Home » » लाङटाङ एक परिचय

लाङटाङ एक परिचय


 विश्वास नेपाली


रसुवा जिल्ला भौगोलिक विकटाताले पछाडि रहेपनि यहाँ रहेको अनगिन्ती पर्यटकीय सम्पदाले गर्दा उत्तिकै महत्वपूर्ण पनि छ । विश्व मानचित्रमासमेत समावेश भएका कतिपय सम्पदाहरू यहाँ छन् । जिल्लाको धार्मिक एवंम् पर्यटकीय स्थलहरू जो नेपालीहरूको मात्र नभई विदेशी पर्यटकहरूको समेत आर्कषर्णको केन्द्र बनेको छ । लाङटाङ, गोसार्इँकुण्ड, पार्वतीकुण्ड, लाङटाङ हिमाल, लाङटाङ राष्ट्रिय निकुञ्ज र यसका सम्पदा, विभिन्न धार्मिक एवंम् पर्यटकीय स्थलहरू यहाँको प्रमुख आर्कषण र महत्वका क्षेत्रहरू हुन् । हिमाली क्षेत्रको जैविक विविधता, विभिन्न किसिमका जडिबुटीहरू, वन्य जन्तु र चराचुरूङ्गीलगायतले जिल्लाको गौरव बढाएको छ । 


ती मध्ये पर्यटकीय एवंम् आर्कषणको केन्द्रविन्दु लाङटाङ एक प्रमुख सम्पदा हो । लाङटाङ नेपालकै पर्यटकीय क्षेत्रको तेस्रो गन्तव्य मानिन्छ । लाङटाङ ज्यादै आर्कषक एवंम् मनमोहक सम्पदा हो । यसलाई हरेर कहिल्यै थाकिन्न ।

सदावहार हिमश्रृङ्खला लाङटाङ लिरूङ हिमाल समुन्द्री सतहबाट ७ हजार २ सय ४६ मिटरको उचाईमा अवस्थित छ । यसले रसुवामात्र नभई विश्वमै चर्चा कमाएको छ । लाङटाङ नेपालको उत्तरी छिमेकी देश चीनसँग सीमान जोडीएको छ । लाङटाङको क्यान्जिङ उपत्यका अति रमणीय स्थल मानिन्छ ।
यहाँ वर्षेनी हजारौ स्वदेशी तथा विदेशी पर्यटहरू झयाम्मिने गर्छन् र अनुपम प्राकृतिक छँटाको आनन्द लिन्छन् ।
लाङटाङमा आउने स्वदेशी तथा विदेशी पर्यटकहरू मुख्यतया क्यान्जिन उपत्याकामा नै बस्ने र हिमसृङ्खलाको मजा लुट्ने गर्छन । लाङटाङ पुग्नको लागि राजधानीबाट स्याफ्रुसम्मको सावरी यात्रापछि पैदल यात्रा अनिवार्य रहेको छ । अन्यथा केही स्वदेशी एवंम् विदेशी पर्यटक सिधै हवाई यात्रावाट पनि पुग्ने गरेका छन् । यो चाहीँ अलि बढी धन हुनेको लागि मात्र हो । 
रसुवा जिल्लामा रहेका अनगिन्ती सम्पदाहरू मध्ये लाङटाङ विश्वसामू नै परिचीत सम्पदा हो । यहाँ घुम्न जानेहरू ७ देखि १० दिनको यात्रा तय गरेर पुग्छन् । 

लाङटाङ तिव्तीयन नामको रूप हो । तिव्वतीयन भाषामा “लाङ्ग” भनेको याक र “टेङ्ग” भनेको पछ्याउनु भन्ने छ । यसकारण पहिले—पहिले त्यस क्षेत्रमा रहेका लामाहरूले याकलाई पछ्याउदै जाँदा त्यहाँ राम्रो उपत्यका भेटिएपछि पछि त्यसकै नामबाट ‘लाङटाङ’ नाम रहन गएको भन्ने भनाई पाइन्छ । यस कारण लाङटाङको विषयमा के विश्वास गरिन्छ भने कुनै समयमा लामाहरूले भेट्टाएर यसको नामारकण गरी प्रचार—प्रसार गरेका थिए । 
लाङटाङ क्षेत्र जैविक विविधताले भरिपूर्ण भएको कारण यसकै नामाकरणबाट राष्ट्रिय निकुञ्जसमेत स्थापना भएको छ । वि.सं. २०३२ सालमा लाङटाङ राष्ट्रिय निकुञ्ज स्थापना भई यसको उचित संरक्षण, सम्बद्र्धन एवंम् प्रर्वद्धनका पाटोमा काम आइरहेको छ । यसैको प्रर्वधनको लागि निकुञ्जसँग मिलेर श्वि वन्यजन्तु कोष (डब्लुडब्लुएफ)को सहयोगमा विभिन्न कार्यक्रमहरू भइरहेका छन् । 

