बजेटमा भूमि र कृषि : भाग्ला त भोक ?

 


विश्वास नेपाली

नेपाल सरकारले कोभिड महामारीकै बीच नयाँ आर्थिक वर्षका लागि बजेट ल्याएको छ । अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले २०७८ जेठ १५ गते आर्थिक वर्ष २०७८÷७९ का लागि १६ खर्ब, ४७ अर्ब, ५७ करोडको बजेट भाषण प्रधान मन्त्री निवास बालुवाटार जारी गरेका थिए । 

यस पटक ससद् विघटन भएको हुँदा राष्ट्रपतिद्वारा जारी आर्थिक अध्यादेश २०७८ अनुसार बजेट प्रस्तुत गरिएको थियो । नेपाल सरकारले कोभिड महामारीकै बीचमा ल्याएको भए पनि यो लोकप्रिय भएको प्रतिक्रिया आइरहेका छन् । यद्यपि संसद् नभएको र सरकार कामचलाउमा परिणत भएको अवस्थामा यस्तो पूर्ण बजेट ल्याउन नपाउने विपक्षीहरूको प्रतिक्रिया पनि सँगै आइरहेका छन् । यद्यपि बजेट भाषणको मुख्य आकर्षण ज्येष्ठ नागरिक भत्ता ४ हजार पुगेकामा धेरै खुसी भएका देख्न सकिन्छ । खासगरी कोडिभ महामारीको नियन्त्रण र सबैलाई निःशुल्क खोपको घोषणा अनि त्यसका लागि आवश्यक बजेटसमेत व्यवस्था गरिएको हुँदा आगामी वर्ष सबै नेपालीले कोभिडविरुद्धको खोप लगाउन पाउने आशा गर्न सकिन्छ । 

अघिल्लो वर्षसम्म नेपालीको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन १ हजार १ सय २६ अमेरिकी डलर रहेको उल्लेख गर्दै चालु आ.व.मा १ हजार १ सय ९१ पुग्ने लक्ष्य सरकारले राखेको छ । आ.व.२०७८÷७९ को कुल विनियोजित बजेटमा राजस्वबाट १० खर्ब, २४ अर्ब, ९० करोड र वैदेशिक अनुदानबाट ६३ अर्ब, ३७ करोड बेहोर्ने पनि उल्लेख छ । साथै वैदेशिक ऋणबाट ३ खर्ब, ९ अर्ब २९ करोड र आन्तरिक ऋणबाट २ खर्ब ५० अर्ब स्रोत बेहोर्ने बजेटमा उल्लेख छ । यसरी हेर्दा ठूलो रकम अनुदान र ऋणबाट जुटाएर देश चलाउनुपर्ने अवस्थामा राज्य रहेको देखिन्छ । राज्य सञ्चालनका लागि सरकारी ऋण बढ्दै गएको पनि देखिन्छ । 

बजेट भाषणको मुख्य आकर्षण ज्येष्ठ नागरिक भत्ता ४ हजार पुगेकामा धेरै खुसी भएका देख्न सकिन्छ ।


यस वर्ष सरकारले कृषितर्फ ४५ अर्ब ९ करोड र भूमितर्फ ८ अर्ब २१ करोड रुपियाँ विनियोजन गरेको छ । साथै भूमिहीन दलित, भूमिहीन सुकुमबासी, पूर्वकमलरी, पूर्वकमैया, हरुवा÷चरुवा तथा अव्यवस्थित बसोबासी पहिचान गरी जग्गा धनी पुर्जा वितरणसम्मको काम गर्नका लागि ६८ करोड रुपियाँ विनियोजन गरेको छ । सरकारले प्रस्तुत गरेको बजेटमा भूमिहीन, सुकुमबासी, किसान, भूमि र कृषिसम्बन्धी कार्यक्रम विवरणलाई यस आलेखमा सङ्क्षिप्तमा उल्लेख गर्ने प्रयास गरिएको छ । 

सरकारले विपन्न नागरिकलाई मुटु रोग, मिर्गाैला रोग, क्यान्सर, पार्किन्सन, अल्जाइमर्स, स्पाइनल इन्ज्युरी, हेड इन्ज्युरी तथा सिकलेस एनिमियाको उपचार र १४ वर्षमुनिका बालबालिका एवं ७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकको मुटु रोगको निःशुल्क उपचार सुविधा उपलब्ध गराउने घोषणा गरेको छ । यो भूमिहीन  र सीमान्त समुदायका लागि राम्रो कार्यक्रम मान्न सकिन्छ । 

सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत वृद्धि र ज्येष्ठ नागरिक भत्तामा १ हजार थप गरी ४ हजार पु¥याइएको छ । खासगरी गरिब, सीमान्त र भूमिहीन परिवारलाई यसले सामान्य औषधोपचार र जीविकोपार्जन गर्नसमेत सहज हुनेछ । हरेक वर्ष बजेट भाषणका बेला ज्येष्ठ नागरिकको मुख्य ध्यान आफूहरूले पाउने भत्ता कति बढ्यो भन्नेमा नै जाने गरेको छ । यसपटक उनीहरू धेरै खुसी भएका देखिन्छन् । 

दूध, तरकारी, फलफूल, माछा, मासुलगायतका नाशवान उपभोग्य वस्तुको ढुवानीको लागि २५ प्रतिशत अनुदान दिने व्यवस्था गरेको हुँदा यसले किसानको उत्पादन सहजरूपमा बजारसम्म ढुवानी गर्न सहज हुने अपेक्षा गर्न सकिन्छ । 

कृषि क्षेत्रलाई आधुनिकीकरण तथा व्यावसायीकरण गरी उत्थानशील अर्थतन्त्रको प्रमुख आधारका रूपमा विकास गर्ने व्यवस्था पनि बजेटले गरेको छ । कृषियोग्य जमिनको चक्लाबन्दी गरी कबुलियती, सामूहिक र करार खेती गर्न प्रोत्साहित गरिने व्यवस्था बजेटले गरेको छ । उपयोगमा नआएका सरकारी कृषि फर्म र बाँझो जमिनमा व्यावसायिक खेती गर्न निजी क्षेत्रलाई लिजमा दिने नीति अवलम्बन गरिने भनिएको छ ।

कृषियोग्य भूमिको वर्गीकरण एवम् माटो परीक्षण गरी भौगोलिक एवम् मौसमी अनुकूलताका आधारमा बाली लगाउन प्रोत्साहन गरिने नीति पनि लिइएको छ । यसले खाद्यान्न उत्पादन वृद्धि भई मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर हुन मद्दत पुग्नेछ । त्यसै गरी सरकारले भूमिहीन, सुकुमबासी र गरिब परिवारलाई लक्षित गरी ‘कोही भोकै पर्दैन ः भोकले कोही मर्दैन’ भन्ने सङ्कल्पलाई व्यावहारिकरूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता बजेटमार्फत नै जनाइएको छ । जुन ज्यादै सकारात्मक कदम हो । 

सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत वृद्धि र ज्येष्ठ नागरिक भत्तामा १ हजार थप गरी ४ हजार पु¥याइएको छ । खासगरी गरिब, सीमान्त र भूमिहीन परिवारलाई यसले सामान्य औषधोपचार र जीविकोपार्जन गर्नसमेत सहज हुनेछ । 

गैरकानुनीरूपमा कब्जा गरिएका सार्वजनिक, सरकारी र गुठी जग्गाको खोज तथा पहिचान गरी फिर्ता ल्याउने कार्यलाई तीव्रता दिने प्रतिबद्धता पनि बजेटमार्फत आएको छ । साथै सडक र सोको राइट अफ वेलगायत नेपाल सरकारले अधिग्रहण गरेका वा खरिद गरेको सम्पूर्ण भूमिको कित्ताकाट गरी नेपाल सरकारको नाममा कायम गर्ने भनेको छ । खास गरी वर्षाैँपहिले बनेका सडकको पनि लगत कट्टाको समस्या बाँकी रहेकाले धेरै परिवार यो समस्याबाट पीडित हुँदै आएका छन् । शायद आगामी वर्षदेखि त्यो समस्या बाँकी रहने छैन ।

भूमिसम्बन्धी समस्या समाधान आयोगमार्फत भूमिहीन दलित, भूमिहीन सुकुमबासी, पूर्वकमलरी, पूर्वकमैया, हरुवा÷चरुवा तथा अव्यवस्थित बसोबासीको पहिचान गरी लगत सङ्कलन, नाप नक्साङ्कन, सत्यपन र अभिलेखन कार्य सम्पन्न गरी आगामी वर्षभित्र जग्गा धनी पुर्जा वितरण गर्ने कार्यलाई बजेटले प्राथमिकता दिएको देखिन्छ । वास्तवमै अब सबै सरोकारवाला पक्षहरू सक्रियतासाथ लाग्ने हो भने १५ लाखभन्दा बढी भूमिहीन परिवारले यसै वर्ष लालपुर्जा प्राप्त गर्न सक्नेछन् । 

नेपाल सरकार र स्थानीय तहको सहलगानीमा प्रत्येक प्रदेशमा भूमि बैङ्कको कम्तीमा ५० शाखा स्थापना गरी सञ्चालनमा ल्याउने कुरा बजेटमा आएको छ । खासगरी भूमि बैङ्कको विषय के÷कति कार्यान्वयनमा आउँछ त्यो त हेर्न बाँकी नै छ तर अहिलेसम्मको अनुभव हेर्दा भने भूमिहीनले भूमि बैङ्कको अवधारणा मन पराएका भने छैनन् । 

भूमिको वैज्ञानिक वर्गीकरण र अधिकतम उपयोगका लागि भूसूचना प्रणालीमा आधारित भूउपयोग नक्साको प्रयोग गरी सबै स्थानीय तहमा भूउपयोग योजना तर्जुमा गर्ने र योजना तर्जुमा गर्ने स्थानीय तहलाई प्रोत्साहनस्वरूप थप अनुदान उपलब्ध गराउने भन्ने विषय बजेटमा परेको छ । वास्तवमै यो सबै स्थानीय तहका लागि भूमि सुधार गर्न एक राम्रो अवसर हो भन्ने लाग्छ । 

