समुदायको क्षेत्रमा भने सिन्को नभाँचिएको पाइयो । अघिल्लो सरकारले भूकम्प पीडितलाई थप १ लाख रुपियाँ दिने निर्णय गरेको थियो । यो सरकारले उक्त निर्णय उल्टाइदियो । नेकपा नेतृत्वको सरकार आएपछि उक्त निर्णय उल्टाउने होइन कि अझ थप १ लाख रुपियाँ पाइन्छ भन्ने आशा थियो । देउवा सरकारले थपेको १ लाख र यो सरकारले १ लाख थपिदिएपछि हुने ५ लाखले घर बनाउने आशामा थिए, जनता । परिमाण त्यस्तो भएन । अघिल्लो सरकारले गरेको निर्णय पनि खारेज गरियो र भूकम्प पीडित जनतालाई अझ बढी निराश बनाइयो । साँच्चै भन्ने हो भने ग्रामीणबासी जनतालाई ५ लाख रुपियाँ सरकारले निजी आवास निर्माण गर्नका लागि अनुदान रकम उपलब्ध गराइदिने हो भने पुनर्निर्माणका लागि पर्याप्त पनि हुने थियो । भूकम्प गएको ४० महिना बितिसक्दा पनि पुनर्निर्माणले प्रगति लिन नसकेको र यो आलोचनाको विषय बनिरहेको छ । आज जनता निराश छन् । यद्यपि यो सरकारले भूकम्प पीडितका लागि थप उत्प्रेरित गर्न नसकेको साँचो हो।
नेपालको संविधान, २०७२ को भाग ३ को मौलिक हकको धारा ३७ मा आवासको हकमा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुनेछ भनी स्पष्ट लेखिएको छ । र सोही धाराको बुँदा २ मा कानुनबमोजिम बाहेक कुनै पनि नागरिकलाई निजको स्वामित्वमा रहेको बासस्थानबाट हटाइने वा अतिक्रमण गरिनेछैन । तर, यस विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का मन्त्रीज्यूहरू पूरै विज्ञ हुनुहुन्छ।
प्रधानमन्त्रीज्यू, नेकपा नेतृत्वको सरकारसँग सुरुवातमा धेरै जनता खुसी थिए । दीपावली गरेका थिए । तर, बिस्तारै अहिले सहरबजार, जिल्ला सदरमुकाम, गाउँपालिका, वडा हुँदै बस्तीस्तरमा समेत यो सरकारको आलोचना बढ्दै गइरहेको छ । यो साँचो हो।
नेपालमा अहिले पनि हामीकहाँ २५ लाखभन्दा बढी घरधुरी गरिबीको रेखामुनि छन् । गरिबीदर बढ्दो छ । गरिबीले जीविकोपार्जन धौधौ भएपछि नेपाली युवाहरू विदेशिने क्रम बढ्दो छ । लाखौँ नेपाली विदेशमा छन् जुन उर्वर शक्ति र समर्थवान् जनशक्ति हुन् । यो शक्ति नेपालमा लगानी गर्न सक्ने हो हामीले सोचेका जस्तो नेपालको विकास सम्भव हुन्थ्यो होला । अहिलेसम्म यस्ता गरिबीमा बाँचेका परिवारलाई स्वरोजगारमूलक कार्यक्रम सञ्चालन हुन नसक्दा बाध्यतावश नेपाली युवा विदेश पसेका हुन् । तपाईंको कार्यकाल नेपाली पौरख र शक्ति नेपालमै लगाउने आकर्षणमूलक कार्यक्रम सञ्चालन गरी यस्ता वर्षाैंदेखि गरिबीमा बाँचेका परिवारलाई न्याय दिनु तपाईंको मुख्य कार्य हुनुपर्दैन र?
भूमिहीन, सुकुमबासी, एकल महिला, जेष्ठ नागरिक, अनाथ बालबालिका रहेका परिवारलाई विशेष रोजगारमूलक कार्यक्रम सञ्चालन गरी उनीहरूलाई पनि आधारभूत अधिकार दिलाउने सरकारको जिम्मेवारी होइन र?
नेपालमा भूमि सुधारको बहस लामो समयदेखि चल्दै आएको छ । तपाईंको आफ्नो पार्टीको हरेक चरणका घोषणापत्रहरूमा पनि यी विषय आकर्षणका रूपमा देखिएकै हुन् । तर खै भूमि सुधार? विभिन्न चरणमा गठन भएका भूमि सुधार आयोगले पेस गरेका प्रतिवेदन कहिले कार्यान्वयन हुन्छन् ? तपाईंलाई थाहा छ, नेपालमा भूमि समस्या जटिल छन्, जनताहरूले भूमिसम्बन्धी अनेकन् समस्या भोग्न बाध्य छन् । सामन्ती व्यवस्थाको अवशेषका रुपमा बिर्ता, गुठी, ऐलानी, गाउँ ब्लक, मोही, अव्यस्थित बसोबासीजस्ता अनेक समस्याले जनता पिल्सिएका छन् । प्रकृतिप्रदत्त निःशुल्क उपहार भूमि÷जमिनमा केही सीमित व्यक्ति र प्रथाजन्य रीतिथितिका कारण आफ्नो जीविका नै भूमिमा जोडिएका लाखौँ परिवार पीडित छन्, यस्तो परिवारले भोग्दै आएको पीडा अब तपाईंको कार्यकालमा अन्त्य हुनुपर्दैन र?
संविधानमा लेखिएको छ, सबै नेपाली समृद्ध हुनेछन्, समतामूलक र समाजवादउन्मुख समाज निर्माण हुनेछ, यो परिकल्पना हो, यसलाई सार्थक बनाउने काम पक्कै सरकारको हो । संविधान कार्यान्वयन गर्ने चरणमा तपाईं आगामी ५ वर्षे कार्यकालका लागि नेपाली इतिहासमै एक शक्तिशाली प्रधानमन्त्रीको हैसियतमा हुनुहुन्छ । जनताको समृद्धिका लागि काम गर्न थाल्नुहोस्, जनता समृद्ध भए पनि राष्ट्र स्वतः समृद्ध हुनेछ।
आइतबार, २८ असोज २०७५ /नागरिक दैनिक 

विस्थापितको दशैं


                                                                 विश्वास नेपाली

साँघुरो बस्ती । थोरै जमिनमा लहरै धेरै टहरा । हरेक घरमा परिवार धेरै । सबैको बासथलो सानो र साघँुरो । सबै अस्थायी जस्तापाताले छाइएको र घेरिएको टहरो । आजकल त दिनहुँ चर्कने घामको ताप सहनै नसकिने । उकुसमुकुस । कष्ठकर जीविका । बस्तीमा उज्यालो छैन । बिजुलीको रकम भुक्तानी गर्न नसक्दा प्राधिकरणले उहिल्यै लाइन काटिदियो । खानेपानीका समस्या उस्तै । जग्गा भाडा तिर्न नसकेको वर्षाै भयो । सरकारले तिरिदिएन । आशा मात्र भयो । आफूले तिरौं कहाँबाट ल्याउनु । दिनहुँ जग्गा धनीको किचलो । यस्तो समस्यामा छन्, रसुवाका विस्थापितको । नियति भनौं की बाध्यता विभिन्न समयमा आउने चाडबाडले गरिब, दुःखी र विस्थापित नभन्ने रहेछ । धनी गरिब नभन्ने रहेछ । उसलाई आइदियो र गइदियो बस् । टार्नु पु¥याउनु मान्छेको नियति ।

घुम्दै फिर्दै फेरी दशैं आयो । यो पनि वित्ने छ उसैगरी, जुन शिविरमै यसैगरी २ पटक वित्यो । यसपाली पनि भूकम्प पीडितले नमिठोसँग अस्थायी शिविरमै दशै मनाउँदैछन् । उनीहरूको नयाँ घरमा बसी दशैं मनाउने सपना कहिले पूरा हुने हो ? अन्योलै छ ।

गत २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पले आफ्नो पुख्र्यौली थलोमा नराम्ररी क्षति पु¥याएपछि विस्थापित भएका परिवारले ३ वटा दशै अस्थायी शिविरमै कष्ठकर साथ विताउनु बाध्य हुनु परेको छ । न आम्दानी छ न उत्पादन छ । न रोजगारी छ न त सहयोग बस् छ त जीवन जीउनको बाध्यता । गाउँमा फर्केर खेतीपाती गर्न पनि पाइएको छैन । जाऊ बाटो छैन, पानी छैन र विजुली केही छैन । यता शिविरमा धेरै मानिसहरू एकै ठाउँमा भएकाले भन्ने वित्तिकै काम पनि पाइदैंन । समस्या मात्रै थपिँदै थुप्रै ।

उत्तरगया गाउँपालिका वडा नं. ५ बोगटीटारमा बस्दै आएका विस्थापित अगुवा छेक तामाङ भन्छन्, हामी विस्थापितको नियति नै यस्तै भइसक्यो । आशै आशामा यतिका समय वितिसक्यो । सबैको अवस्था नाजुक छ । कोही मजदूरी गरी ल्याई परिवारको जीविकोपार्जन गरिरहेका छन्, आफन्तजन गुमे, परिवारजन गुम्यो उनीहरूको दैनिकी ज्यादै कष्ठकर छ । अहिले त पहिले जसरी शिविरमा बसेका हामीलाई राहत बाड्नको लागि संस्थाहरू पनि आउदैनन् । चाडबाँड आउदा अन्यबेला भन्दा आवश्कता बढी हुन्छ । माछा, मासु र मिठो खान र लाउन मन लाग्छ, बच्चाहरू कराउछन्, माग्छन्, आम्दानी नहुनेले कसरी टार्नु पु¥याउन ? छेकु भन्छन्, पहिले घरमा हुँदा बाहिर गएर कमाएर ल्याएर चाडबाँड टार्ने गरिएको थियो, रौनक थियो । शिविरमा त्यस्तो केही छैन ।
विस्थापित आशाबीर तामाङ चाडबाड आउँदा चिन्तामा डुब्छन्, रमाइले भनेर आउने चाड अव जहिल्यै नरमाइलो हुने उनको भोगाइ छ । भूकम्पले परिवारका ९ जनाको ज्यान लग्यो । भन्छन्, २ वटा घर थियो त्यो पनि लग्यो अव सुकुमबासी भएको छु । यस्तो नियति भोगेका हामीलाई यस्तो चाडबाड कहाली लाग्दो र अत्यास लाग्दो हुन थालेको छ ।