यहाँ वसन्त ऋतुमा पुल्ने राता, सेता, निला लालीगुराँससँगै अन्य जङ्गली विभिन्न प्रकारका रङ्गीविरङ्गी फुलहरू पाइन्छन् जुन अत्यन्तै आर्कषक छन् । १५० भन्दाबढि चरा प्रजातीहरूका र विश्वमै दुर्लभ मानिएको ९ रेड पाण्डा (हाव्रे) पाइने स्थान भनेर पनि परिचीत छ ।  
यस क्षेत्रमा विशेष गरी भोट तथा उनीहरूसँग अनुहार मिल्ने बासिन्दाहरूको बसोवास छ । पहिले यहाँ तिव्वततिरबाट पनि मानिसहरू आएर बसेका थिए रे । त्यसैकारण छिमेकी तिव्वतको संस्कृतीसँग मिल्ने नाचँ तथा संस्कृतीहरू पहिचानहरू यहाँ पाइन्छ । जुन पर्यटकहरूले अत्यन्तै मन पराउँछन् ।  लाङटाङमा मुख्यतया याक र भेडाहरू पशुपालनको रूपमा पाल्ने गर्छन् ।
लाङटाङको यात्रा स्याफ्रुवेशीसम्मको सवारी यात्रापछि पैदल यात्रा सुरू हुन्छ । लाङटाङमा घुम्न आउने यात्रुहरूले क्यान्जिङ उपत्यकामा पुगेपछि मात्र हिमालयन उच्च भागको  मनोरन्जन लिन सक्नेछन् । 

लाङटाङ यात्रामा, लाङसिसाबाट उत्पन्न भएको लाङटाङ खोलाको तिरैतिर माथि चढ्ने लाङटाङ पदमार्गमा बाटामा देखिने विभिन्न रूख तथा प्रकृतीले सबैलाई लोभ्याउँछ । लाङटाङमा पाइने भोटे चिया ज्यादै मिठो छ । लाङटाङबाट बग्ने हिमनदी पवित्र तिर्थस्थल गोसाँईकुण्डबाट बगेर आएको त्रिशूलीसँग धुन्चे नजिक मेल भएर बुहत नदिको रूपमा बगेको छ । यहि नदिमा अनगिन्ती जलविद्युतको सम्भावना रहेको छ, भने कतिपय जलविद्युत योजनाहरू निर्माणका क्रममा रहेका छन् । 
लाङटाङ जस्तै हिमसृङ्खलाहरू धेरै भएकै कारण रसुवामा जलविद्युतको धेरै सम्भावनाहरू छन् । 

लाङटाङ क्षेत्रमा पुग्ने पर्यटकहरूका लागि विभिन्न प्रकारका होटलहरू छन् । जसले लाङटाङको बसाईलाई सहज बनाउनमा सहजता प्रदान गरेको छ । 

लाङटाङमा हिउँ खेल्ने अभिलाषा भएकाहरू पनि धेरैजसो पर्यटकहरू हिउँ खेल्नको लागि यहाँ आउछन् । लाङटाङ पदमार्गमा पर्ने घोडा तवेला क्षेत्रको वर्णन पनि ज्याादा छ । सुरक्षाका लागि नजिकै सेनाका क्याम्प रहेको छन् भने सुविधाका लागि होटहरू पनि छन् । त्यहाँबाट आँखै अगाडी हिउँको थुप्रै जस्तै देखिने सेतो लाङटाङ लिरूङ हिमाल र धेरै पर देखिने लाङटाङ उपत्यकाको दुश्य, सिरसिर चिसो हावा र पारिलो घाम, घोडातवेला क्षेत्रको मनमोहकता वर्णनै गर्न नसक्ने खालको छ, ।  घोडा तवेला वरिपरीको वतावरण भनेको त्यहाबाट नजिक भोटे कोशी नदि र लाङटाङ खोला, पातलो देखिने जङ्गलसँग रहेका लालीगुरासँलगायतका मनोरन्जनका वुट्यानहरू आकर्षक छन् ।

लाङटाङ उपत्यकामा जो कोही पुग्दा झुप्रा घर भएको वल्लो लाङटाङ गाउँ र पक्की घरसहीतको पल्लो लाङटाङ, हिमनदि, बेलाबेलामा माथि हिमालयमा हिउँको पहिरो, मनोमहक दुष्य, ढुङ्गाका पर्खाल लगाइएका खाली बाझाँ बारी त्यसको कुनाकाप्चामा हिउँको पातलो पत्र लाङटाङ उपत्यका चित्रमा देखाए भन्दा  पनि निकै मनोमहक देखिन्छ ।
तर पनि अझै सम्म व्यवस्थित रूपमा लाङटाङ हिमाल चढ्नको लागि भने चाहिने प्राविधीक ज्ञान दिने र प्रविधीका सामाग्रीहरू भने पर्याप्त छैन् भन्दा हुुन्छ ।

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्रवेश गर्नको लागि स्वदेशी पर्यटकहरूका लागि भने कुनै शुल्क लाग्दैन् भने विदेशी पर्यटकहरूको लागि भने सार्क मुलुकका लागि १०० रूपैयाँ र अन्य देशका नागरिकका लागि भने १००० रूपैयाँ लाग्ने नियम रहेको छ । यसले गर्दा पनि मुलुकको आर्थिक विकासमा प्रत्यक्ष फाइदा पुग्ने गरेको छ । 

लाङटाङ क्षेत्रमा विशेषगरी पर्यटनको वास्तवीक मजा लिनको लागि आउने गर्छन् कतिपय स्वेदशी तथा विदेशी विद्यार्थीहरू अध्ययनको लागि पनि आउने गर्छन् । 


(चिलीमे प्रतिभा पुञ्जमा छापिएको मेरो लेख)


0 comments:

Post a Comment

Followers

Pages

Follow Me in Facebook

यो साताको चर्चित

यो महिनाभरिका चर्चित

ब्लगभरिका चर्चित

My Archive

Powered by Blogger.