आगामी ३ वर्षभित्र देशका सबै भूभागमा नाप नक्साङ्कन सम्पन्न गर्ने विषय पनि बजेटमा उल्लेख छ । वास्तवमै नेपालमा जग्गा नापीको सिमाना विवाद लामो समयदेखि थाती रहँदै आएको समस्या हो । यो समस्या समाधान हुने अपेक्षा गर्न सकिन्छ अब ।

सरकारले भूमिहीन, सुकमबासी, दलित एवम् पिछडिएका वर्ग र समुदायलाई सहकारी संस्थामा आबद्ध गरी उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गरिने योजना पनि बजेटमा उल्लेख गरेको छ । साथै आगामी आ.व.भित्र सबै जिल्लाका गरिब घर÷परिवारलाई परिचयपत्र वितरण गर्ने कार्य सम्पन्न गर्ने र सरकारलक्षित सबै सेवा, सुविधालाई सोही परिचयपत्रसँग आबद्ध गर्ने विषय पनि उल्लेख गरेको छ । यसैगरी सुरक्षित आवास कार्यक्रमअन्तर्गत १ लाख ६८ हजार घरमा खर र फुसका छानालाई जस्तापाताले प्रतिस्थापन गर्ने योजना पनि सरकारले बजेटमार्फत अघि सारेको छ । ७३ जिल्लाका २१ हजार ८ सय विपन्न, लोपोन्मुख र सीमान्तकृत वर्गका परिवारलाई जनता आवास कार्यक्रममार्फत घर निर्माण गर्ने गरी बजेट व्यवस्था गरेको छ । साथै जोखिमयुक्त क्षेत्रमा ४१ जिल्लाका ८६ स्थानमा एकीकृत बस्ती विकास कार्यक्रम तय भएको हँुदा यसले जोखिमका जनतालाई राहत मिल्नेछ । 

वर्तमान सरकार बनिकन यो वर्ष आएको बजेट तुलनात्मकरूपमा जनमुखी देखिन्छ । वास्तवमा हरेक वर्ष यसरी आउने बजेट जनताको समस्यामा केन्द्रित भइ उनीहरूको समस्यालाई समाधान गरी सुखी नेपाली अनुभूत गराउनका लागि राज्यले विशेष ध्यान दिनैपर्छ । 


सुरक्षित आवास कार्यक्रमअन्तर्गत १ लाख ६८ हजार घरमा खर र फुसका छानालाई जस्तापाताले प्रतिस्थापन गर्ने योजना पनि सरकारले बजेटमार्फत अघि सारेको छ । ७३ जिल्लाका २१ हजार ८ सय विपन्न, लोपोन्मुख र सीमान्तकृत वर्गका परिवारलाई जनता आवास कार्यक्रममार्फत घर निर्माण गर्ने गरी बजेट व्यवस्था गरेको छ । 


यसरी सर्सर्ती हेर्दा किसानको नजरमा यो बजेट राम्रो छ । तर अहिलेको परिस्थिति सामान्य हैन । कोभिड–१९ का कारण स्थिति असामान्य छ । जसका कारण किसानहरू सबै भन्दा बढी मारमा छन् । एकातिर उत्पादन गर्ने स्थिति छैन अर्कोतर्फ उत्पादन भइहाले पनि त्यो बिक्री वितरण गर्ने सहज वातावरण छैन । झनै समस्या त यो छ कि उत्पादक शक्ति किसान आफैँ भोकमरीबाट पीडित हुने अवस्था सिर्जना भएको छ । जब उत्पादक शक्ति आफैँ धरापमा पर्ने अवस्था छ भने उसले अरूको हित कसरी गर्न सक्छ ? त्यसैले यतिबेला बजेटले किसानको वर्तमान अवस्थालाई ध्यान दिएर बजेट प्रस्तुत गर्नुपथ्र्यो जुन हुन सकेको देखिएन । 

किसानलाई खुसी पार्न नसक्नु वा उसलाई समस्याको आहालबाट उतार्न नसक्नु भनेको दीर्घकालसम्म खाद्य असुरक्षा निम्त्याउनु हो । अहिले बाली लगाउन नसक्दा वा त्योखाले उत्साह नजाग्दा मुलुकको लामो समयसम्मको खाद्यान्न अवस्था खल्बलिन जान्छ । त्यसैले सबै भन्दा पहिले यस्ता किसान, अझ सोझो अर्थमा भन्दा साना, भूमिहीन, सीमान्त र महिला किसानलाई राहत र मागमा आधारित सुविधा उपलब्ध गराउनुपर्छ । अनिमात्र किसानको मुहार हँसिलो हुन सक्छ । अनि हँसिलो मुहारको मेहनत र जाँगरले मात्र अरू लाखौँ अनुहारलाई हँसिलो तुल्याउन सक्छ । बजेटहरूको सार्थकता किसानका लागि त्यतिबेला मात्र पुष्टि हुन सक्छ ।


वर्तमान राजनीतिबाट भावी पुस्ताले के सिक्ने ?


विश्वास नेपाली

मुलुकमा राजनीतिक संकट चुलिएको छ । ठूला दलहरू सत्ता कसले हत्याउने, शक्तिमा को पुग्ने, कसले कसलाई शक्तिहीन र कसलाई शक्तिशाली बनाउने भन्ने खेलमा छन् । साना दलहरू कतातिर लाग्दा सुरक्षित भइन्छ र सत्तामा पुगिन्छ भनेर दाउपेच हेरिबसेका छन् । यस्तै राजनीति नै अहिलेको दैनिकी छ । अहिले भइरहेको राजनीतिक खेल हिजो नेतृत्वले गरेको प्रतिबद्धताको ठीक उल्टो छ– राजनीतिक सिद्धान्त र दस्तावेज एकातिर, कार्यशैली अर्कोतिर । इमान र सिद्धान्तको राजनीति एकादेशको कथा भएको छ । परिवर्तनको चाह राख्ने अहिलेको पुस्तासामु सिद्धान्तविनाको राजनीतिक खेल वर्तमान नेतृत्वबाट हुनु भनेको पक्कै राम्रो होइन । यसबाट भावी पुस्ताले के सिक्ने रु कस्तो खालको सिकाइ लिने रु कुन अभ्यासको अनुसरण गर्ने रु विषय गम्भीर र पेचिलो बन्दै गएको छ । 

राष्ट्रिय राजनीतिमा जे भइरहेको छ, त्यसले यो सबै कुर्सीका लागि भइरहेको छ र जनतासँग गरिने वाचा फगत चुनावी नारा मात्र हुन् भन्ने स्थापित हुँदै छ 

हामी देख्न, हेर्न र समीक्षा गर्न सक्छौँ– के अहिले मुलुकमा भइरहेको राजनीतिक अभ्यास सही दिशामा छ रु राजनीतिक मूल्य–मान्यता र सिद्धान्तअनुसार राज्यको नेतृत्व गर्नेहरूले आफ्नो देशलाई कहाँ पुर्‍याइसके र हामी कहाँ छौँ रु जहाँ स्थिर खालको सरकार छ र नेतृत्वमा अनुशासन छ, ती देश आज कुन स्थानमा छन् र स्थिर सरकार कस्तो हुन्छ भनेर अनुभूतसमेत गर्न नपाएका हामी कुन स्थानमा छौँ । समीक्षा गर्नुपर्छ कि पर्दैन रु

हामीकहाँ राजनीति गर्नका लागि कुनै योग्यता र सर्टिफिकेट चाहिँदैन । जोसुकै पनि दलका कार्यकर्ता हुन सक्छन् र भविष्यमा उनीहरू जनप्रतिनिधि बन्न सक्छन् । उच्च तहको नेतृत्वमा पुग्न सक्छन् । जनप्रतिनिधि हुनका लागि कुनै योग्यतारक्षमता चाहिँदैन, भोट पाए पुग्छ । र, जनताले पनि कष्ट गर्नुपर्दैन– जसलाई मन पर्छ, उसलाई भोट दिए हुन्छ । हामीकहाँ त योग्य उम्मेदवारभन्दा पनि आफ्नो दलको हो कि होइन भन्नेमै मतदाता बढी केन्द्रित हुन्छन् । र त भोट बैंकले निर्धारण गर्छ धेरै कुरा । यसो हुँदा दलमा आफ्नो प्रभाव जमाउन सक्ने नै नेतृत्वमा पुग्न गाह्रो भएन । सिद्धान्त पढेर, अभ्यास गरेर वा कडा परिश्रम र परीक्षा दिएर नेतृत्वमा जानुपर्ने भएको भए अर्को हुन्थ्यो होला । उसमा नैतिकता बढी नै हुन्थ्यो होला । 

नेपाली राजनीतिको इतिहास हेर्ने हो भने बडो विचित्रका घटनाक्रमहरू देखिन्छन् । अविश्वास र तानातान, खिचातानी र हानाहान, वडादेखि संसद्सम्मै यही हुन्छ । सांसदहरू नै संसदीय मर्यादा उल्लंघन गर्दै कुर्सी तोड्न पछि नपर्ने घटनाहरू छन् । यस्तै खाले राजनीतिक अभ्यास हुँदै यहाँसम्म आइपुगेका छौँ, यस्तै अभ्यास जारी छ । राजनीतिक दलहरू एकले अर्कालाई पछार्ने र आफू कसरी सत्तामा पुग्ने भन्ने खेलमै लामो समयदेखि राजनीति रुमल्लिएको छ । जसले न दलहरूलाई लाभ पुगेको छ, न त मुलुकलाई नै एउटा स्थिरताको बाटो दिएको छ । जुन कोणबाट हेरे पनि घाटा मात्रै छ । अब भन्नुस्, यस्तो अभ्यासबाट नेपाली भावी पुस्ताले कस्तो राजनीति सिक्ने रु र, वर्तमान राजनीतिक अभ्यासबाट के पाठ लिने रु

००७ सालयता कुनै सरकार पाँच वर्ष अनवरत चलेका छैनन् । ३० वर्ष चलेको पञ्चायत व्यवस्था आफैँमा स्थिर देखिए पनि सिंहदरबारमा सरकार फेरिएकोफेरियै भयो । लामो राजनीतिक अस्थिरताबाट गुज्रिइरहेका जनताले नयाँ निकास चाहेका थिए, समृद्धिको स्वाद अनुभूत गर्न चाहेका थिए, तर झन्डै दुईतिहाइको अवस्थाबाट अहिलेको सरकार अल्पमतमा पुगिसकेको छ ।