घुम्दै फिर्दै फेरी दशैं आयो । यो पनि वित्ने छ उसैगरी, जुन शिविरमै यसैगरी २ पटक वित्यो । यसपाली पनि भूकम्प पीडितले नमिठोसँग अस्थायी शिविरमै दशै मनाउँदैछन् । उनीहरूको नयाँ घरमा बसी दशैं मनाउने सपना कहिले पूरा हुने हो ? अन्योलै छ ।

विस्थापित अगुवा बुटी तामाङ भन्छिन्, श्रीमान् विदेशमा छन् । चाडबाड आउँदा पनि परिवार एक ठाउँमा हुन पाइएन् । दशैं आउदा पनि रौनक छैन । उनी भन्छिन्, शिविरमा बस्नुपर्दा हामी महिलाले अझ बढी समस्या भोग्नु परेको छ । बालबालिकालाई समस्या छ । चाडबाँड आउँदा बालबालिकाहरू धेरै चाहना गर्छन्, उनीहरूको इच्छा पूरा गर्न नसक्दा धेरै पीडा बोध हुन्छ । कोही परिवारलाई त दशैमा खाने चामल समेत नभएको समस्या छ ।
उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्र लम्साल आफ्नो गाउँपालिका धेरै विस्थापित रहेको बताउछन्, उनी भन्छन्, चाडबाड आयो धेरै आशा गरेका छन्, एकबोरा चामल प्रत्येक परिवारलाई वितरण गरौं भनेर विभिन्न संघ संस्थाहरूसँग सहयोगको लागि अनुरोध गरेको छु । कम्तिमा एक बोरा चामल प्रत्येक परिवारलाई वितरण गर्ने र दशैं सहज बनाउन मद्दत गर्ने अध्यक्ष लम्सालको चाहना छ ।

यस्तो विवशतामा बाँचेका विस्थापितका आआफ्नौ थुप्रै कथा र व्यथाहरू छन् । सबैको कुनै न कुनै सपना छन् । तर आशा र माग भने एउटै छ, जतिसक्दो चाँडो ‘सुरक्षित पुनर्वास’ । रसुवा जिल्लाका विभिन्न गाउँबाट ५४८ परिवार विस्थापित भई आफ्नो थातथलोबाट बाहिर बसोबास गरिरहेको सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले गरेको सर्वेक्षणले देखाएको छ । रसुवाको विस्थापितहरू जिल्लाकै उत्तरगया गाउँपालिका ५ को बोगटीटार, नौवीसे, खाल्टे लगायतको ठाउँमा बसोबास गरिरहेका छन् । यस्तै केही परिवार नुवाकोट जिल्लाको सदरमुकाम नजिक पिपलटार, वेत्रावती, शान्तिबजार, सातबीसे र रसुवा सदरमुकाम धुन्चे क्षेत्रमा छरिएर बसेका छन् । उनीहरूले भूकम्प गएयता यसरी विस्थापित शिविरमा बसोबास गर्दै आइरहेका हुन् ।

भूकम्प आयो गयो । तर यसको असर ठूलो पर्यो । बसोबास थलो तहस–नहस हुन पुग्यो । आफ्नो गाउँमा बसोबास गर्न नसकिने गरी जमिन चिराचिरा भएपछि बास थलो नमिठो मनले छोड्नु पर्यो । यसरी आफ्नो बासथलो गुमाएकाहरू सरकारी सहयोगमा अझै अथक आशा गरिरहेका छन् । विस्थापितहरू भन्छन्, रातमा निन्द्रा छैन, न दिनमा भोक । जसरी हुन्छ चाँडै पुनर्वास गरिदियो हुन्थ्यो । अझ बेलाबेला आउने दशैं, तिहार जस्ता चाडबाडले त झन बढी चिन्ता हुने र समस्या बढ्ने गरेको विस्थापितहरू बताउछन् । उनीहरूले सरकारको सहयोग पर्खेर बसेका छन् । यो पर्खाई पनि लामै भइसक्यो । उनीहरू व्यक्तिको जग्गा भाडामा लिई बसेका थिए । एक वर्षभित्रै पुनर्वास हुने सपना थियो तर अव त तीन वर्ष पुग्न लाग्यो ।

नियति भनौं की बाध्यता विभिन्न समयमा आउने चाडबाडले गरिब, दुःखी र विस्थापित नभन्ने रहेछ । धनी गरिब नभन्ने रहेछ । उसलाई आइदियो र गइदियो बस् । 

जग्गाधनीहरूले चर्को भाडा लिन्छन्, आफ्नो रोजगारी छैन, सरकार र सङ्घ सङ्स्थाले वितरण पनि गर्न छाडे । न चाडबाडको रौनक छ । विस्थापित परिवार भन्छन्, बालबालिका समेत भोकै बस्नुपर्ने बाध्यता हामी सामु छ । आफ्नो केही छैन, तर हामीलाई यस्तो दुःखको बेला सरकारले आशा गरेजति सहयोग गरेन ।

शिविरमा बसेका भूकम्प पीडितलाई अन्य मानिस सरह व्यवहार नगरिएको उनीहरूको गुनासो छ । चाडबाड आउछ बालबच्चा रमाउन खोज्छन्, मिठो मसिनो खाने र राम्रो लगाउने आशा गर्छन्, हामीले कसरी टार्नु कसरी पु¥याउनु । यस्तो आपतमा बाचेका हामीलाई सरकारले कमसेकम राहत त वितरण गर्नुपर्थ्र्यो !

विस्थापितहरूरूको दैनिक ज्यादै कष्ठकर बनिरहेको छ । दिनहुँ समस्या थपिँदै गएको छ । समस्या चाडै समाधान होला भन्दा झन झन लम्बीदै गइरहेको छ । उनीहरूको पुनस्र्थापना कहिले हुने कहाँ हुने भन्ने अझै टुङ्गो लागेको छैन । सरकारलाई भेट्न गयो पुनर्वास कहिले हुन्छ ? भन्यो, जहिले पनि जवाफ एउटै हुन्छ, अव गर्छौ, अव हुन्छ । तर सुरुवात यतिका दिन वितिसक्दा पनि हुन सकेन । आशा गरौं अर्काे दशैं सबै विस्थापित र भूकम्प पीडितले आफ्नै नयाँ र सुरक्षित घरमा मनाउन पाउनेछन् । !

नागरिकबाट । ८ असोज, २०७४

गुठी किसान र जमिन अधिकार




विश्वास नेपाली

वर्षाैदेखिको गुठी समस्याले ग्रसीत रसुवा हाकुका गुठी पीडित जेठ २१ गते आफ्नो नाममा रातो पुर्जा पाउँदै निकै खुसी देखिए । रसुवा सरदमुकाम धुन्चेमा आयोजित एक कार्यक्रमबीच गुठी पीडित किसानहरूलाई मोही पुर्जा वितरण गरिदाँ उनीहरू पुर्जा लिनको लागि हाकुदेखि धुन्चे आइपुगेका थिए । वर्षाैपछिको प्रसायमा गुठी पीडित किसानहरूले आफूले जोतभोग गर्दै आएको गुठी जग्गाको मोही पुर्जा पाएका हुन् । 

गुठी समस्याले हाकुका ५०० भन्दा बढी परिवार पीडित छन् । भएभरको जमिन गुठीको नाममा हुँदा हाकुबासी सुकुमबासी सरह छन् । जमिन छ, खेतीपाती पनि गरिन्छ तर जमिनको स्वामित्व छैन, यो समस्या निकै पुरानो हो । जीविका धान्ने त्यही मात्र आधार भएको किसानसँग स्वामित्व (लालपुर्जा) आफ्नो नाममा नहुँदा समस्यामा छन् । जग्गाको स्वामित्व लिनको लागि १२ वर्षदेखि सङ्घर्ष गरिरहेका छन् ।

६० परिवारलाई कार्यक्रमको अवसरमा पुर्जा वितरण गरिएको थियो । त्यसपछि क्रमशः गरी हालसम्म ९० परिवारलाई पुर्जा वितरण गरिसकिएको छ । गुठी पीडित किसानहरूसँग आफ्नो कुनै पनि प्रमाण पुर्जा नहुँदा वर्षाैदेखि दुःख भोग्दै आएका छन् । भूमि अधिकार मञ्च र गुठी पीडित किसानहरूको १२ वर्ष लामो सङ्घर्षपछि आफ्नो हातमा रातो पुर्जा पाएका छन् । किसानहरूले पाएको पुर्जा भोगबन्धकी राख्ने, एकअर्कामा हक हस्तान्तरण गर्न, नयाँ घर निर्माण गर्नको लागि सम्झौता गर्न र ऋण लिन लागिको भने लागि मिल्ने हुन्छ । 

पुर्जा पाएपछि किसानहरूलाई आफ्नो बसोबास गरेको र हकभोग गरेको जग्गाको अधिकार लिनको लागि सुनिश्चितता प्रदान गरेको छ । सबै किसानको हातहातमा पुर्जा दिलाएरै छाड्ने नवनिर्वाचित गाउँपालिकाका बुचुङ तामाङले बताए । यस्तै यो कार्यमा सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले पनि बताएका छन् । जिल्लाका सबै राजनीतिक दलका प्रतिनिधिहरु पनि यस प्रति सकारात्मक छन् ।  

रसुवाको हाकु जिल्ला सदरमुकामबाट आमुने–सामुने भएपनि विकास निर्माणको हिसावले धेरै विकट मानिन्छ । पुरै भिरालो जमिन, भिरालो र पाखोबारी, वर्षमा मुस्किलले २ मात्र अन्न बाली हुने र थोरै अनाज उत्पादन हुने भएकाले यहाँको किसानहरूलाई विहान बेलुकी छाक टार्न पनि वर्षभरी पुग्दैन । सदरमुकाम धुन्चेबाट हाकु पुग्न पुरै एक दिन लाग्छ । सिधैं ओरालो बाटो झरेर त्रिशुली खोला पुग्ने र त्यसबाट ठाडैं उकालो यात्रापछि मात्र हाकु पुग्न सकिन्छ । 

साविकको हाकु गाविसको वडा नं. २ देखि ७ सम्म ६ वटा वडाका पुरै मानिसहरू वर्षाैदेखिको गुठी समस्याले पीडित छन् । राज्यको नागरिक भएर पनि नागरिक सरहको अधिकार उपभोग गर्न नपाएकोमा उनीहरू दुःखित् छन् । त्यस्तो विकट ठाउँमा स्थानीयले खनी ख्रोसी दुःखजेलो गरी आफू र परिवारको जीविका धान्दै आएको जग्गा कसरी काठमाडौंमा रहेको स्यम्भु घ्याङ् गुठीको नाममा दर्ता हुन पुग्यो किसानहरू जानकार छैनन् । 