खासगरी, ००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि कुनै न कुनै हिसाबमा जनताको प्रतिनिधिले राज्यसत्ता सञ्चालन गरेको ९०१७ सालमा महेन्द्र र ०५९ मा ज्ञानेन्द्र शाहले जननिर्वाचित प्रतिनिधिलाई अपदस्थ गरी सत्ता आफ्नो हातमा लिएकोबाहेक० अवस्था छ । प्रजातन्त्रपछि हालसम्म २२ जना व्यक्ति प्रधानमन्त्री बनिसकेका छन् । तर, कुनै प्रधानमन्त्रीले राजनीतिक मूल्य, मान्यता र संवैधानिक प्रावधानअनुसार स्थिर सरकार चलाउन पाएका छैनन् । बहुमत प्राप्त गरेकै भए पनि आफ्नो दलभित्रैबाट नेतृत्वलाई असफल बनाउन, सरकार ढाल्न विभिन्न हतकण्डा हुनु नेपाली राजनीतिमा नौलो होइन । विगतमा भएका थिए, वर्तमानमा पनि भइरहेकै छ।

०५१ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारको नीति तथा कार्यक्रम कांग्रेसका ३६ जना सांसद अनुपस्थित भई फेल बनाएका थिए । कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारको नारामा ०५६ सालमा चुनावमा गएको कांग्रेसले भट्टराईको सरकार अल्पसमयमै ढाल्यो । नेपालको इतिहासको पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीले नौ महिनाभन्दा बढी सरकार चलाउन पाएनन् । अब अहिलेको सरकारलाई हेरौँ । स्पष्ट बहुमतसहित झन्डै दुईतिहाइ मत पाएको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को सरकार अन्तरकलहबाटै ढल्ने अवस्थामा पुगेको थियो । पार्टीभित्रै विचलन आयो । सर्वोच्च अदालतले नेकपा एकीकरण अवैध ठहर्‍याई एमाले र माओवादी केन्द्रलाई पूर्ववत् पुर्‍याइदिएपछि राजनीतिक परिदृश्य त फेरिएको छ, तर एमालेभित्रै अन्तरकलह यस्तो छ कि सरकार आज ढल्ने हो कि भोलिको अवस्थामा छ । 

नेता र नेतृत्व भनेको त असल अविभावकजस्तै हुन् । यदि अभिभावक राम्रो भएन भने घर बिग्रन्छ, परिवार र भावी पुस्ता नै अन्योलमा पर्छ । उसको नैतिक चरित्र राम्रो भएन भने देशको हालत के हुन्छ रु यो विषयमा वर्तमान राजनीतिक नेतृत्वले ध्यान दिनुपर्छ कि पर्दैन रु यसतर्फ बहस आवश्यक छ ।

००७ सालयता कुनै सरकार पाँच वर्ष अनवरत चलेका छैनन् । ३० वर्ष चलेको पञ्चायत व्यवस्था आफैँमा स्थिर देखिए पनि सिंहदरबारमा सरकार फेरिएकोफेरियै भयो । लामो राजनीतिक अस्थिरताबाट गुज्रिइरहेका जनताले नयाँ निकास चाहेका थिए । समृद्धिको स्वाद अनुभूत गर्न चाहेका थिए । तर, झन्डै दुईतिहाइको अवस्थाबाट अहिलेको सरकार अल्पमतमा पुगिसकेको छ, यो विडम्बना हो १ अस्थिर सरकार देशका लागि घाटा हो । अग्रगमनको यात्रामा अवरोध थपिनु हो । परिवर्तन र विकासको दीर्घकालीन योजनामा थप चुनौतीपूर्ण हुनु हो । लामो समयदेखिको राजनीतिक अस्थिरताको जन्जिर तोड्दै स्थिर राजनीतिक प्रणाली बनाउन चाहन्थे, जनता । त्यो हामीले बाल्यकालमा सुन्ने गरेको एकादेशको कथाजस्तै हुने भएको छ । यहाँ राजनीतिक स्थिरता र जनताको मुद्दाभन्दा पनि कुर्सी ठूलो रहेछ भन्ने विगतदेखि वर्तमानसम्मको राजनीतिक घटनाक्रम हेर्दा सामान्य नागरिकले पनि बुझ्न कठिन छैन । अहिले राष्ट्रिय राजनीतिमा जे भइरहेको छ, त्यसले के प्रस्ट हुँदै गइरहेको छ भने यी सबै कुर्सीका लागि भइरहेको लडाइँ मात्र हुन् । जनतासँग गरिने वाचा फगत चुनावी नारा मात्र हुन् ।

हरेक राजनीतिक दलका दस्तावेज, चुनावी घोषणापत्रमा समृद्ध नेपालको परिकल्पना छन् । अक्षरहरू पढ्दा त अति सुन्दर लाग्छन्, जब तिनै दलका नेतृत्व सरकारमा जान्छन्, नेतृत्व गर्छन्, अनि ती अक्षरहरू कतै बिलाउँछन् । काम लाग्दैनन्, कतै आउँदैनन् । एउटा नेता सत्तामा गयो भने अर्कोले कसरी उसलाई असफल बनाउने भन्ने ध्याउन्नमा केन्द्रित हुन्छन् । अर्कोलाई त्यहाँ पुग्ने हतारो हुन्छ । पछिल्लो राजनीतिक घटनाक्रमले त के देखायो भने नेताको कुर्सी ढाल्नका लागि अब त विपक्षी नै नचाहिने भयो, आफ्नैहरू काफी हुने भए । 

राजनीतिमा एक–अर्काप्रतिको विश्वास कम हुँदै गएको छ । समाजवाद, समृद्धि, भाइचारा, अन्तर्राष्ट्रिय सम्बन्ध, दीर्घकालीन विकास, नेतृत्व हस्तान्तरण यी सबै फगत गफै त हुन् भन्ने प्रमाणित हुँदै छ । हामीकहाँ नेतृत्वलाई नमान्ने संस्कार बढ्दै गयो । ‘गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बन्नका लागि सहयोग नगरेर मैले ठूलो गल्ती गरेछु,’ प्रचण्डले पटक–पटक भन्दै हिँडे । अनि अहिले ‘केपी ओलीलाई प्रधानमन्त्री बनाउन सहयोग गरेर ठूलै गल्ती गरेछु’ उनै प्रचण्ड भन्छन् । दुई–दुई ठाउँबाट हारेका माधवकुमार नेपाललाई संविधानसभा सदस्य बनाउन सहयोग गरेका प्रचण्डले पछि उनको सरकार ढाल्नका लागि ठूलै संघर्ष गरे । अहिले फेरि तिनै माधव नेपालसँग प्रचण्ड माया–पिरतीमा परेका छन् ।

जनयुद्धका सहयोद्धा कमरेडको ठूलो पंक्ति अहिले प्रचण्डसँग छैन । तितरबितर छन् । प्रचण्डसँग परिवर्तनको सपना देख्ने नागरिकले ठूलो अपेक्षा गरेका थिए । उनले सपना पनि बाँडेका थिए । अब प्रचण्डलाई हुर्कंदो पुस्ताले कस्तो खाले नेतृत्व भन्ने रु ‘भिजनरी’ नेता भन्ने कि भिजनरहित असफल राजनीतिक खेलाडी मात्र रु वा, राजनीति भनेको त प्रचण्डले जस्तै गर्न जान्नुपर्छ भनेर पाठ लिने रु या कस्तो हो रु वा आफ्नै दलको प्रधानमन्त्री असफल बनाउन तल्लीन हुने माधव नेपालजस्तो नेता हुने रु या आफ्नो कुर्सी जानुभन्दा त लोकतन्त्र नै धरापमा पारेर भए पनि संविधानलाई दाउपेचमा राख्ने र आफूलाई असहयोग गर्नेलाई पनि देखाइदिन्छु भन्दै दम्भ पाल्ने केपी ओलीजस्तो बन्ने रु या नेतृत्व हस्तान्तरण गर्नुहुँदैन, जतिपटक भए पनि आफैँ मात्र बन्नुपर्छ, ज्योतिषीले मलाई नै सातचोटि प्रधानमन्त्री बन्ने योग परेको छ भनेका छन्, त्यही भएर सातचोटि नपुगेसम्म त म आफैँ हुनुपर्छ भन्ने शेरबहादुर देउवाजस्तो बन्ने रु कांग्रेसमा दोस्रो पुस्ता कहिले नेतृत्वमा पुग्ने रु अहिले नेताहरूले जे गरिरहेका छन्, उनीहरूलाई थाहा नभएको होइन कि यो विधिको शासनमा हुने अभ्यास होइन ।

बुझ्न नसकेको कुरा, राजनीति अनि यसको नेतृत्वलाई अबको पुस्ताले कसरी बुझ्ने रु एउटा कार्यदिशा कोरेर अघि बढिसकेपछि त्यसको घाटा–नाफा, राम्रो या नराम्रो प्रभाव हेर्नका लागि कम्तीमा एउटा समय त तोक्नुपर्ला नि होइन रु एउटा समयावधि त चाहिएला नि रु जस्तो पाँच वा १० वर्ष या २० वर्ष । एउटा समयसीमा र त्यसअनुसारका कार्ययोजना त चाहिएला रु छिमेकी मुलुक हेरौँ, भारतमा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकाल चलाइरहेका छन् । चीनतर्फ हेरौँ, राष्ट्रपति सी जिनपिङ सन् २०१३ देखि सत्तामा छन् । उनी पनि दोस्रो कार्यकाल राष्ट्रपति पद सम्हालिरहेका छन् । विश्वका विकसित मुलुकका राजनीति पनि समृद्धिकै यात्रामा छ, र त उनीहरू विकासको अग्रगतिमा लम्किएका छन् । सबैलाई थाहा भएकै विषय हो, राजनीतिक नेतृत्वविना मुलुक अघि बढ्न सक्दैन । राजनीतिक कार्यदिशाविना मुलुकले निकास पाउन सक्दैन । त्यसैले त राजनीतिलाई मूल नीति भनिएको । संसारकै अभ्यास यही हो । 

नेता र नेतृत्व भनेको त असल अविभावकजस्तै हुन्, यदि अभिभावक राम्रो भएन भने घर बिग्रन्छ, परिवार र भावी पुस्ता नै अन्योलमा पर्छ । राजनीति गर्ने नेतृत्व देशका लागि अविभावक हुन् । उसको नैतिक चरित्र राम्रो भएन भने देशको हालत के हुन्छ रु यो विषयमा वर्तमान राजनीतिक नेतृत्वले ध्यान दिनुपर्छ कि पर्दैन रु यसतर्फ बहस आवश्यक छ । राजनीति फगत नेताले चाहे जस्तो हुने कि देशको आवश्यकताअनुसार हुने रु राजनीति दलले चाहे जस्तो हुने कि जनताको आवश्यकतामा केन्द्रित हुने रु व्यक्तिवादी हुने कि राष्ट्रवादी हुने रु दलगत हुने कि प्रतिपादित सिद्धान्त र स्थापित मूल्य मान्यताअनुसार चल्ने रु यस विषयमा वर्तमान पुस्ताले गम्भीर बहस गर्नु जरुरी छ । 

नयाँ पत्रिका दैनिकमा, २०७८ वैशाख, १६ गते प्रकाशित

https://www.nayapatrikadaily.com/news-details/63410/2021-04-29

समाजवादी सपना : अन्योलमा जनता


 विश्वास नेपाली

हरेक देश राजनीतिक नेतृत्व र उसको कार्यदिशमा चलिरहेको हुन्छ । देशलाई विगार्ने कि समृद्ध बनाउने ? देशलाई कङ्गाल बनाउने की धनी बनाउने ? प्रगती पथमा लैजाने की भष्ट्रचारमा चुर्लुम्म डुवाउने ? या यथास्थितीमै चलाउने ? कस्तो खालको राजनीतिक अभ्यास गर्ने ? कस्तो रणनीति निर्धारण गर्ने भन्ने निक्र्यौल राजनीतिक व्यवस्था र नेतृत्वले गर्ने हुन् । राजनीतिक नेतृत्व चयन गर्ने काम भने जनताबाट हुन्छन् । विश्वको राजनीतिक अभ्यास यही हो । विश्वका सबै देशको अवस्था एउटै छैनन् । नेपालमा विगत र वर्तमानको अभ्यास हेरौं, समीक्षा गरौं । नेतृत्वबाट बाँडिएको समाजवादी सपना र नेपाली जनताको वर्तमान अवस्था हेरौं । ती कति पुरा भए वा भएनन् ?

२०७२ साल असोज ३ गते जारी भएको नेपालको नयाँ संविधानको प्रस्तावनामै लेखियो, लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिवद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने । संविधानको मूल ध्येय यही हो । 

एउटा नेपाली किसानको सपना के हुन्छ ? राम्रो घर ! उसको परिवारलाई पुग्ने खाद्यान्न ! उत्पादनका लागि जमिन । सहज बीउ, मलको उपलब्धता । खाना पुगेर बढी भएको उत्पादन बिक्री वितरणका लागि बजारको व्यवस्था । छोराछोरीलाई निःशुल्क शिक्षा । रोग लाग्दा गाउँमै औषधोमुलो ।   

एउटा विद्यार्थीको सपना के हुन्छ ? आफ्नै देशमा निःशुल्क शिक्षा । योग्यताअनुसार रोजगारीको अवसर । एउटा जनताले के चाहन्छ ? बसोबासको लागि सुरक्षित घर । छोराछोरीलाई निःशुल्क शिक्षा । योग्यता र क्षमताअनुसार काम । काम अनुसारको पारिश्रमिक । निःशुल्क र सर्वशुलभ स्वास्थ्य सेवा । 

एउटा दलितको सपना के हुन्छ ? विभेद रहित समाज । विना भेदभाव सामाजिक क्रियाकलापहरूमा समान सहभागिता । अझै भनौं समाजमा रहेका अन्य मानिसहरूलाईझै बराबरी सम्मान र व्यवहार, विना भेदभाव राजनीतिक सहभागिता, सिप, दक्षता र क्षमता अनुसारको काम र कामअनुसार पारिश्रमिक । 

एकजना महिलाको सपना के हुन्छ ? महिला भएकै कारण परिवार र समाजबाट फरक (भेदभावजन्य) व्यवहार नहोस् । छोरा सरह शिक्षा, स्वास्थ्य, रोजगारी र सम्पत्तिमा बराबरी पहुँच र स्वतन्त्रता । 


ऊ बेला बिपी कोइरालाले देखेको समाजवादी सपना थियो, ‘हरेक नेपालीको घरमा एउटा दुहुनो गाई, एक हल गोरु, गरिखान पुग्ने जमिन, औषधीमुलो गर्न र सन्तानलाई शिक्षा दिन सक्ने अवस्था होस् । उनले तत्कालिन समयमा भनेका थिए, हलो जोतिरहेको किसानको तस्विर हेरेर योजना बनाउनु ।’ यो उहिलेको कुरा भयो ।


फरक जाती, भाषा, भूगोल, समुदाय, वर्ग, लिङ्गको आधारमा मानिसहरूका आफ्नै आफ्ना सपना र चाहनाहरू हुन्छन् । ति सबैभित्रको मुख्य कुरा भनेको भोक लाग्दा पेट भर्न सक्ने अवस्था र हैसियत होस् । सबैको आफ्नै घर होस् । शिक्षा, स्वास्थ्य र रोजगारीमा दक्षता र क्षमता अनुसार अवशर प्राप्त होस् । र सबै मानिस भेदभावरहित वातावरण र व्यवहारमा आत्मसम्मानपूर्वक बाच्न सकुन् ।  

तर, अहिले पनि यी फगत सपनामै सिमित छन् । सपना धेरै पहिलदेखिको हो । जव जव कम्युनिष्टहरूको नेपालमा उदय भयो यस्ता सपनाहरू धेरै बाँडिए । राजनीतिक दस्तावेजहरूले यही भन्छ । अनि जनताको मन मनमा अव केही हुन्छ भन्ने आशा पलायो । त्यही आशा अनुरुप वर्तमान कम्युनिष्ट पार्टीलाई केही परिवर्तन गर्छ भन्ने आशा राख्दै पहिलो शक्ति बनाएका हुन् । 

हामीकहाँ स्वास्थ्य उपचार सेवा अत्यन्तै महंगो छ । व्यापक निजीकरण छ । स्वास्थ्यको व्यापार चर्काे छ । जो सँग पैसा छ, उसले स्वास्थ्य सेवा सहजै पाउँछ, जो सँग छैन, उसले सिटामोल समेत नपाएर अकालमै मर्नु पर्ने अवस्था छ । अरु त के अहिले कोरोनाको महाव्याधीको अवस्थामा समेत सरकारले जनतालाई आफैं उपचार गर्नु भनिसकेको अवस्था छ । अव पैसा नहुने जनता मर्ने ? 

शिक्षाको व्यापार झन् झन् बढ्दै गएको छ । शिक्षामा निजीकरण चुलिँदो छ । गरिबको छोराछोरीले अव शिक्षा लिन नसक्ने अवस्था बन्ला जस्तो भइसकेको छ । धनीलाई त्यसको मतलव छैन । हातमा डिग्रीका सर्टिफिकेट लिएका शिक्षित बेरोजगारी दर बढ्दो छ । अधिकाशं युवाहरू विदेशी भूमिमा पसिना बगाई रहेका छन्, त्यसैबाट आफ्नो परिवारको जीविकोपार्जन गर्न बाध्य छन् । अनि बढ्दो छ, राजनीतिक व्यवस्था प्रति तिव्र आक्रोस् । 

ऊ बेला बिपी कोइरालाले देखेको समाजवादी सपना थियो, ‘हरेक नेपालीको घरमा एउटा दुहुनो गाई, एक हल गोरु, गरिखान पुग्ने जमिन, औषधीमुलो गर्न र सन्तानलाई शिक्षा दिन सक्ने अवस्था होस् । उनले तत्कालिन समयमा भनेका थिए, हलो जोतिरहेको किसानको तस्विर हेरेर योजना बनाउनु ।’ यो उहिलेको कुरा भयो ।


समाजमा हुने र नहुनेबीचको विभेद कायमै छ । भेदभाव कायमै छ । जातजाती र धर्ममा विभेद छँदै छ । वर्षाैदेखिको पितृसत्तात्मक अभ्यास छँदैछ । सामाजिक रूपमा वहिष्करणहरू छँदै छ । वर्गिय असमानताहरू थुप्रै छन् । आर्थिक रूपमा वञ्चितीकरण छँदै छ । राजनीतिक निषेधहरू छँदैछ ।


अहिलेका कम्युनिष्ट पार्टीहरूले बाँडेको समाजवादी सपना हेरौं । ‘हरेक घर घरमा रोजगारी, भूमिहीनलाई जग्गा र घर, किसानलाई जमिन र खेतीपातीमा अनुदान, किसान परिचय पत्र, उत्पादनको उचित बजारीकरण, निःशुल्क शिक्षा र स्वास्थ्य, बीमा, गाउँ गाउँमा सडक, विजुली, विद्यालय र अस्पताल, सबैको आर्थिक उन्नती, धनी र गरिबी बीच समानता, सामाजिक समानता र भेदभावरहित समाज, समतामुलक समाजको अभ्यास, भोकमरीको अन्त्य, गरिबलाई रासन कार्ड, क्षमता अनुसारको काम र दाम, व्यवस्थित सहरीकरण, ग्रामीण क्षेत्रको उचित विकास, युवाहरूलाई स्वरोगजारमुलक व्यवसायमा सहयोग आदी ।’

यी सपनाहरू पटक पटक बाँडिएका थिए र छन् । दलको घोषणा पत्र र दस्तावेजहरू, कार्यनीतिहरूमा लेखिएका छन् । अभिलेखन भएका छन् । तर के यी नाराहरूको अभ्यास भएको छ त ? छैन । किन हाम्रो नेतृत्व यस्ता सपनाहरू बाँडिरहन्छन् तर काम गर्दैनन् ? बहस आवश्यक छ । 

हामी कस्तो खालको समाजवाद चाहन्छौं । नेपाल सुहाउँदो समाजवादी व्यवस्थाको अभ्यास कस्तो हो ? त्यसको बहस छलफल र सम्वादहरू अघि बढेको छ की छैन ? त्यसको लागि कुनै अध्ययन र अनुसन्धानहरू सुरुवात भएका छन् की छैनन् ? संविधानमा लेखिएको केही शव्द बाहेक अन्त केही प्रगती भएको छैन । नत, हाम्रो नेतृत्वले यसको खोजी नै गर्न सुरुवात गरेको छ । फगत यी सपनामै सिमित छन् । 