पुर्जा पाएपछि किसानहरूलाई आफ्नो बसोबास गरेको र हकभोग गरेको जग्गाको अधिकार लिनको लागि सुनिश्चितता प्रदान गरेको छ ।

गुठी समस्या किसानहरूलाई रोग नै सावित भएको छ । त्यही जग्गामा घर छ, त्यही जग्गामा आफ्नो र परिवारको जीविको अडिएको छ । त्यहीँ जग्गाबाहेक अन्त कतै रैकर जग्गा जमिन छैन । यस्तो समस्याले पुस्तौंदेखि ग्रसित हुँदै आएका हाकुबासीको भूमि हक सुनिश्चित गर्न गराउनको लागि २०६२ सालदेखि जिल्ला भूमि अधिकार मञ्चले सहयोग गर्दै आएको थियो । त्यही अभियानमार्फत हाकुबासीले सङ्घर्ष सुरु गरी आफ्नो जग्गाको अधिकारको लागि गाविसदेखि सिंहदरबारको ढोकासमेत ढक्ढक्याउन पुगे । धेरै पटक मन्त्री प्रधानमन्धीलाई पनि आफ्नो दुःख सुनाए । तर, गुठी जग्गासम्बन्धि एक मुद्दा सर्वाेच्चमा तत्कालिन अवस्थामा विचाराधिन अवस्थामा रहेकाले किसानको पक्षमा निर्णय हुन सकेको छैन । यसरी राज्यबाट समेत हाकुबासी गुठी पीडित ठगिएका छन् । हाकु गाविसबासी गुठी पीडितसँग आफ्नो नाममा कहीँकतै रैकर जमिन छैन । भएको जमिन सबै गुठीको नाममा भएकाले उनीहरूले सुकुमबासी जस्तै जीवन विताउन बाध्य भएका हुन् । 

भूकम्पपछि हाकुमा डरलाग्दा पहिरो गयो । हाकुबासी थातथलोबाट विस्थापित हुन पुगे । त्यहाँबाट उनीहरू विस्थापित भई सदरमुकाम धुन्चे क्षेत्र आसपास आइ अस्थायी घर टहरा बनाई बसोबास गरिरहेका छन् । उनीहरू पुनः हाकु नै फर्केर घर बनाइ बस्न चाहे पनि भत्केको घर निर्माण गर्नको लागि सरकारले घर बनाउन दिने अनुदान सम्झौता गराएको छैन । किनकी उनीहरूसँग लालपुर्जा थिएन । सरकारले पहिलो चरणमा ल्याएको अनुदानसम्बन्धि कार्यविधिमा लालपुर्जा हुनुपर्ने अनिवार्य सर्त राखिएको थियो । यसको विषयमा भूमि अधिकार मञ्चले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र नेपाल सरकारका विभिन्न मन्त्रीहरूलाई समेत भेटी समस्या सुनाउने, ज्ञापन पत्र बुझाउने र अनुदान दिने प्रक्रिया सरल बनाउन सुझावहरू पेश गरेपछि भने अहिले लालपुर्जा नभएपनि छिमेकी संधियारहरूको रोहबरमा गाविस वा वडा कार्यालयले सम्झौता गर्न सकिने व्यवस्था गरेको छ । यो पनि आफ्नो नाममा लालपुर्जा नभएका परिवारको लागि पनि एउटा खुसीको विषय हो । 

हाकुबासीसँग आफ्नो नाममा लालपुर्जा नभएर विभिन्न अवसरबाट वञ्चित हुने अवस्था आएपनि भूमि अधिकार मञ्चको समन्वय तथा सहजीकरणमा जिल्लामा माननीय सांसद्हरू, मालपोत, स्थानीय अधिकारीहरूको पनि सहयोगमा गुठी संस्था र स्यम्भु घ्याङ् गुठीका सञ्चालकहरूसँग पनि बरोबार छलफल गरी सहमति प्राप्त भएपछि मात्र यो लालपुर्जा बनाउने र किसानको अधिकारलाई सुरक्षित गर्ने अभियान अघि बढाउन सकिएको हो । यस कार्यमा माननीय सांसद्हरूलगायत भूमि अधिकार अभियानलाई अगुवाहरूको महत्वपूर्ण भूमिका रहेको छ भने यो प्रक्रियालाई चाडैं कार्यान्वयमा लग्नको लागि स्थानीय अधिकारी प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी र मालपोत प्रमुखको पनि उत्तिकै भूमिका रहेको छ ।

गुठी समस्याले हाकुका ५०० भन्दा बढी परिवार पीडित छन् । भएभरको जमिन गुठीको नाममा हुँदा हाकुबासी सुकुमबासी सरह छन् । जमिन छ, खेतीपाती पनि गरिन्छ तर जमिनको स्वामित्व छैन, यो समस्या निकै पुरानो हो ।

हाकुबासीले लामो समयदेखि गुठीलाई कुत तिरेका थिएनन् । यसअनुसार हरेक वर्ष जोडिदैं गएको कुतको दायरा ठूलो भएको थियो । जुन गरिब किसानहरूले तिर्न सक्ने अवस्था थिएन । भूमि अधिकार मञ्च र सांसद्को पहलमा कुत रकममा भारी छुट गराइयो । हरेक परिवारले ५ हजार रुपियाँ मात्र तिरे पुग्ने व्यवस्था गराइयो । यसले किसानलाई धेरै राहत मिल्यो भने । त्यही रकम तिर्नको लागि स्थानीय एक संस्था असाहाय बालबालिका सहयोग केन्द्रले आर्थिक सहयोग उपलब्ध गराएको छ । 

हाकुबासी यतिबेला सदरमुकाम धुन्चेबाट क्रमशः आफ्नै पुरानो गाउँ फर्कदैछन् । उनीहरू वडा कार्यालयसँग नयाँ घर बनाउनको लागि अनुदान सम्झौता गरी घर बनाउन सुरु गर्ने सोंचमा पनि छन् । उनीहरूलाई गाउँपालिकाले नयाँ घर निर्माण प्रक्रियामा सघाउनुपर्छ । योसँगै हाकुबासीको जीविकोपार्जन र आफूबसोबास गरिरहेको जग्गाको अधिकार दिलाउनको लागि स्थानीय तहले पनि मुख्य भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता छ र भूमि अधिकार मञ्चले त अगुवाई गरीररहने नै छ । 

बिच्चलीमा विस्थापित


विश्वास नेपाली
गत शुक्रबार विहान रसुवा हाकुबाट विस्थापित भई लहरेपौवा गाविस वडा नं. १ नौवीसेमा अस्थायी क्याम्प बनाई बसेका सुप्पल तामाङले आत्महत्या गरेका खबर सुनियो । ज्यादै नराइलो खबर । भर्खर २८ वर्षमात्र टेकेका उनले विस्थापित क्याम्प नजिकै झुण्डिएर आत्महत्या गरेछन् । गत बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा एक महिना अघिमात्र विवाह गरेका उनले आफ्नो श्रीमती गुमाएका थिए । स्थानीयका अनुसार उनले आत्महत्या गर्नु अघिल्लो दिन आफन्त दाइ सेतार तामाङको ६ वर्षे बालक मेङ्मार तामाङको नजिकैको खोलामा डुबेर मृत्यु भयो । आफन्तका अनुसार उनी लामो समयदेखि परिवार र आफन्त जनको दैनिकी नाजुक अवस्था देखेर उनी मानसिक तनावमा थिए रे ।  
गत कात्तिक १७ गते रसुवा राम्चेमा भएको बस दुर्घनामा परी हाकु विस्थापितमध्येका २ जनाको मृत्यु भयो भने ११ जना गम्भीर घाइते भएका छन् । ती मध्ये ५ जना त अपाङ्गनै हुन पुगे । गत महिना विस्थापित क्याम्पकै भूकम्पमा घाइते भएकी एक महिलाको पनि दुःखद् निधन भयो । एक वर्षको अवधिमा लहरेपौवामा आई अस्थायी शिविरमा बसेका मध्ये ५ जनाको अकालमै मृत्यु हुन पुग्यो । विस्थापित क्याम्प २ का संयोजक छेक तामाङका अनुसार यस्तो घटनाहरू बढ्दै गएपछि शिविरबासिहरू आत्तिएका छन् ।

गत महिना धुन्चेमा चलेको ठूलो हावाहुरीले धुन्चे क्षेत्रमा विस्थापित क्याम्पमा बसोबास गरेका २०० भन्दा बढी परिवारको विच्चली हुन पुग्यो । विस्थापित शिविरमा बसेका पीडितहरूको समस्या दिन दु गुना, चार चौ गुना थपिँदै गएको छ । 

गत हप्ता रसुवा जिल्ला प्रशासन कार्यालयमा भएको एक कार्यक्रममा हाकु गाविसबाट विस्थापित भएका पीडितहरूले हामी विस्थापितको पुनस्र्थापना कहिले हुन्छ ? सिडियो साप भन्दै प्रश्न गरे । जिल्लाका सरोकारवाला निकाय, राजनीतिक दलसहितको उपस्थिति थियो त्यहाँ । विस्थापितको प्रश्नमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले भने, हामी विकल्प खोजिरहेका छौं तर विस्थापितलाई कहाँ राख्ने, कहाँ पुनस्र्थापना गराउने भन्ने विषयमा अझै टुङ्गो लागिसकेको छैन । यो विषय राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट टुङ्गो लाग्नुपर्ने हो । हामी समन्वय गर्छाै र गरिरहेका छौं । उनीहरू आफ्नो समस्या सिडियोले नै टुङ्ग्याउँछन् र चाँडै पुनस्र्थापनाको प्रक्रिया अघि बढ्छ भन्ने आशामा थिए, खोजेजस्तो जवाफ नपाएपछि निरास देखिए । 

हाकु गाविस ८ की विस्थापित मिनाकुमारी तामाङले भनिन्, विस्थापित शिविरमा बस्नुपर्दा हामी महिलाले अझ बढी समस्या भोग्नु परेको छ । सानो सानो टहरो छ । एउटै छानमुनी सबै एकै ठाउँमा । धेरै घरधुरी एकै ठाउँमा ज्यादै साघुरो ठाउँ । कुनै सुरक्षा छैन, महिलाहरूलाई विभिन्न समस्या हुन्छन्, तर हामी लुकाएर बस्न बाध्य छौं । नत हामीकोमा कुनै स्वास्थ्य शिविर छ, नत कुनै सुरक्षा पोष्ट नै । जति गाउँमा थियो त्यती सुरक्षा महशुस गर्न पाइरहेका छैनौं । हाम्रो समस्या सरकारले सुनेन ।

भूकम्पको एक वर्षे स्मृति दिवस पनि मनाइ सकिएको छ । तर, भूकम्पले दिएको पीडा मान्छेले चाहेर पनि भुल्न सकेका छैनन् । रसुवा जिल्लाको हकमा मात्रै हाकु, डाडाँगाउँ, ठूलोगाउँ र लाङटाङबासी विस्थापित भएका थिए । सबभन्दा बढी पीडा यतिबेला हाकुबासीमा देखिएको छ । उनीहरू धेरै ठाउँमा छरिएर बसोबास गरिरहेका छन् ।

हाकु गाविस वडा नं. ९ र ८ का विस्थापितहरू जिल्लाकै लहरेपौवा गाविस वडा नं. १ नौबीसे क्याम्प नं. १ मा १२०, बोगटीटार क्याम्प नं. मा २ मा ९२, लहरेपौवा गाविस वडा नं. ८ काभ्रेमा ६२ परिवार, ठूलोगाउँ गाविसको शान्तिबजारमा ७ परिवार नुवाकोट गेर्खु गाविसको बेत्रावती सातबीसे ३१ र सिम्मुटारमा ७ परिवार छन् । हाकु गाविस वडा न. २, ३, ४, ५, ६, ७ का विस्थापितहरू २३५ घरधुरी भने सदरमुकाम धुन्चे वरिपरि खाली रहेको जमिनमा अस्थायी टहरा बनाइ बसोबास गरिरहेका छन् । धुन्चे क्षेत्रमा विस्थापितहरू केबु टोल, कृषि फार्मको जमिन, जिल्ला प्रहरी कार्यालय र जिल्ला विकास समितिको वरिपरि र नेपाल विद्युत प्राधिकरण कार्यालय नजिक रहेको खाली जमिनमा बसोबास गरिरहेका छन् ।

विस्थापितहरू भन्छन्, हामीलाई रातमा निन्द्रा छैन, दिनमा भोक पनि छैन । जग्गाधनीहरूले चर्को भाडा लिन्छन्, हाम्रो आफ्नो रोजगारी छैन, सरकार र सङ्घ सङ्स्थाले वितरण गरेको राहत पनि सकियो, अव बालबालिका समेत भोकै बस्नुपर्ने बाध्यता हामी सामु छ । आफ्नो केही छैन, तर हामीलाई यस्तो दुःखको बेला सरकारले आशा गरेजति सहयोग गरेन, गुनासो छ विस्थापितको ।

शिविरमा बसेका भूकम्प पीडितलाई अन्य मानिस सरह व्यवहार नगरिएको उनीहरूको गुनासो छ । उनीहरू भन्छन्, अरुको घर अव बन्ने क्रममा छ । तर हाम्रो टुङ्गो लागेन, हाम्रो शिविर सानो हावा हुरी आउँदा पनि उडाउँछ, थोरै पानी परेपनि चुहिन्छ, हामी सुरक्षित छैनौं । सधैं डर र त्रासको जिन्दगी मात्र कति बाच्ने ? धेरै विचल्लीमा परियो ।

यतिबेला विस्थापितहरूरूको दैनिक ज्यादै कष्ठकर बनिरहेको छ । उनीहरूको पुनस्र्थापना कहिले हुने कहाँ हुने भन्ने अझै टुङ्गो लागेको छैन । बढ्दै गएको धुप, गर्मी, र खडेरीले पानीको मुहनाहरू सुक्दैछन् कष्ठकर दैनिकीका कारण विस्थापितहरूको अवस्था नाजुक हुँदै गएको छ । अझ पछिल्लो समयमा त विस्थापितहरूको मानसिक स्थिति पनि फरक हुँदै गएको छ । भर्खरै भएको युवकको आत्महत्याले पनि यो सोच्न बाध्य 
बनाउछ । उनीहरू त्रसित छन् । 

नेपालमा विनाशकारी भूकम्पले ठूलो जन–धनको क्षति पु¥याएको वर्षदिन नाघ्यो । तर पुनर्निर्माणको प्रक्रिया अघि बढ्न सकेन । धेरै मानिसहरू घरबार विहीन छन्, धेरैले आफन्त र परिवारका सदस्य गुमाए । धेरैले अमूल्य सम्पत्ति गुमाए । धेरै परिवारले गाउँ फर्कनै नमिल्ने गरी आफ्नो बासथलो गुमाए । त्यसैले त गत वर्षको भूकम्पको कारण नेपालमा ७ लाख मानिसहरू थप गरिबीमा रेखामुनी धकेलिएको अनुमान गरिएको छ ।
भूकम्पको कारण धेरै मानिसहरू पीडित बनेका छन् । अझ बढी पीडित जो आफ्नो पुरानो बासथलोबाट नै विस्थापित भए उनीहरू बढी छन् । भूकम्पले भौगोलिक क्षेत्रमा पुगेको क्षतिको कारण धेरै मानिसहरू विस्थापित भई अस्थायी शिविरमा बसोबास गरिरहन बाध्य छन् । 

भूकम्प पीडितहरूको लागि सरकारले नयाँ घर बनाउनको लागि २ लाख रुपियाँ दिने त तयारी थालेको छ तर आफ्नो बासथलो गुमाई अन्तै अरुको जमिनमा चर्काे भाडा तिरेर बसोबास गरिरहेका हकमा के हुने भन्ने विषयमा अझैसम्म पनि अनिर्णित छ । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरेको पनि जुग वित्यो तर, जनताले प्राधिकरणबाट राहत महशुस गर्न सकेनन् । रसुवा जिल्लाकै हकमा भन्ने हो भने, २ हप्ताअघि बृद्धिम गाविसमा १९३ परिवारले नयाँ घर बनाउनको लागि दर्ता गराए, तर यतिका दिनसम्म पनि सम्झौताको प्रक्रिया अघि बढ्न सकेको छैन । बैंकमा खाता खोल्नुपर्छ भनिएको छ, उनीहरूलाई थाहा छैन, कुन बैंकमा खाता खोल्ने, कसरी खोल्ने र कसरी आउँछ, र नयाँ घर बन्छ ? यसमा सरकारको ध्यान कहिले जान्छ ? 

काँग्रेस महाधिवेशन र भूमि सुधार मुद्दामा बहस



विश्वास नेपाली
यतिबेला नेपाली काँग्रेसको महाधिवेशनको सरगर्मी देशभर छ । काँग्रेस मुलुकको ठूलो दल भएकाले पनि उसको आगामी नेतृत्व कस्तो हुन्छ र महाधिवेशनले कस्तो नीति लिन्छ भन्ने कौतुहताले चासो स्वाभिकैले बढेको हो । 

नेपाली काँग्रेस मुलुकमा धेरै पटक ठूलो पार्टी भएर नेतृत्व सम्हालेको छ । धेरै पटक उसले मुलुकलाई आफ्नो नीतिअनुसार सञ्चालन गरेको छ । तर, काँग्रेसले थाती रहेको भूमि सुधारको मुद्दालाई भने साँच्चै उठाउने र भूमिहीन किसानका समस्या समाधान गर्नको लागि पहल लिएको देखिँदैन । एकाध प्रगतिशील काँग्रेस नेताले यस्तो काम गर्न खोजेपनि त्यसलाई टुसाउनै नपाई निमोठीएको छ । अत ः नेपालमा नयाँ संविधान बनेपछिको नयाँ हिसावले हुन गइरहेको महाधिवेशनले काँग्रेसले पक्कै प्रगतिशील नीतिलाई अवलम्बन गर्नेछ र मुलुकको समृद्धिको लागि नयाँ धारबाट अघि बढ्ने छ भन्ने आशा सर्वत्र छ । 

नेपाली काँग्रेसका संस्थापक नेता विपि कोइरालाले भूमि सुधार बिना किसानको उन्नती हुँदैन भन्ने कुरा उतिबेलै स्ष्पट राखेका थिए । तर उनको त्यो विचार आजसम्म पनि यर्थातामा परिणत हुन सकेको छैन । 
नेपाली काँग्रेसको आगामी महाधिवेशले नयाँ धारबाट भूमि सुधारको मुद्दाबारे छलफल गरी किसानमुखी भूमि सुधारको नीति पारित गर्ने र त्यसलाई सार्थक कार्यान्वयमा लाने प्रतिवद्दता व्यक्त गर्दछ भन्ने आशा गरिएको छ । किनकी सबै दलहरू एकजुट नभई भूमि सुधारको मुद्दाले सार्थकता पाउदैन, र जनताको सपना पुरा हुनेछैन, त्यसकारण ठूलो दलको हैसियतले पनि काँग्रेसजनले यस विषयमा महाधिवेशनभित्र गम्भीर बहस गर्नु जरुरी छ । यतिबेला मुलुकका लाखौं भूमि अधिकारबाट वञ्चितहरू काँग्रेस महाधिवेशबाट भूमि सुधारसम्बन्धी कस्तो नीति पारित हुन्छ भन्ने पर्खाइमा छन् । 

जनताहरू लामो सयमदेखिको थाती रहेको भूमि सुधारको पर्खाइमा छन् । यतिबेलाको प्रतिस्पर्धा र प्रविधिको युगमा पनि जनताहरूमा हुने र नहुनेबीच ठूलो अन्तर छ । हुनेहरू झनझन धनी र नहुनेहरु झनझन गरिब छन् । यस्तो अन्तरलाई कम गरी सबै जनतालाई समान हैसियतमा ल्याउन मुलुकको दलहरू सबै एकजुट हुन आवश्यक छ । त्यसको नेतृत्वदायी भूमिका ठूलो दलको हैसियतले नेपाली काँग्रेसले लिनुपर्छ । 
आजसम्म नेपाली काँग्रेसलाई सामन्ती र जमिनदार वर्गको पार्टी हो, उसले भूमि सुधारको लागि मेखो मार्दैन भन्ने गरिन्छ, तर जमानाअनुसार भेष भनेझै ऊबेलाको काँग्रेसबाट रुपान्तरण गरी नेपाली जनताको पक्षमा काम गर्ने नीति लिनु काँग्रेसको लागि हीत हुने देखिन्छ । र अर्काेतर्फ यो चुनौतीको विषयपनि हुन सक्छ । 