विना अध्ययन र अभ्यास समाजवादी व्यवस्था कसरी लागु हुन्छ ? समाजवादी व्यवस्थाले व्यक्तिको क्षमताअनुसारको काम र सोअनुसारका दामको परिकल्पना गर्दछ । तर, हामीकहाँ शिक्षित बेरोजगारीको सङ्ख्या समेत दिन दु गुना रात चौगुना बढ्दै गएको छ । नेपालमा गरिबीमा बाँच्न बाध्य धेरै छन् । भोमकरीमा बाँच्न बाध्य धेरै छन् । सुकुमबासी धेरै छन् । भूमिहीन धेरै छन् । मोही किसान धेरै छन् । हरूवा चरुवा छन् । हलि हलिया छन् । अधिँया कमाउने छन् । ठेक्कामा कमाउने छन् । कमलरी बस्ने छन् । दास दासी छँदै छन । केही धनी छन्, धेरै गरिब छन् । साना किसान धेरै छन् । जसले वर्षभरी माटोमा घोटिँदा पनि खान पुग्दैन । असमानता छ । विभेद छ । वञ्चितीकरण छ । राजनीतिमा पहँुच हुने खाने कै छ । झन् झन् बेरोजगारी दर बढेकै छ । समस्या बढेकै छ । स्वदेशमा अवसर नपाएर विदेशीने लर्काे बढ्दो छ । मनलाग्दी छँदै छ । भ्रष्टचार बढेकै छ । वेथिती बढेकै छ । अनि हामी भन्न सक्छौं, के हामी समाजवादी यात्रामा छौं ?

मुलुकमा लामो सङ्घर्ष र हजारौंको बलिदानीबाट परिवर्तन आयो । परिवर्तनको लागि दश वर्षे जनयुद्ध, त्यसपछिको जनआन्दोलमा धेरैले बलिदानी दिनु प¥र्याे । 

परिवर्तित व्यवस्था अनुसार सिंहदरबार गाउँघरमा आयो । सत्ता आयो । शक्ति आयो । एक तन्त्रिय शासन अन्त्य भयो । लोकतन्त्र आयो । गणतन्त्र आयो । केन्द्रीकृत शासन व्यवस्था विकेन्द्रीकरण भयो । जनताको छोराछोरी नै नेतृत्वमा हुने भए । अव दुःखका दिन गयो । जनता सुखी हुनेछन् । समृद्ध हुनेछन् । धेरै सपना बाँडियो । यही भनियो तर, खै के आयो ? जनताको जीवन उस्तै छ  ? कसले समीक्षा गरेको छ ?


एउटा असल नेतृत्वले धेरै गर्न सक्छन् भन्ने उदाहरणहरू विश्वमा देखिएकै छ । यसकारण राजनीतिक नेतृत्वले आफ्नो राजनीतिक दल, पार्टी र सङ्गठनलाई पहिला अनुशासन राख्न सक्ने हो भने पक्कै पनि त्यसले सम्पूर्ण मुलुककै हित र विकास हुने काम गर्न सक्छ । 


राजनीति विग्रीएको छ । वडा अध्यक्षदेखि मन्त्री हुन ठूला ठूला पैसा खर्च गर्नुपर्ने परिपाटी बसिसकेको छ । यो प्रक्रिया टिकट लिने बेलादेखि नै सुरु हुन्छ । चुनावमा जो जससँग पैसा छ, उही नै उम्मेदवार हुने परिपाटी बसेको छ । हामी अभ्यास पुँजीवादीको पनि चरम रुपको गर्दै छौं, अनि गफ चाहिँ समाजवादको दिँदैछौं । 

हरेक ५ वर्षमा हुने निर्वाचनमा लाखदेखि करोडसम्म खर्च गर्नुपर्ने अवस्था बनिसकेको छ । राजनीतिक पदलाई पैसासँग तैलिन थालिएका छन् । राम्रो बाटो बाट त यत्ति धेरै पैसा आउँदैन होला ! यसलाई उग्र पूजीँबादी अभ्यास भन्दा के फरक पर्लार ? एउटा सानो सामान खरिद गर्न पनि कमिसन र भष्ट्रचार । केही मन्त्रीको त बार्गेनिङ्ग गरेवापत पद नै गइसक्यो । यही हो त समाजवादी अभ्यास ? 

४ वर्ष पहिले भएको स्थानीय तहको निर्वाचनमा राजनीतिक नेतृत्वले तयार गरेको घोषणा पत्र र समृद्धिको खाका हेर्ने हो भने ओहो ! देश ५ वर्ष भित्र कायापलट हुनेछ ! समृद्ध हुने छ ! विश्वका अन्य विकसित मुलुककै हैसियतमा नेपाल पुग्नेछ । तर, ती मिथ्या कागजमा मात्र सिमित हुँदैछन् । 

हिजोको दिनमा जनतासामू ‘निहुरिमुन्टि न’ भएर भोट माग्न जनताको दैलो दैलोमा पुगेका नेताहरू चुनाव जितेको भोलिपल्टदेखि तिनै जनतालाई चिन्दैनन् । चुनाव अघि कोरिएका समृद्धिको खाका कहाँ कता रद्दिको टोकरीमा फालियो उनीहरूलाई पत्तो छैन । चुनावपछि कुनै पनि दिन त्यो राजनीतिक चुनावी घोषणा पत्र पल्टाएर हेरिँदैन । समीक्षा गरिदैन । जवाफदेहिता र उत्तरदायित्व शून्य । 

अनि मौलायो वेथिति, भष्ट्रचार, कमिसन । स्थानीय तहमा नीतिगत भष्ट्रचार बढी मौलाएको समाचारहरू आइरहेका छन् । बेरुजुको ग्राफ उक्लदो छ । हरेक दिन जसो मिडियामा स्थानीय तहको जनप्रतिनिधिको वेथितिको समाचार पढ्नुपर्ने अवस्था छ । आफन्त, नातागोता, आसेपासेले मात्रै अवसरहरू पाएका छन् । ति जनता जसले ठूलो आशा राखेर भोट दिए अहँ उनीहरूको जीवनमा खास परिवर्तन आउन सकेन । अनि हामी समाजवादी अर्थ व्यवस्थाको कुरा गरिरहेका छौं ! 

समाजमा हुने र नहुनेबीचको विभेद कायमै छ । भेदभाव कायमै छ । जातजाती र धर्ममा विभेद छँदै छ । वर्षाैदेखिको पितृसत्तात्मक अभ्यास छँदैछ । सामाजिक रूपमा वहिष्करणहरू छँदै छ । वर्गिय असमानताहरू थुप्रै छन् । आर्थिक रूपमा वञ्चितीकरण छँदै छ । राजनीतिक निषेधहरू छँदैछ । यावत समस्याहरू छँदैछ । यस्ता समस्याहरू समाधानको लागि कहिँ कतैबाट पनि पहल भएको देखिँदैन । कुरामा कम्युनिष्ट व्यवहारमा सामन्ती सोंच हावी । यस्तो खालको नेतृत्व हामीसँग छ । यस्तो अवस्थामा हामीले समाजवादी व्यवस्थाको कल्पना कसरी गर्न सक्छौं ?

अहिले देशभर ७५३ स्थानीय तहमध्ये अधिकाशं ठाउँमा कम्युनिष्ट नेतृत्वको स्थानीय सरकार छ । केन्द्रीय र प्रदेश सरकारको नेतृत्व पनि कम्युनिष्टकै हातमा छ । यस्तो अवस्थामा केन्द्रीय नेतृत्व एक खालको राजनीतिक अनुशासनमा बसेर कम्तिमा ५ वर्षको कार्यकाल पुरापुर चलाउने हो भने पनि त्यसले मुलुकमा धेरै समृद्धिको काम गर्न सक्ने आशा गर्न सकिन्छ । यो पनि अव त ढिला भइसक्यो । अवको डेढ वर्षपछि नयाँ चुनाव हुँदैछ ।  

हामीले ध्यान दिएनांैं । निर्वाचित जनप्रतिनिधिले जे चाहन्छ त्यही गरोस् भनेर छाडिदियौं । गर्नुपर्ने के थियो भने निर्वाचित जनप्रतिनिधिहरूलाई विना हस्तक्षेप काम गर्न दिने । र बाहिर रहेका पार्टीका नेतृत्व र कार्यकर्ताबाट उनीहरूलाई गाइड गर्ने, बेलाबेला समीक्षा गर्ने, प्रश्न गर्ने र निरन्तर अनुगमन, सकारात्मक आलोचनात्मक टिप्पणीहरू गर्ने र सुझाव दिने, कामको अवलोकन गर्ने र निगरानी राख्ने । तर, यो कसैले गरेनौं ! यस्तो अभ्यास किन नगर्ने ? यदी हामी यस्तो अभ्यास पनि गर्न सक्दैनौं भने समाजवादी व्यवस्थापको सपना बाँडेर कहाँ पुग्न सक्छौं । 


हिजोको दिनमा ठूला ठूला सपनाहरू बाँडियो । ठूला ठूला आश्वासनहरू बाँडियो । सोझा सिँदा जनताले पत्याए । विश्वास गरे । आफ्नो काँधमा बोकेर नेताहरूलाई देशको शासन सत्तामा पठाए । नेतृत्व तहमा पु¥याए । त्यहाँ पुगेपछि ती सपनाहरू उनीहरूले भुले ।


राजनीतिक नेतृत्व, कर्मचारी र ठूला व्यापारी र व्यवसायी कमिसन, भष्ट्रचारको यात्रामा मात्र लाग्न थालेपछि अनि कसरी परिवर्तन सम्भव छ र ? यता हेरे नि भष्ट्रचार, उता हेरे नि भष्ट्रचार । यता हेरे नी वेथिति । उता हेरे नि वेथिति । यस्तो भएपछि आजकल सामाजिक सञ्चालमा नेतृत्व प्रति गरिने गाली गलौज पनि सामान्य लाग्न थालिसकेको छ । जनताको आक्रोस सामान्य छ । 