खेती गर्ने किसानले जमिनको हक भोग गर्न पाउने, खेती नगर्नेहरूले जग्गाको स्वामित्व राख्न नपाउने, खेतीयोग्य जमिनलाई उत्पादन प्रयोजनकै लागि प्रयोग गर्नुपर्ने, हदबन्दीभन्दा बढी जमिन राख्नेलाई कार्वाही गरी किसानलाई वितरण गरिनुपर्ने, भूमिमा रहेको दोहोरो स्वामित्वको अन्त्य हुनुपर्ने र मोही किसान र गुठी जग्गा जोतभोग गरी जीविका धान्दै आएका किसानहरूलाई बिनाशर्त उनीहरूको नाममा स्वामित्व दिनुपर्ने र सरकारले लागु गरेको भूउपयोग नीतिलाई यथासक्य लागु गर्ने गराउने विषय आसन्न काँग्रेस महाधिवेशनमा बहस गरोस् भन्ने चाहना छ । 

अहिले पनि करिव २५ प्रतिशत जनता पूर्ण भूमिहीन छन् । ४० प्रतिशत जनता प्रत्यक्ष गरिबीको मारमा छन् । कृषियोग्य जमिन गैरकृषीकरण हँुदैछ । ७० प्रतिशतको हाराहारीमा रहेका कृषकको कृषि पेशालाई कसरी आत्मनिर्भर बनाउने ? भूमिमा श्रम गर्ने तर जमिन नभएकालाई कसरी जमिन उपलब्ध गराउने ? वर्षाैदेखि अल्झिराखेको दोहोरो स्वामित्व र गुठी समस्यालाई कसरी निकास दिने ? यो विषयमा अव पनि काँग्रेस प्रष्ट नभए श्रमिक र किसान वर्गले उसको साथ छाड्ने निश्चित छ । यसैले काँग्रेसले गरिब जनताको आवश्यकतालाई पनि समीक्षा गर्नु गरुरी छ । 

हाम्रो देशमा भूमि वितरण प्रणाली अन्यायमुखी छ । यो पहिले देखि नै चन्दै आएको छ । भूमिको स्याहार र संरक्षण गर्नेहरू भोको छन्, दिन–रात जमिनमै पसिना बगाउँने, उत्पादन गर्नेहरू भोको हुनु मुलुकको लागि सुहाउँदो विषय हुन सक्छ र ? यसैले जबसम्म अन्यायपूर्ण व्यवस्थालाई न्यायपूर्णरूपमा बदल्न सकिँदैन तबसम्म भूमि तथा कृषि र अन्य कुनै पनि व्यवस्थाको दीर्घकालीन विकास हुन सक्दैन । 

काँग्रेसलाई जनताले अहिलेसम्म राम्रो साथ सहयोग दिँदै आएको देखिन्न । नत्र ऊ किन सधैं ठूलो पार्टी भइरहन सक्थ्यो र ? यसैले सधै जनतालाई झ्क्याएर मात्र अव चल्नेवाला छैन, भूमिहीन, किसान र मजदूर वर्गको पक्षमा गभ्मीर छलफल गरी उनीहरूको सुखी जीवन यापन कसरी हुन सक्छ, जनता कसरी सुखी र खुसी हुन सक्छन् यस विषयमा सोंच्नु र सोअनुसारको नीनि लिनु आवश्यक छ । 

नेपाल ग्रामीण भूभागमा सामन्ती प्रकारको आर्थिक सम्बन्ध र सीमित सहरी क्षेत्रमा दलाल तथा पुँजीवादी व्यवस्था गाँजिएको मुलुक भएको छ । अझै पनि हाम्रा ग्रामीण समाजमा निरङ्कुशता, सामन्ती जमिनदारी प्रथा जस्ता सामाजिक कुसंस्कारका अवशेष छन् । यसको केही दाग नेपाली काँग्रेसलाई पनि लाग्ने गरेको छ । पुस्तौँ पहिले बाजेले लिएको ५ हजार रुपियाँ ऋण चुक्दा नभई जमिनदारकोमा हली बस्नुपर्ने जस्तो अत्याचारी प्रथा हामीकहाँ कायमै छ । यस्तो अत्याचारको अन्य गरी समृद्ध मुलुकको निर्माण गर्ने नीति यतिबेला काँग्रेसले लिने की नलिने ? 

काँग्रेसजनले यतिबेलाको बदलिँदो परिस्थिती र  जनचाहना बुझ्नु र आफ्नो महाधिवेशनबाट नयाँ संविधानको म्याण्डेटअनुसार भूमि सुधारको लागि पहल लिनुपर्ने टड्कारो आवश्यकता छ । नेपालको यतिबेलाको राजनीतिक हिसावले पहिलो र ठूलो पार्टी भएको नाताले पनि उसले जनताको मुद्दालाई प्राथमिकता दिनु जरुरी देखिन्छ । यसैले जनताका समस्या समाधान नगरी मुलुक र मुलुकका पार्टीहरूको पनि कुनै हीत र विकास हुन नसक्ने कुरा काँग्रेसजनले बुझ्नु आवश्यक छ ।

जवजव चुनाव आउँछ, तव राजनीतिक शक्तिमा भूमि सुधारको मुद्दा बेजोडले उठ्ने गरेको छ । चुनाव सकिएपछि दलहरू शक्तिमा पुग्छन् तव यी मुद्दा सेलाउँदै गएका छन् । भूमि सुधार राजनीतिक दललाई चुनावी नारा र गरिब जनतालाई भुलाउने मेसो मात्र बनेको यर्थाथ हो । हामीले विगतलाई हे¥यौं भने छर्लङ्ग हुन्छकी मुलुकमा गठित विभिन्न आयोगहरूले बुझाएको प्रगतिशील प्रतिवेदनहरू पनि मुलुकका दलहरूको सहमति नुहँदा आजसम्म कार्यान्वयन नभई मन्त्रालयका दराजका कुनै कुनामा थन्कीएर बसेका छन् । यसकारण मुलुकको एक प्रमुख शक्ति भएको हिसावले पनि नेपाली काँग्रेसले भूमि सुधारलाई आफ्नो चुनावी नारा मात्र नबनाई अघि बढ्नु जरुरी छ ।  

२० फागुन, २०७२ मा नागरिक दैनिकमा प्रकशन भएको ।

सरकार पुनर्निर्माणमा ध्यान देऊ


विश्वास नेपाली

विनाशकारी भूकम्प गएको दश महिना पुरा भएको छ । भूकम्पले आहात भएका जनताको मन अझै तङ्रिन सकेको छैन । बेलाबेला गइरहेको भूकम्पका पराकम्पनहरूले जनमन त्रसित छ नै । बहुसङ्ख्यक भूकम्प प्रभावितहरू अस्थायी आश्रयस्थलमै दिन–रात कटाइरहेका छन् । यिनीहरूको दैनिक कष्ठकर बन्दै गइरहेको छ । भएको घर भूकम्पले भत्काइदियो, बारी र खेतमा जस्ताको अस्थायी टहरो नै यतिबेलाको एक मात्र आश्रयस्थल भएको छ, भूकम्प पीडितको लागि । आफ्नो थातथलो गुमाएकाहरू धैरै मानिसहरू अस्थायी शिविरमा नै बसोबास गरिरहेका छन् । यतिका दिनसम्म पनि सरकारले पुनर्निर्माणको लागि पहल नगर्दा भूकम्प पीडितहरू ज्यादै चिन्तित छन् । 

भूकम्प प्राकृतिक विपत्तिको परिणाम थियो । यसो भन्दैमा गरिब जनताले व्यहोरेको क्षतिमा सरकारले पुनर्निर्माणमा सहयोग पु¥याउनु पर्दैन र ? जनतालाई समस्या पर्दा त्यसबाट छुटकारा गराउने सरकारको जिम्मेवारी होइन र ? यदी जनताको पीडामा सरकारले मल्हमसम्म पनि लगाउने काम गर्दैन भने मुलुकमा सरकार हुनु र नहुनमा मित्था जनतालाई के फरक पर्छ र ? अहिले भएको यस्तै छ ।

भूकम्प गएको वर्षदिन अव केही दिनमा पुग्छ । यसबीचमा हाम्रा दलका नेताहरू, प्रधानमन्त्री र सरकारका मन्त्रीहरू, सरकारी कर्मचारीहरू पुनर्निर्माणबारे ठूला भाषाण र गफ मात्र दिन्छन् । तर काम ‘एक्सन’मा भने उपलब्धी शून्य । किन यस्तो भइरहेको छ ? के कारणले पुनर्निर्माणको काम अघि बढ्न सकेको छैन ? प्राकृतिक विपत्तिले ध्वसं भएको संरचनाको पुनर्निर्माणमा काम गर्न सरकारलाई कसले रोकेको छ ? यस विषयमा नागरिक समाज तहमा किन बहसहरू उठिन्न ? यतिका जनताको पीडा राष्ट्रिय बहसको विषय किन बन्न सकिरहेको छैन ? पुनर्निर्माणको लागि पर्याप्त बहसहरू भएको पाइदंैन । कस्तो पुनर्निर्माण हुने ? कसरी पुनर्निर्माण हुन्छ ? पुनर्निर्माण हुँदा समाजका तल्ला वर्गहरू जोसँग आफ्नो घर बनाउन सक्ने क्षमता छैन उनीहरूको लागि विशेष कुनै व्यवस्था हुन्छ ? सबैलाई सोलोडोलो २ लाख ? यस्ता विषयमा किन यत्तिका दिनसम्म पनि सामुदायिक तहमा छलफल हुन सकिरहेको छैन ? यो एक जटिल प्रश्न बन्दै गएको छ । 

भूकम्पबाट आहात भएको जनताले एक वर्खा त कष्ठका साथ कटाइसके, अव अर्काे वर्खा कसरी कटाउने भन्ने चिन्ता उत्तिकै छ । चैतमासको हुरी लाग्न थालिसक्यो । स्थायी घरलाई त हम्मे हम्मे बनाउने हुरी चल्छ । यी ओत मात्र लाग्ने गरी निर्माण भएका अस्थायी घर टहराहरूको के हालत होला ? यतिबेला भूकम्प पीडितको मनमा यो चिन्ता छ, सरकार कानमा तेल हालेर बसेको छ भन्दा अतियुक्ति नहोला । सरकारको यही चाल हो भने २ वर्षमा पनि सामान्य घर बन्ला जस्तो देखिन्न । 

अवको वर्खा पनि भूकम्प पीडितले अस्थायी टहरोमा नै बिताउनुपर्ने बाध्यता पक्का भएको छ । अवको तीन महिनापछि वर्षात्को समय सुरु हुनेछ, तीन महिनाभित्र सबै जनताको घर बन्न सक्ने अवस्था कतैबाट पनि देखिन्न । किनकी फागुन लाग्दासमेत कसैको घर बन्ने सुरुवात छैन । सबै सरकारको सहयोगको पर्खाईमा छन् । सरकारकै बाटो हेरेर बसिरहेका छन् ।

सरकारको राहत सहयोग रकम २ लाख रुपियाँ लिन तालिम प्राप्त कालिगढ (दक्ष जनशक्ति) बाट घर निर्माण गरिनुपर्ने भनिएको छ, गाउँ गाउँमा यस्तो जनशक्ति छैनन्, युवाहरू विदेशमा मजदूरी गरिरहेका छन्, भएको जनशक्ति अपुग छ । अव कहाँबाट ल्याउने त यस्तो जनशक्ति ? यो अर्काे समस्या खडा हुने निश्चित छ । 
अस्थायी आवासको बसोबासले विशेषगरी महिला, सुत्केरी आमाहरू, साना बालबालिकाहरू र जेष्ठ नागरिकहरू बढी मारमा परेका छन् । यिनीहरूको स्वास्थ्यमा नकारात्मक असर बढ्दै गएको छ । यस विषयमा किन सोच्दैन हाम्रो सरकार ? के यी जनताको लागि विशेष व्यवस्था गर्नु राज्य र सरकारको कर्तव्य होइन र ?