अहिलेका प्रधानमन्त्री केपी ओलीले गर्न नखोजेको भन्ने चाहिँ मलाई लाग्दैन । कम्तिमा उनले समृद्ध नेपाल र सुखी नेपालीको सपना देखेका छन् । ती सपनाहरू बाडेका छन् । केही गर्न पनि खोजेका छन् तर, पारा उही भने झै हाम्रो राजनीतिक खिँचातानी र राजनीतिक अनुशासनहिनताको पराकाष्ट यति मौलाएको छ की त्यसलाई पार लगाउन बढो गाह्रो छ । उनी राजनीतिक सन्तुलन मिलाउनमै अधिकाशं समय व्यथित गरिरहेका छन् । 

‘समृद्ध नेपाल र सुखी नेपाली’को सपना बाँडेर आफैं पुरा हुने होइन । जवकी हामी अभ्यासमा मेखो मार्दैनौं भने त्यो फगत जनता भुलाउने गफ मात्र हुन सक्छ, अरु केही होइन । 

एउटा असल नेतृत्वले धेरै गर्न सक्छन् भन्ने उदाहरणहरू विश्वमा देखिएकै छ । यसकारण राजनीतिक नेतृत्वले आफ्नो राजनीतिक दल, पार्टी र सङ्गठनलाई पहिला अनुशासन राख्न सक्ने हो भने पक्कै पनि त्यसले सम्पूर्ण मुलुककै हित र विकास हुने काम गर्न सक्छ । 

राजनीतिक पार्टीका आफ्नो निश्चित विधान, कार्ययोजना, घोषणापत्रहरू, र नीति नियमहरू हुन्छन् र छन्, ती व्यवहारिक कार्यान्वयनमा आएका छन्, छैनन् समीक्षा हुँदैनन् । ती देखाउने कागजमा मात्र सिमित छन् ।  

हामीले सुनेका छौं करोडौं कार्यकर्ता भएको चिनिया कम्युनिष्ट पार्टीमा कठोर अनुशासन छ । पार्टीका नेता कार्यकर्ता कठोर अनुशासनको पालना गर्छन् । माथिल्लो नेतृत्व तहबाट आएका विचार र रणनीतिलाई तल्लो तहका कार्यकर्ता र जनतासम्म पु¥याउनको लागि उनीहरू लागि पर्छन् । त्यही भएर त त्यहाँ पार्टीले चाहे जस्तो राजनीतिक अभ्यास भइरहेको छ । अहिले चीन विश्वको शक्तिशाली देश भन्ने दौडमा छ । ऊ पुग्छ पनि । हामी कहाँ छौं ? केही महिना पहिला चिनिया कम्युनिष्ट पार्टीका नेताहरूले काठमाडौंमा नेकपा नेताहरूलाई यो विषयमा केही दिन प्रशिक्षण नै दिएको थियो । त्यो सिद्धान्त अभ्यासमा लागु भएको छ की छैन ?

राजनीतिमा अनुशासन महत्वपूर्ण पक्ष हुन्छ भन्नलाई विकसित देशको उदाहरणहरू हेर्नुपर्ने हुन्छ । नेता र कार्यकर्ता अनुशासनमा बस्न सकेनन् भने त्यो पार्टीले लिएको विचार कार्य नीति सफल हुँदैन । अनि देशको विकास पनि हुन सक्दैन । अहिलेको नेकपामा पनि त्यही देखिएको छ ।

हिजोको दिनमा ठूला ठूला सपनाहरू बाँडियो । ठूला ठूला आश्वासनहरू बाँडियो । सोझा सिँदा जनताले पत्याए । विश्वास गरे । आफ्नो काँधमा बोकेर नेताहरूलाई देशको शासन सत्तामा पठाए । नेतृत्व तहमा पु¥याए । त्यहाँ पुगेपछि ती सपनाहरू उनीहरूले भुले । जनताहरूको आशा पनि क्रमशः मर्दै गयो । आक्रोस बढ्दै गयो । समस्या बढ्दै गयो । अहिले भएको पनि यही हो । 

समाजवादी सपना जसरी बाँडिएको छ । त्यसलाई यर्थाथमा रूपान्तरण गर्न कठिन छ । अहिलेको राजनीतिक अभ्यासलाई हेर्ने हो भने समाजवादको उल्टो अभ्यास भइरहेको छ । पुँजीपतिको पक्ष पोषण गर्ने र उनीहरूकै कार्यनीतिमा देशको राजनीतिक व्यवस्था चलिरहेको छ । यो कुरा कृषि मन्त्री घनश्याम भुषालले एउटा कार्यक्रममा आक्रोसको रूपमा पोखेको सुनियो । 

हामी हेरौं न, ७५३ स्थानीय तहमा प्रमुख नेतृत्व कुन वर्गका मानिसहरूले गरिरहेका छन्, संघीय र प्रदेश सभा अनि राष्ट्रिय सभाको सांसद्हरू कुन वर्गबाट बढी प्रतिनिधित्व गर्छन् ? गरिब कि धनी ? यो बहसको विषय हुनु पर्छ की पर्दैन ?

कहिले हुने सम्पूर्ण नेपालीको आर्थिक हैसियत बराबरी ? कहिले हुने सम्पन्न ? कहिले हुन्छ समृद्ध ? कहिले हुने सुखी अनि खुसी ? कहिले हुने भेदभावरहित सामाजिक व्यवस्थाको अभ्यास ? यी र यस्ता प्रश्नहरू वर्तमान सरकार प्रति दिनहुँ उठीरहेका छन् । अहिले सरकारको नेतृत्व गरिरहेको दल र नेता कार्यकर्ताले बाँडेको सपना अनि त्यो सपना पुरा गर्नको लागि भइरहेको अभ्यास चित्त बुझ्दो नभएपछि प्रश्न स्वभाविक पनि देखिन्छ । 

अनि हामी समाजवादी व्यवस्थाको कुरा गरिरहेका छौँ । सामाजवादी अभ्यासको कुरा गरिरहेका छौं । कम्युनिष्ट शासनको कुरा गरिरहेका छौं । लोकतान्त्रिक अभ्यासको कुरा गरिरहेका छौं । यो कसरी सम्भव छ होला र ? जवसम्म राजनीतिक अनुशासन हुँदैन । 

राजनीतिक नेतृत्वले हामी के गरिरहेका छौं । हामीले के बोलेका थियौं । के प्रतिवद्धता गरेका थियौं । ती कति पुरा गरिए वा गर्ने प्रयास गरियो । हामीले जनतालाई घर घरमा गएर बाँडेको समाजवादी सपनाको यात्रा तय भयो की भएन ? हामी गलत बाटोमा हिडिरहेका छौं की सही ? हामीले केही अभ्यास सुरुवात ग¥यौं की गरेनौं त्यो विषयमा समीक्षा गर्न ढिला भएन र ? 

https://www.nayapatrikadaily.com/news-details/55706/2020-12-01
२०७७ मङ्सिर १६ मंगलबार
नयाँ पत्रिका दैनिकमा प्रकाशित ।

भारतीय हस्तक्षेप रोकौं, सीमामा पर्खाल लगाऔं



विश्वास नेपाली

यतिबेला कोरोनाको कहर कम भएर नेपाली भूमि भारतीय पक्षले मिचेर उपयोग गरेको प्रङ्गले सडक र सदन तातेको छ । देशभर भारतको यस्तो हर्कतको विरोधमा आवाजहरू उठ्न थालेका छन् । ‘देश बचाउ’ भन्दै सरकारलाई दवाव पनि दिइरहेका छन् । सडक, सदन, मिडिया, समाजिक सञ्जाल सबैतीर यही सवाल छ, की भारतीय हस्तक्षेप कति सहने ?

यसरी भारतले हस्तक्षेप गरेको घटना यो मात्र पहिलो होइन, नेपाली भूमि पटक पटक उसले मिच्ने र नेपाली सीमाबासीलाई दुःख दिने गरेको सामाचारहरू हामीले सुन्दै र पढ्दै आएका छौं । भारतसँग सीमा जोडिएका अधिकाशं जिल्लाहरूमा यो समस्या छ । फेरी पनि यस्तो घटना दोहोरिएको छ । अहिलेको विवाद् भनेको कालापानी लिपुलेकको हो । सो क्षेत्रमा भारतले सडक निर्माण गरेको छ, जुन नेपाली भूमिमा पर्छ । तर, नेपाली पक्षलाई उसले खबर समेत गरेन । उसको हस्तक्षेप स्पष्ट देखियो । 

अहिले कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतको मानसरोवर जाने सडक मार्ग निर्माण थालेको र त्यसको उद्घाटन भारतका रक्षा मन्त्री राजनाथ सिंहले दिल्लीबाटै भिडियो कन्फरेन्समार्फत गरेको जानकारी आएपछि नेपालीहरूले भारतको यस्तो हर्कतको विरोध गरेका हुन् । आफ्नो भूमिको रक्षाको निम्ती आवाज उठाउनु स्वभाविक छ । 


भारतको यी कदम विरुद्ध आवाज उठ्नु स्वभाविक पनि हो । हिजोको दिनमा ज्यानको बाजी लगाएर हाम्रा पूर्खाले जोगाएको भूमिको रक्षा गर्नु प्रत्येक नेपाली सन्तानको कर्तव्य हुन आउछ । तिनै पुर्खाको सन्तान भएको नाताले आफ्नो सीमा मिचिँदा छाती फुलाएर बोल्नुपर्छ । आफ्नो देश र भूमि आफ्नो आमा समान हो । पहिचान हो । गौरव हो । त्यसैले भूमिको रक्षा गर्नु भनेको आफ्नो आमाको रक्षा गर्नु हो । आत्मसम्मान जोगाउनु हो । यसैले नेपाल सरकारलाई सकारात्मक दवाव दिएर विवाद्को स्थायी समाधान खोजिनु अहिलेको आवश्यकता हो ।