संसद्बाट विधेयक पारित भयो । भूकम्प पुनर्निर्माण प्राधिकरण गठन भएको पनि महिनौं वित्यो । भूकम्प प्रभावित १४ जिल्लामा गठन हुने भनेको प्राधिरणको अत्तोपत्तो छैन । जनता पुनर्निर्माणको पर्खाईमा छन्, राजनीतिक दल र सरकारलाई भूकम्प पीडितहरूमाथि राजनीतिक खेल खेल्ने काइदा बढ्दै गएको देखिन्छ । कसको नेतृत्वमा प्राधिकरण बन्ने विवादित खेलको कारण जनताहरू मारमा अघि पनि परे र अझै पर्नेछन् । 
सरकारको लाचारिपनको एउटा उदाहरण यहाँ प्रस्तुत गरौं । भूकम्पले धेरै क्षति पु¥याएको जिल्ला मध्ये एक हो रसुवा । यस जिल्लाको धैबुङ गाविसका भूकम्प पीडितहरूलाई जाडो मौसममा न्यानो सहयोगको रकमसमेत वितरण हुन सकेको छैन । यता जाडो मौसम सकिन लागिसक्यो । उता सरकारले प्रति परिवारलाई न्यानो सहयोगअन्तर्गत दिने भनेको दश हजार रुपियाँ १ हजार ३ सय ३५ घरधुरी जनताले पाउन सकेनन् । यो यर्थाथ हो । सरकारी लापार्वाहीको कारण यस्तो भएको पीडितहरूको गुनासो छ । पूर्ण क्षति भएका सबै घरधुरीलाई पुग्ने रकम सरकारले नपठाएको कारण विवाद् भयो र आएको रकम वितरण हुन सकेन, थप रकम सरकारले पठाएको छैन वा पहल गरेन उनीहरूनै जानुन् तर कसैले पाउने कसैले नपाउने किन हुन्छ सरकार ? लगनमा नभएको पोते भनेजस्तै, जाडो मौसमको लागि दिनुपर्ने सहयोग गर्मी महिनामा पनि वितरण नहुनु कुन हदसम्मको लापार्वाही हो यो ? 

गत बैशाख १२ गते नेपालमा गएको विनाशकारी भूकम्पले भौतिक संरचनाका हिसावले रसुवामा ठूलो क्षति भएको छ । धेरै ठाउँमा पहिरो गएको छ, जमिन चिराचिरा परेको छ यही कारण खेतीयोग्य तथा बस्तीयोग्य जमिनहरूमा ठूलो क्षति पुगेको छ । डाडाँगाउँ, हाकुलगायतका गामबासीहरू विस्थापित जीवन विताउन बाध्य छन् । सदरमुकाम धुन्चेसँग जोडिएको हाकु गाविस त पूरै विस्थापनको सिकार हुनु पुग्यो । हाकुको जमिन प्रायस् भिरालो छ, सबै ठाउँमा सुख्खा पहिरो गएको छ र भएको जमिन पनि चिराचिरा परेको कारण त्यहाँ मानव वस्ती पुनः बस्न सक्ने अवस्था नै छैन । हाकुबासी जनता भूकम्पछि अन्य गाविसमा गई अस्थायी शिविर खडा गरी कष्ठसँग बसोबास गरिरहेको देखिन्छ । उनीहरू अरुको जमिनमा विस्थापित जीवन विताउनुपर्दा धेरै दुःखी छन्, तर उनीहरूको लागि कहाँ बसोबास गराउने भन्ने विषयमा अझैसम्म जिल्लाका सरकारी निकाय तथा दलहरूले कुनै पहल गरेको देखिँदैन । हाकुबासी भन्छन्, गाउँभरी पहिरै पहिरो छ, जमिन चिराचिरा छ, भएके घरमाथि र मुनी पनि पहिरो छ, कसरी त्यहाँ गएर बस्न सकिन्छ ? हामी त हाकुमा गएर पुनः बसोबास गर्न सक्ने अवस्थामा छैनौं, सरकारले विकल्प दिन्छ भनेर कुरेर बसेका छौं । तर के हुन्छ कहिले हुन्छ  थाहा छैन । यस्तो ठाउँमा भूउपयोग नीतिअनुरुप बसोबास गर्न योग्य छ वा छैन, यसको अध्ययन कहिले हुन्छ ? यो दायित्व सरकारको हो की होइन् ?

अवको पुनर्निर्माण कस्तो हुने भन्ने विषयमा पर्याप्त छलफल समुदाय तहसम्म पुग्न सकेको छैन । कोही नयाँ व्यक्ति वा सङ्घ सङ्स्थामा काम गर्ने व्यक्तिहरू समुदायमा पुग्यो भने समुदायको मानिसहरूको पहिलो पश्न हुन थालेको छ, हाम्रो घर बनाउने सहयोग कहिले आउँछ होला ? सरकारले २ लाख कहिले वितरण गर्छ रे ? घर बनाउन २ लाखले पुग्दैन हामी गरिब जनताले कसरी घर बनाउने होला ? यस्तै प्रश्न धेरै सोधिन्छन् ? सरकारका कर्मचारीहरूको उपस्थिती गाउँ तहमा छैन, गाविस सचिवहरू समेत गाविसमा छैनन्, पुनर्निर्माणबारे कसरी जनता सुसूचित हुन सक्छन् सरकार ?

जनताको लागि गरिने पुनर्निर्माणमा जनताको सहभागिता हुनु अनिवार्य छ तर सरकारी संयन्त्रको चाला देख्दा त्यस्तो हुने देखिँदैन । भूकम्पले जनताको घर मात्र विनाश गरेको छैन, यसले सार्वजनिक संरचनाहरू, सरकारी भवनहरू, जलविद्युत केन्द्रहरू, सामुदायिक विद्यालयहरू, आर्थिक तथा सामाजिक क्षेत्रहरू पनि सखाप भएका छन् । यी संरचनाको पुनर्निर्माण कसरी र कहिले हुन्छ ? 

अवको पुनर्निर्माण गर्दा सरकारले दिने २ लाख रुपियाँले सबैलाई घर निर्माण गर्नको लागि पर्याप्त हुने छाँटकाँट देखिँदैन । किनकी समाजका दलित, भूमिहीन, एकल महिला, जेष्ठ नागरिक, अपाङ्ग र अभिभावक गुमाएका बालबालिका भएको परिवारले २ लाख रुपियाँले कसरी घर निर्माण गर्न सक्छन् ? फेरी सरकारले सामूहिक जमानिमा दिने भनेको ३ लाख रुपियाँ यी वर्गका मानिसहरूले कसरी तिर्न सक्छन् ? उनीहरूको आफ्नो क्रय शक्ति पनि छैन र नियमित आम्दानीको स्रोत पनि छैन ? यी वर्गको पक्षमा सरकारले विशेष व्यवस्था गर्नु जरुरी छ । नत्र भने उसैत भूकम्पले आहात बनाएको यी जनतालाई अझ बढी दुःख र समस्या थपिनेछ । 
सरकारको २ लाख रुपियाँको राहतले हिमाली र पहाडी जिल्लाका ग्रामीण भेगहरूमा पनि पर्याप्त नहुने देखिन्छ । किनकी यस्ता गाउँहरूमा घर निर्माणको लागि पर्याप्त सामग्रीहरू पर्याप्त छैनन् । सबैको घर निर्माण एकै पटक हुने हुँदा भएका स्थानीय सामग्री अपुग हुने र बाहिरबाट (अर्काे गाउँ वा जिल्ला) आयात गर्नुपर्ने हुन्छ । यसो हुँदा उक्त २ लाख रुपियाँ ढुवानी र केही सामग्री खरिदमै सकिने देखिन्छ । यसैले सरकारले भौगोलिक क्षेत्रलाई पनि प्राथमिकता दिई पुनर्निर्माणको लागि विशेष प्याकेज ल्याउनु आवश्यक छ । यस्तो गर्न सकिएन भने अहिले बजार हल्ला भएजस्तो किस्ता बन्दीमा सरकारले दिने राहत रकम वा ऋण रकमले जनताको घर निर्माण नहुन सक्छ । यसैले यतिबेला सबैको एउटै प्रश्न छ, भूकम्प पीडितको पुनस्र्थापना र ध्वस्त संरचनाको पुनर्निर्माण कहिले हुन्छ ? यसमा सरकारको उचित ध्यान जाओस् ।

उपेक्षामा नपारियोस् किसानका मुद्दा


विश्वास नेपाली

नयाँ संविधान साउन भित्रै जारी गर्न राजनीतिक वृत्तमा कसरत भइरहेको छ । सभासद्हरू जिल्लातिर धाइरहेका छन् भने मुख्य दलका मुख्य नेता दक्षिण छिमेकतिर । उद्देश्य दुवैतिर नयाँ संविधानको लागि सुझाव सङ्कलन । तर जनस्तरबाट आउने सुझाव भन्दा छिमेकीले दिएको सुझाव बलियो हुनेछ र त्यहीँ लेखिनेछ, यही चर्चा छ । यदि यसो भयो भने परिवर्तनको लामो पर्खाईमा रहेका नेपाली जनताको मुद्दा संविधानमा नसमेटीने खतरा हुनेछ । कदम्कथाचित समेटिहालियो भने पनि जनमुखनी नहुने खतरा छ । यो मुलुकको लागि घातक सावित हुने छ ।

भूमिहीनको सङ्गठित शक्ति बढ्दै


विश्वास नेपाली
नेपालमा भूमि सुधारको मुद्दा उठेको करिव ७ दशक भयो । यति लामो अवधिमा मुलुकमा विभिन्न चरणमा राज्यका नीति र राज्यका व्यवस्थाहरू परिवर्तन भए । तर, वास्तविक जनता जो गरिबी, अभाव, अन्याय र दुःखको जिन्दगी विताइरहेका छन् उनीहरूको जीवनमा कुनै परिवर्तन भएन । दुःख झन् बढ्दै गयो । गरिबी झन् बढ्दै गयो । फलस्वरुपः मुलुकमा जनमुखी नीति कहिल्यै अनुभूती गर्न पाइएन ।

गरिब जनताले विभिन्न चरणमा आन्दोलन गरे, परिवर्तनको लडाइँहरू लडे । दलहरूलाई साथ दिए केवल परिवर्तनको लागि । तर सार्थक परिवर्तन आजसम्म महशुस गर्न पाएनन् । चाहे त्यो प्रजातन्त्रमा होस् या जनआन्दोलन पछिको गणतन्त्रमानै । अहिलेसम्म मुलुकका गरिब, भूमिहीन, साना किसान र सीमान्तकृत समुदायहरू हाम्रा दलहरूको बेलाबेलाको सत्तामा पुग्ने भ¥याङ् मात्र भए । यो यर्थाथ हो ।

गरिबीका पीडा अहिलेसम्म न राज्य व्यवस्थाले बुझ्न सक्यो, न राजनीतिक दल र नीति निर्माताहरूले नै बुझ्न सके । परिमाणतः चरम गरिबी, अभाव, बरोजगारी, भूमिहीनता, युवाको विदेश पलायनता बढ्यो । जुन चिज निमिट्यान्न हुनुपथ्र्याे त्यो चरमरुपमा बढ्दै गएपछि मुलुकको विकास कहिले हुन्छ ? जुन देशका जनता गरिबीमा छन्, त्यो देश कसरी समृद्ध बन्न सक्छ ?

भूमिहीनमाथि राज्यको बर्बरता




विश्वास नेपाली

घटना १
चुरे र महाभारत क्षेत्र अतिक्रमण गरी घरटहरा बनाइएको भन्दै जिल्ला वन कार्यालय डडेलधुराले १ सय १९ घरटहरा भत्कायो । अभियानकै रुपमा वन कार्यालयले मंसिर ११ देखि १३ सम्म पहिलो चरणमा र मंसिर २८ गते दोस्रो चरणमा गरी जनताको घरटहरा भत्कायो । यस कार्यमा जिल्ला प्रशासन कार्यालयले पनि सघायो । १५÷२० वर्षपहिलेदेखि सो क्षेत्रमा बसोबास गर्दै आएकालाई त्यहाँबाट हटाइएपछि उनीहरूको अहिले विचल्ली भएको छ । घरटहरा भत्काइएपछि बेसाहारा बनेका भूमिहीन कतिपय आफन्तकोमा साहारा लिएर बसेका छन् भने केही त्यहीँ खुल्ला आकाशमुनी बसेका छन् ।

सरकारले वन अतिक्रमण नियन्त्रण रणनीति, २०६८ लागु गरी मुलुकभरको वन क्षेत्रलाई ४० प्रतिशत पु¥याउने भन्दै धमाधम वन क्षेत्रमा बसोबास गरेका भूमिहीनहरूलाई उठिबास लगाइरहेको छ । वन अतिक्रमण नियन्त्रण रणनीति, २०६८ ‘कार्यनीति’को बुदाँं नं. ४.७ मा ‘भूमिहीन, सुकुम्बासी, आरक्ष विस्तारबाट प्रभावित, दैवी प्रकोपबाट पीडित, मुक्त कमैयालगायतका व्यक्ति र घरपरिवारबाट वन क्षेत्र अतिक्रमण भएको भए त्यस्ता भूमिहीन परिवारलाई वन क्षेत्रबाट हटाई उनीहरूको बसोबासको वैकल्पिक व्यवस्था गरिनेछ ।’ भनि स्पष्ट लेखिएको छ । तर विकल्प नै नदिई धमाधम जनताको उठिबास लगाउने कार्य राज्यका निकायबाटै भइरहेको छ । जिल्ला वन कार्यालय भूमिहीनलाई जमिन÷बसोबास दिने कार्य आफ्नो नभई भूमि सुधार मन्त्रालयको हो भन्दै पन्छिरहेको छ । नीति बन्नुभन्दा पहिलेदेखि नै बसोबास गरेकालाई त्यसै उठाउनु न्यायीक छ र ? 