लिपुलेक नेपाल, भारत र चीनको त्रिदेशीय व्यापारिक हिसावले उपयुक्त एक भुभाग हो । प्रसिद्ध तिर्थस्थल मानसरोवर जानेहरूले पनि यही बाटो प्रयोग गर्छन् । अहिले भारतीय पर्यटक रसुवागढी नाकाहुँदै केरुङमार्फत मानसरोवरको यात्रा गर्छन् । चीन जानको लागि भारतको पूर्वको सिक्कम प्राप्तको नाथुलाको बाटो पनि प्रयोगमा छ । अव भारतले कालापानी लिपुलेक र सिक्कमको बाटो बढी प्रयोग गर्ने देखिन्छ । त्रिदेशीय व्यापारको हिसावले रसुवागढी नाका पनि महत्वपूर्ण नाकाको रुपमा हेरिएको थियो । चीनले यस अघि नै केरुङ–रसुवागढी हुँदै रेलमार्ग निर्माण गर्ने पनि चर्चा थियो । तर भारतीय प्रधानमन्त्री मोदीको भ्रमणपछि व्यापारिक हिसावले सिधै बाटो निर्माण गर्ने सम्झौता गरेको थिए । 

सन्, २०१५ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमण जाँदा गरिएका सहमति मध्ये एक थियो, व्यापार वृद्धिको लागि सडक सञ्जाल जोड्ने । उनीहरूको समझदारीमा चीन र भारतले यही बाटोको प्रयोग गर्ने थियो । जुन, नेपालको भुभाग हो तर, ठाडै भारतले आफ्नो हिसावले बाटो बनाउने गरी चीनसँग समझदारी ग¥यो । कुटनीतिक समन्वय विना नै भारतले एकलौटी सडक निर्माण गरेर उसले नाङ्गो हस्तक्षेप गर्न खोजेको देखिन्छ । यो एउटा षडयन्त्र हो र ठाडो कुटनीतिक मर्यादा विपरितको कार्य पनि । 

भारतको यस्तो हर्कत पहिले पनि हुने गरेको देखिन्छ । तत्कालिन प्रधानमन्त्री कीर्तिनिधि विष्टले नेपालको उत्तरी सीमाहरूमा रहेको भारतीय सुरक्षा फौजका पोष्टहरू हटाइदिएका थिए । त्यसपछि भारतीय पक्षले नेपाली सीमा लिपुलेकभन्दा १० मिटर पर सरेर बस्नु परेको थियो । पछि फेरी उनीहरूले क्रमशः नेपाली भूमि फेरी कव्जा गर्दै आएका छन् । पटक पटक नेपाली सीमा र नेपाली भूमिमाथिको अतिक्रमण बढ्दै गइरहेको छ । 

हामीलाई थाहा छ, सुगौली सन्धि हुँदा नेपालले ठूलो भूमि गुमाउनु परेको थियो । सन् १८१६ मा नेपाल र तत्कालिन इष्ट इन्डिया कम्पनीबीच सुगौली सन्धि भएको थियो । यो सन्धि हुँदा नेपालले आफ्नो भूमिको दुई तीहाई भूभाग गुमाउनु परेको थियो । त्यतीबेला नेपालले काली नदीको पश्चिमी भाग कुमाउँ र गढवाल हाल त्यो भारतको उत्तराखण्डमा पर्छ, काँगडा, जुन हाल हिमाचल प्रदेशमा पर्छ भने तराईंका केही भागहरू समेत नेपालले गुमाउनु परेको थियो । 

सन् १८१६ मा नेपाललाई हालको तराईं क्षेत्रको केही भुभाग फिर्ता गरिएको थियो । यस्तै सन् १८६५ मा हालको बाँके बर्दिया, कैलाली र कञ्चनपुर जिल्ला पनि फर्काइएको थियो । जुन अहिले नेपाली सीमा क्षेत्रभित्रै पर्छ । सुगौली सन्धि अघि दार्जलिंग, पूर्वमा टिष्टासम्म र दक्षिण–पश्चिमा नौनीताल, कुमाउँ, गढवाल र पश्चिममा बहाहरसम्म नेपालको भूभाग थियो । ती क्षेत्र अहिले भारतको छ । यसैले त भनिन्छनी, सुगौलीसन्धि नेपाली भूमिको लागि राम्रो थिएन ।  किनकी सुगौली सन्धि हुँदा सीमा स्पष्ट गरिएको थिएन र त आज पनि भारतीयहरू नेपाली भूमि कव्जा गरिरहेका छन् । त्यसैले नेपालीहरूले पटक पटक सुगौली सन्धि खारेजीको माग उठाइरहेका छन् । 

अहिलेको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा रहेको सीमा विवाद नौलो भने होइन । यो विवाद् समाधान गर्नको लागि सहजीकरणको भूमिका खेलिदिन १४ वर्ष अघि नै संयुक्त राष्ट्र संघमा समेत नेपाल प्रतिनिधि मण्डलले विषय उठाएका थिए । तर, यसको निरन्तर फलोअप भने नभएको देखिन्छ । यसको समाधान राजनीतिक स्तरमा नखोजीनु समस्या भइरह्यो । 

नेपाल र भारतको खुल्ला सीमाना छ । यसको फाइदा उठाउदै भारतीय पक्षले बेलाबेला नेपाली भूमि मिच्ने गरेको हामी सुन्छौं । धेरै पटक सीमा क्षेत्रमा विवाद् र झमेलाहरू हुँदा नेपाली पक्षलाई यसले ठूलो नोक्सानी पनि हुँदै आएको छ । 

अहिले हामी जुन नेपालको नक्सा पढ्छौं त्यो सही नभएको विषय बाहिर आइरहेका छन् । वास्तविक नेपालको नक्सा बाहिर नल्याइएको प्रति सरकार प्रति धेरै आलोचनाको स्वरहरू सामाजिक सञ्जाल र सडकमा छन् । एक विवरणअनुसार वास्तविक नेपालको क्षेत्रफल ३,३४,२५० वर्ग किमी थियो । अहिले हामीले पढेको भनेको १,४७,१८१ वर्ग किमी हो । नेपालका वास्तविक नयाँ नक्सा बाहिर ल्याउन आवाजहरू धेरै पहिलेदेखि उठेको भएपनि नेपाल सरकारले यो साहस गर्न नसकेको प्रति टिका टिप्पणीहरू आइरहेका छन् । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले केही दिन अघि भन्नुभयो, भारतसँग वार्ताद्धारा समस्या समाधान होला र नयाँ नक्सा सार्वजनिक गरौंला भनेर पर्खेका हौं । मन्त्रीज्यूका अनुसार नयाँ नक्सा नेपालले तयार गरिसकेको छ, सार्वजनिक हुन भने बाँकी छ । 

यसरी पटक पटक सार्वभौम राज्यमाथि भारतको हस्तक्षेप सिधा अर्थमा कुटनीतिक मर्यादा विपरित कार्य हो । एउटा स्वतन्त्र र सार्वभौम राज्यमाथिको ठाडो प्रहार हो । विभिन्न कालखण्डलाई हेर्दा नेपाललाई भारतले आफ्नो उपनिवेश जस्तो ठान्छ । उसले आफ्नो इच्छाअनुसार नेपाली राजनीतिक व्यवस्था चलाउन खोज्छ । 

भारतको यी कदम विरुद्ध आवाज उठ्नु स्वभाविक पनि हो । हिजोको दिनमा ज्यानको बाजी लगाएर हाम्रा पूर्खाले जोगाएको भूमिको रक्षा गर्नु प्रत्येक नेपाली सन्तानको कर्तव्य हुन आउछ । तिनै पुर्खाको सन्तान भएको नाताले आफ्नो सीमा मिचिँदा छाती फुलाएर बोल्नुपर्छ । आफ्नो देश र भूमि आफ्नो आमा समान हो । पहिचान हो । गौरव हो । त्यसैले भूमिको रक्षा गर्नु भनेको आफ्नो आमाको रक्षा गर्नु हो । आत्मसम्मान जोगाउनु हो । यसैले नेपाल सरकारलाई सकारात्मक दवाव दिएर विवाद्को स्थायी समाधान खोजिनु अहिलेको आवश्यकता हो ।

अहिलेको परिस्थितिमा भारतसँग राजनीतिक सम्वाद गरी समस्याको स्थायी समाधान खोजीनुपर्छ । सकिन्छ भने आफ्नो भूमिको रक्षाको निम्ती सीमानामा पर्खाल लगाउनुपर्छ । सीमा विवाद्को स्थायी समाधान नखोजीने हो भने यो समस्या पुस्तौं पुस्ता बाँकी रहीरहने छ र नेपालले आफ्नो भूमि गुमाउँदै जानुपर्ने स्थितीहरू आइरहन सक्छ । 

(४  जेठ, २०७७, मा नागरिक दैनिकमा प्रकाशित)

लकडाउन डायरी छ : रसुवा र कोरोना राजनीति सन्दर्भ २


विश्वास नेपाली

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण नेपाल लकडाउन भएको १ महिना ६ दिन वित्यो । सरकारले चैत ११ गतेदेखि मुलुक बन्दाबन्दी ‘लकडाउन’ गरेको थियो । चौथो पटक थपिएका समयअनुसार आगामी वैशाख २५ गतेसम्मको लागि लकडाउन जारी रहनेछ । थाहा छैन, त्यसपछिको अवस्था के हुनेछ । 

कोरोनो भाइरस (कोभिड–१९) को कारण फैलन सक्ने सङ्क्रमणबाट बच्च र बचाउनको लागि लकडाउनमा छौं । घरमै बसेर, सामाजिक÷भौतिक दूरी कायम गरेर मात्र कोरोना जस्तो महामारीलाई नियन्त्रण गर्न सकिन्छ भन्ने अपिल विश्व स्वास्थ्य सङ्गठनको छ । सोहीअनुसार आज लगभग विश्व समुदाय घरभित्रै सिमित हुनु परेको छ । यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेको छ । जुन हामी भोग्दैछौं । 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोभिड–१९ ले विश्वको २१३ देशलाई प्रभावित गरिसकेको छ । यसले करिव २ लाख मानिसहरूको ज्यान लिइसकेको छ भने करिव ३० लाख मानिसहरूलाई प्रभावित गरेको छ । यो सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

बन्दाबन्दी भनेको तिव्र रुपमा फैलन सक्ने सङ्क्रमण रोग एक व्यक्तिबाट अन्य धेरै व्यक्तिमा नसरोस् भनेर लिइएको सामाजिक दूरी कायम गर्ने नीति हो । अहिले अधिकाशं देशले यही नीति लिइएका छन् । किनकी यो रोग नियन्त्रण गर्न सक्ने कुनै पनि आयुर्वेदिक तथा मेडिकल साइन्सले औषधी पत्ता लगाउन सकेको छैन । यस्तो अवस्थामा सामाजिक दूरी कायम गरी जहाँ जुन अवस्थामा छौं, त्यही बस्ने भन्ने हो ।