महिलाको भू-स्वामित्व ; संयुक्त पुर्जा



विश्वास नेपाली

अन्तर्राष्ट्रिय श्रम सङ्गठनका अनुसार, विश्वमा ८६ करोड महिलाहरू आर्थिक गतिविधिबाट वञ्चित गराइएका छन् । र यसमा उल्लेखनीय परिवर्तन नगराइए आगामी १० वर्षमा यो संख्या एक अर्ब पुग्ने अनुमानसमेत गरेको छ । त्यस्तै, विश्व बैंकको अनुसार १०० भन्दाबढी राष्ट्रहरूमा अझै पनि महिलाहरूलाई उनीहरूको पूर्ण आर्थिक भूमिकामा सहभागी हुन रोक लगाउने कानुनहरू छन् । जसले महिलाहरूलाई कतिपय कामहरू गर्न, आर्थिक पहुँचमा, व्यावसायको स्वामित्वमा अथवा कानुनी मामिलामा सरिक हुन रोक लगाउँछन् । 
अमेरिकाको न्यूयोर्कमा कपडा कारखानामा काम गर्ने महिलाहरूले सन् १८५७ मार्च ८ देखि सुरु गरेको आन्दोलन आज विश्वभर फैलिएको छ । त्यतीबेला उठाएका मागहरू अझै पनि विश्वभरनै कार्यान्वयन हुन सकेको छैन । काममा समान ज्याला, कार्यस्थलमा शिशु स्याहार केन्द्र, निर्णय प्रक्रियामा सहभागिता र मनदानको अधिकारजस्ता माग त्यतीबेलानै उठाइएका थिए । 
२१ औँ शताब्दिलाई लैङ्गिक समानतायुक्त बनाउन, महिलाको सशक्तिकरण, आर्थिक, सामाजिक र राजनीतिक अधिकारसँगै सम्पत्तिमाथिको अधिकारको लागि पनि आवाज उठाउनु आवश्यक छ । यसका लागि कुरा होइन् काम थालौँ । लैङ्गिक समानताका कुरा गरौँ, सम्पत्तिमा महिलाको अधिकारको बारेमा बोलौँ, आर्थिक क्षेत्रमा महिलाको योगदानका कुरा सवत्र उठाऔँ । यसो गरियो भने पक्कै महिलाको अधिकार सुनिश्चित हुनेछ । र समातामुलक समाजको निर्माणमा टेवा पुग्नेछ ।
नेपालमा महिलाको सम्पत्तिमाथिको अधिकारको कुरा धेरै अघिदेखि उठिरहेको छ । महिला अधिकारको क्षेत्रमा काम गर्ने विभिन्न संघ÷संस्थाहरूले ‘भूमिमा महिलाको अधिकार’को कुरा बेलाबेला उठाइरहेका छन् । नेपालको कुल कृषि उत्पादनमा महिलाको योगदान ६० प्रतिशत छ भने त्यही कृषि उत्पादन गर्ने जमिन भने महिलाको स्वामित्वमा जम्मा १९.७१ प्रतिशत मात्र छ । 
नेपालको अन्तरिम संविधान २०६३ को भाग—३ मौलिक हकअन्तर्गत धारा–१३ मा समानताको हकको दफा— १ मा ‘सबै नागरिक कानुनको दृष्टिमा समान हुनेछन्’ भनिएको छ । धारा–२० मा महिलाको हककोे दफा— १ मा ‘महिला भएकै कारणबाट कुनै पनि किसिमको भेदभाव गरिने छैन’ भनिएको छ । त्यसैगरी धारा–२० को उपधारा–४ मा ‘पैतृक सम्पत्तिमा छोरा र छोरीलाई समान हक हुनेछ’ भनी उल्लेख गरेको छ । तर यी अधिकार अझै पनि अक्षरमै सिमित छन् । सबैतिर महिला—पुरुष समानताको विषय कार्यान्यवन हुन सकेको छैन । खाली नारा मात्र हुने गरेको छ । जबसम्म सबै महिला जन्मजातै पुरूषसरहको अधिकार सम्पन्न हुन सक्दैनन्, तबसम्म असमानताको शिकार अहिले मात्र हैन आउने पिँढीले पनि भोग्न नपर्ला भन्न सकिन्न । 
पितृसत्तात्मक समाजमा सबै शक्ति र शक्तिको स्रोतहरूमा पुरूषको हालिमुहाली छ । पित्तृसत्ताले महिलाको भूमिका र योगदानलाई गौण बनाउँदै महिलामाथि प्रभुत्व कायम गराउँछ । पितृसत्ता एउटा व्यवस्थाकै रूपमा कायम छ । एउटै आमाको कोखबाट जन्मने छोरा र छोरीमा जबसम्म ‘समय, श्रम र सम्पत्ति’मा विभेद रहन्छ, तबसम्म समतामूलक समाज बन्न सक्दैन । पितृसत्तात्मक समाजमा पैतृक सम्पत्ति भूमिलगायत प्राकृतिक स्रोत र साधन, स्वःआर्जनमा पुरूषको नियन्त्रण हुन्छ । यस्ता स्रोतमा महिला र पुरूषको समान कानुनी अधिकार, पहँुच र नियन्त्रण नभएसम्म महिला सशक्त हुन सक्दैनन् । 
प्राकृतिक स्रोत ‘भूमि’मा महिला किसानका ‘अधिकार’का माग दुई दशक अगाडिदेखि राष्ट्रिय भूमि अधिकार मञ्चले उठान (अभियान) गर्दै आइरहेको छ । भूमिमा महिला अधिकारको माग राखी लामो अभियान भयो । दर्जनौं पैदल यात्रा, धर्ना, सभा, ¥याली, अन्र्र्तिक्रया र छलफल भए । यस अभियानलाई सरकारले सकारात्मकरूपमा लियो । सरकारले घर जग्गामा महिलाको नाममा रजिष्ट्रेशन पास गर्दा छुट दिने व्यवस्था र पुरुषको नाममा भएको महिलाको नाममा र महिलाको नाममा भएको घर जग्गालाई पुरुषको नाममा सगोलनामा गर्दा जम्मा एक सय रूपैयाँ मात्र लाग्ने नीति ल्यायो ।
सरकारले आ.व. २०६६÷६७ को बजेट वक्तव्यमार्फत महिलाको नाममा घरजग्गाको रजिष्ट्रेशन पास गराउँदा छुट दिने नीति ल्यायो । यस अन्र्तगत महिलाको नाममा जग्गा रजिष्टे«शन पास गर्दा शहरी क्षेत्रमा २५, पहाडी क्षेत्रमा ३० र हिमाली क्षेत्रमा ४० प्रतिशतसम्म राजश्वमा छुट दिने व्यवस्था गरेको छ । त्यस्तै, पतिको नाममा रहेको घर जग्गामा पत्नीसमेतको सगोलनामा गराई संयुक्त पुर्जा बनाउन सय रूपैयाँ भए पुग्ने व्यवस्था नेपाल सरकारले ग¥यो । यो नीति आर्थिक वर्ष २०६७÷०६८ को बजेट नीतिमार्फत आएको हो । लगत्तै सरकारले आ.व.२०६८÷६९ मा नीति तथा कार्यक्रममार्फत महिलाको नाममा भएको घर जग्गामा पत्नीको समेत संगोलनामा गराउँदा एक सय रूपैयाँ मात्र लाग्न व्यवस्था ग¥यो । यी नीति तथा व्यवस्था महिलामा भू—स्वामित्वको पहुँच बढाउन सरल उपाय हो ।
उक्त नीतिको अनुसरण गर्दै संयुक्त पुर्जा अभियान भूमि अधिकार मञ्चमार्फत देशभर अभियानकै रूपमा सञ्चालन भइरहेको छ । हालसम्म भूमि अधिकार मञ्चमार्फत सञ्चालन भएको अभियानबाट १ हजार ७८ किसान जोडीले संयुक्त पुर्जा बनाई ३६२.७३ हे.जमिनमा महिला—पुरुषको बराबर स्वामित्व कायम गराएका छन् । यो अभियान देशभर जारी छ ।
महिलाको भूमि अधिकारको लागि संयुक्त पुर्जा बनाउने अभियान आ—आफ्नै घरबाट थाल्नु जरुरी छ । अझ बढी त महिला अधिकारको कुरा गर्ने, भूमि अधिकार कुरा गर्ने र यस्ता अभियानमा सङ्गठित भएकाहरूले त बनाउनैपर्छ । रोल मोडल आफु नभई अरुलाई यस्ता विषयमा बुझाउन पनि गाह्रो हुन्छ । यसो गरियो भने पक्कै भूमिलगायत् प्राकृतिक स्रोतमा महिला—पुरुषको समान हैसियत कायम हुनेछ । वर्षाैदेखि मनाउँदै आएको नारी दिवस र यसमा उठाइदै आइएको नाराले पनि सार्थकता पाउनेछ । होइन भने वर्ष आउँछ, कार्यक्रमहरू हुन्छन्, नारा लगाइन्छ बस त्यतीमा मात्रै नारी दिवसहरू सिमित हुनेछन् । अन्याय, शोषण, पीडा, दमन र अत्याचारमा परेका महिलाहरूले कहिल्यै मुक्ती पाउदैनन् । 
पछिल्लो समयमा सरकारले ल्याएको संयुक्त पुर्जाको नीतिले महिलाहरूले सरल रूपमा भूमिमा स्वामित्व पाउन सक्छन् । यसको लागि खाली किसानहरूमा ‘मोटिभेसन’ को आवश्कता हुन्छ । महिलाको ‘आत्मसम्मान, पहिचान, उत्पादन कार्यमा वृद्दि, महिला किसानको पहिचान र पारिवारिक तथा सामाजिक प्रतिष्ठान’को लागि संयुक्त पुर्जा बनाउनु आवश्यक छ ।
संयुक्त लालपुर्जा किन ?
ग्रामीण भेगका महिलाका लागि भूमि नै सम्पत्तिको प्रमुख स्रोत हो । कोही पनि व्यक्तिको सम्पत्तिमा अधिकार नभई उसको आधारभूत अधिकार सुरक्षित रहनै सक्दैन । भूमिले मान्छेलाई बसोबास दिन्छ, पहिचान दिन्छ र उसको सामाजिक हैसियत कायम गर्छ । जोसँग ‘भूमि’ छ, उसको समाजिक—आर्थिक—सांस्कृतिक र राजनीतिक पहिचान स्वतः बढ्छ । जोसँग ‘भूमि’ छैन, ऊसँग यी कुनै पनि कुरा हुन्न । त्यसैले भूमिमा महिला अधिकारको सवाललाई फराकिलो अर्थमा बुझ्न जरुरी छ । 
कुल कृषि उत्पादनमा महिलाको योगदान ६० प्रतिशत छ भने पुरूषको ४० प्रतिशत । भूमिमाथिको कानुनी स्वामित्व भने ठिक उल्टो पुरूषको ८०.२९ प्रतिशत र महिलाको १९.७१ प्रतिशत छ । यस्तो अवस्थामा महिलालाई ‘भूमि’को मालिक बनाउन र उत्पादन कार्यमा महिला—पुरुषको बराबर स्वामित्व कायम गराउन संयुक्त लालपुर्जा उत्तम र सरल उपाय हो । 
श्रीमान्(पुरुष)को नाममा भएको जग्गाधनी पुर्जामा श्रीमती(महिला)को फोटो टाँस गरी संयुक्त पुर्जा बनाउने 
हो । यसको लागि कुनै झन्झटीलो प्रक्रिया अपनाउन पर्दैन । आन्दोलनको प्रभावबाट सरकारले ल्याएको ‘संयुक्त पुर्जाको नीति’लाई अभियानकै रूपमा अगाडि लैजानका लागि राजनीतिक, सामाजिक र अन्य क्षेत्रका अगुवाबाटनै यसको थालनी हुनुपर्छ राजनीतिक दलहरूले यस अभियानलाई आफ्ना कमिटी र कार्यकर्तामार्फत् देशव्यापी बनाउन निर्देश गर्नुपर्छ । सरकारी कार्यालय खासगरी मालपोत कार्यालयले गाउँ–गाउँमा गएर संयुक्त पुर्जा बनाउने काम गरिदिँदा धेरै प्रभावकारी हुने देखिएको छ । यसो गर्दा विकट गाउँ बस्तीबाट किसान जोडीहरूलाई धाएर जिल्लासम्म आइरहुनुपर्ने बाध्यता हुँदैन । एक सय रूपैयाँमा हुने कामलाई एक÷दुई हजार रूपैयाँ सम्म बाटो खर्च र बसोबास खर्च लाग्ने हुँदा किसानहरूलाई समस्या पर्छ । केही जिल्लाहरूमा मालपोत कार्यालयहरूले भूमि अधिकार मञ्चमार्फत गाउँमै गएर शिविर सञ्चालन गरी संयुक्त पुर्जा बनाउने कार्यमा पनि सहयोग गरिहेका छन् । जुन ज्यादै सह्रानीय कार्य हो । यसले सहजता पनि आउने र किसान जोडीहरू पनि यसमा यस्तो अभियानमा सरिक भई सल्लाहले भूमिमा बराबर स्वामित्व कायम गराउन खुसी देखिएका छन् । खासमा सहयोग गर्नुपर्ने भनेको पनि ग्रामीण भेगकाहरूलाई हो । यस्तो नीति पनि सहर बजारमा भन्दा ग्रामीण भेगका लागि हो । शिक्षा, जनचेतनाका कमी आदि कारण गर्दा महिलाहरू भू—स्वामित्वमा मात्र अधिकार नहुँना पनि अन्य विभिन्न खाले हिंसा र अन्यायमा परीरहेका छन् । यदि यस्ता महिलाहरूको लागि भूमि हुने हो भनेपनि जीवन जिउने आधार हुन सक्छ । त्यसैले यस्ता कुरामा ध्यान सबैको जानु जरुरी छ । 
संयुक्त पुर्जा बनाउनको लागि किटानी सिफारिस । यस्तो सिफारिस आफ्नो गाविसबाट लिनुपर्छ । र, यसमा श्रीमान्—श्रीमती हो भन्ने व्यहोरा खुलाउनुपर्छ । श्रीमान्—श्रीमती दुवैको नागरिकता, जग्गाधनी प्रमाण पुर्जाको सक्कल प्रति, र श्रीमान्—श्रीमती दुवैको २÷२ प्रति फोटो र मालपोत तिरेको रसिद र एक सय रूपैयाँ रजिष्ट्रशन शुल्क आवश्यक हुन्छ । 

कमलरीदेखि सभासद्सम्म

—विश्वास नेपाली
sdलरीदेखि सभासद्सम्म’ पुस्तक पढ्ने अवसर मिल्यो । लेख्न, पढ्न नजान्ने महिलाले गरेको मिहनेत र छोटो समयको उनको छलाङ्गले शान्ता लेखपढ् गर्न मात्र जान्ने भइनन्की मुलुकको सभासद्सम्म बनिन् । जुन—जुन मेहनत चौधरीले गरिन् त्यसको फल पनि छोेटो समयमै हात पारिन् । 
जीवनको १८ वर्ष जमिन्दारकोमा कमलरी जीवन विताएकी शान्ताले उक्त अवधिमा सात जमिन्दारकोमा काम गर्नुप¥यो । असह्य दुव्र्यवहार सहनुपर्ने तर कसैलाई ति पीडा भन्न समेत नपाइने गजवको प्रचलन थियो कमलरी प्रथा भित्र । विकल्प विना कमलरीमुक्तीको घोषणा सरकारले गरेपछि पनि आफू र परिवारको जीविकाको लागि पुनः ६ वर्ष कमलरीकै रूपमा काम गर्नुपरेको दर्दनाक अवस्था उनको पुस्तकमा पढ्न 
पाइन्छ । 
कमलरी मुक्तिको आन्दोलनबाट सुरु भएको शान्ताको संघर्षको बाटो भूमि अधिकार आन्दोलन हुँदै राजनीतिक रूपमा जोडिन पुग्यो । जसले उनलाई सफल मात्र बनाएन की मुलुककै संविधान बनाउने ठाउँ सम्म पु¥यायो त्यो पनि प्राकृतिक स्रोत साधन समितिको सभापतीकै रूपमा । यद्यपी देशमा विविध कारणले संविधान भने आउन सकेन् जुन कुरा उनले आफ्नो पुस्तकमा उल्लेख गरेकी छिन् । 

Followers

Pages

Follow Me in Facebook

यो साताको चर्चित

यो महिनाभरिका चर्चित

ब्लगभरिका चर्चित

My Archive

Powered by Blogger.