पछिल्ला घटना क्रममा जुन खाले समस्या देखियो । त्यसको दीर्घकालिन असर पक्कै छ । त्यो राजनीति गर्नेहरूले जान्ने विषय भयो । कहिले काहिँ हतारमा गरिएको योजनाहरू चुक्ने गर्छन् । सफल हुँदैनन । राम्रो उद्देश्यले गरिएको भएपनि कार्यान्वयन गर्ने क्रममा केही योजनाहरू चुकेको स्पष्टै देखिन्छ । यो कार्य गर्नको लागि माननीयज्यूको सल्लाहाकारको योजना चुकेको छ भन्ने मेरो निष्कर्ष हो । 

घरमै बसी यसो सामाजिक सञ्जालतिरको सहायतमा दिन विताउनु नियती बनेको छ । अहिले रसुवाको राजनीति गरामागरम बनेको छ । समाजिक सञ्जाल तातेको छ । राजनीतिक दृष्य, परिदृष्य पनि बाहिर आउन थालेका छन् । तर, म यहाँ कोरोना राजनीतिको विषयमा देखिएको कुही कुराहरू लेख्ने कोशिष गर्दैछु । 

केही चाखलाग्दो घटना घटेको छ । त्यसले एक किसीमको डर पैदा भएको छ । रसुवाबासी जो काठमाडौंमा बसोबास गर्थे । उनीहरूलाई केही दिनको प्रयासपछि जिल्ला ल्याउने प्रयत्न गरियो । वैशाख १४ गतेको साझँ ७ बजे, काठमाडौंबाट ११ वटा बसले मानिसहरू लिएर रसुवातर्फ हिँडेको थियो । जसमा थिए १८७ जना । राती ११ बजे सबै बसहरू बेत्रावतीमा आइपुग्यो । पर्याप्त जानकारी र समन्वय नगरी लकडाउनको बेला आएको अप्रत्यासित मानिसहरू र गाडीहरूलाई बेत्रावतीमै प्रहरीले रोक्यो । 

सम्भावित जोखिमलाई न्युनिकरण गर्न यसरी जिल्ला भित्रने मानिसहरूलाई १४ दिनसम्म पालिकाले व्यवस्थानपन गरेको क्वारेन्टाइनमा र थप ७ दिन होम क्वारेन्टाइनमा राख्नुपर्ने हुन्छ । किनकी यसबाट गाउँमा थप सङ्क्रमण फैलन सक्ने सम्भावना नहोस् भन्ने न हो । 

तर, स्थिती त्यस्तो देखिएन । काठमाडौंबाट जिल्ला फर्किएकाहरू रातभर बेत्रावतीमा रोकिए । न खानु न पिउनु भए । बेत्रावतीको पुल पारी रोकीएको गाडीहरूलाई त्यहाँका स्थानीयले  विरोध गरेपछि राती नै यता रसुवापटिट् ल्याएर राखियो तर, त्यहाँबाट अघि बढ्न पाएनन् । किनकी ती मान्छेहरूलाई कहाँ लगेर क्वारेन्टाइनमा राख्ने भन्ने केही पनि व्यवस्थापन र समन्वय भएको थिएन । 

सो दिन सबै भन्दा बढी नौकुण्ड गाउँपालिकाका मानिसहरू काठमाडौबाट आएका थिए । नौकुण्ड गाउँपालिकामा १८८ जना आएका थिए । उनीहरू कोही पनि पालिकाले भनेअनुसारको क्वारेन्टाइनमा बसेका छैनन् । सबै होम क्वारेन्टाइनमा छन् । 

कालिका गाउँपालिकामा ३४ जना आएका थिए । ती मध्ये पालिकाले २८ जनालाई पालिकाले कालिका हिमालय क्याम्पसमा व्यवस्थापन गरेको क्वारेन्टाइनमा राखेको छ भने बाँकी ६ जना कहाँ छन् थाहा छैन । उत्तरगया गाउँपालिकामा ६८ जना आएका भएपनि जम्मा ४२ जना क्वारेन्टाइनमा आएका छन् । गोसाइँकुण्ड गाउँपालिकामा २६ जना आएकोमा १८ जना मात्र क्वारेन्टाइनमा बसेका छन् । 

आमाछोदिङ्मो गाउँपालिकामा ७१ जनालाई नै लगेर क्वारेन्टाइमा राखेको जानकारी प्राप्त भएको छ । बेत्रावती मैलुमको बाटो हुँदै बसमा नै काठमाडौंबाट आएका गाउँपालिकाबासीलाई लाने व्यवस्था मिलाएका थिए । 
प्राप्त विवरण हेर्दा जिल्लाभित्र फर्किएका रसुवाका ३८७ देखिन्छन् भने क्वारेन्टाइन बसेका जम्मा १५९ जना मात्र छन् । बाँकी आआफ्नो घरमा गएका छन् । यस विषयमा हिजो भएको जिल्ला प्रशासनको बैठकमा पनि बेस्सरी वादविवाद् भयो ।

को को मानिसहरू आएका थिए उनीहरूको ट्रेसिङ गर्न समस्या हुने देखिन्छ । यदी आउने मध्ये कोही व्यक्ति सङ्क्रमित भएका रहेछन् भने सङ्क्रमण फैलन सक्ने सम्भावना बढी नै हुनेछ । यो संवेदनशिल विषय हो । यसमा सबै जना सचेत हुनैपर्छ । 

काठमाडौंबाट प्रतिनिधि सभा सदस्य मोहन आचार्यको नेतृत्वमा रसुवाबासी फर्काउने योजना केही दिन अघि देखिको थियो । करिव एक साताको प्रयासपछि उनीसहितको टिमले काठमाडौंका विभिन्न ठाउँमा रहेका रसुवाबासीलाई ग्रीन सिट हस्पीटलमा चेक जाँच गरी पठाएका थिए । तर, व्यवस्थापन टिमका कोही पनि सदस्यहरू यात्रु सँगै आएका थिएनन । नआएपछि आउने मानिसहरू रातभर बेत्रावत्रीमा अलपत्र परेका थिए । 

बसमा आएका नौकुण्ड गाउँपालिका वडा नं. ५ का एक जना स्थानीयले भने, यसरी हामीलाई जिल्ला ल्याइदिने व्यवस्थापन गर्नु राम्रो थियो, हामी खुसी थियौं, जव हामी ११ बजे राती समस्या प¥यौं अनी साहायताको लागि फोन सम्पर्क गर्दा सबैको फोन स्वीच अफ थियो । हामी धेरै दुःखी भयौं । विहान हामीलाई थाहा भयो, हामी माथि राजनीति भएको रहेछ । उनको अनुसार त्यो दिन रातभर भोक भोकै बस्नु परेको थियो । उनले भने, पछि गाउँपालिकाका उपाध्यक्ष सिर्जना लामा र वडा अध्यक्ष आएर लाने व्यवस्था गरिदिनु भयो । 

अहिलको यो स्थिती सिर्जना हुनुमा रसुवा पठाउनु अघि सबै स्थानीय तहसँग समन्वय नभएको कारण समस्या उत्पन्न भएको देखिन्छ । जिल्लामा अहिले सबै ठाउँमा जनप्रतिनिधिहरू हुनुहुन्छ । जिल्ला समन्वय समितिको प्रमुख, र सबै गाउँपालिका अध्यक्ष र वडाअध्यक्षहरूसँग समन्वय गरी यसरी मानिसहरू ल्याउने व्यवस्थापन गरिदिएका थिए भने समस्या आउने थिएन । बेत्रावतीमा भेटिएका यात्रुहरू भन्दै थिए, हामीलाई यसरी हुलमुल गरी पठाएर विजोग बनाइदिए । हामी विर्सने छैनौं । 

गाडीमा विभिन्न ठाउँमा बस्ने र विभिन्न गाउँका मानिसहरू जम्मा भएर आएका थिए । हुलमुल गरेर आउनु परेको कारण कतै सङ्क्रमण पो भयो की भन्ने डर हुने कुरा भयो । घरपरिवारका सदस्य र गाउँले छिमेकी पनि सशंकित हुने स्थिती सिर्जना गरिदियो ।  

खासगरी हामीले देखिरहेका थियौं केही दिन अघि सांसद् मोहन आचार्य र केही गाउँपालिकाका अध्यक्षहरूले काठमाडौंमा बस्ने रसुवालीलाई फर्काउने योजना सूचना फेसबुकमार्फत गरेका थिए । नौकुण्ड, आमाछोदिङ्मो र उत्तरगया गाउँपालिकाका अध्यक्षहरूको नम्बरसहित पोष्टिएको फेसबुक सूचनामा बाँकी २ गाउँपालिकाको अध्यक्षहरूको नाम अटाएन । जिल्ला समन्वय समितिको प्रमुख अटाउनुभएन । यसरी सूचना हेर्दा के लागेको थियो भने, यी २ गाउँपालिकाका कोही पनि मानिसहरू आउने सूचीमा परेनछन् । त्यो हो भने राम्रै काम हो भन्ने ठानिएको थियो । 

तर, कुरा त्यस्तो होइन रहेछ, माननीयज्यूहरूले यी गाउँपालिकामा आफ्नो पार्टीको जनप्रतिनिधि नभएको कारण समन्वय गर्नुभएनछ । तर मानिसहरू बेत्रावती लिन जानेमा फेरी पनि उत्तरगया र नौकुण्डका उपाध्यक्षज्यूहरू हुनुहुन्थ्यो । कालिकाबाट अध्यक्ष र उपाध्यक्ष दुवै जना जानुभएको थियो । सबै ठाउँका वडाअध्यक्षहरू पनि पुग्नुभएको थियो । फेसबुकमा फोन नम्बर राखिएको गाउँपालिकाका अध्यक्षहरूको फोन स्वीच अफ भएको भन्दै आउनेहरू आक्रोसित थिए । उनीहरूले उपाध्यक्षहरूमार्फत गुनासो गरिरहेको सुनियो । यसको राजनीतिक असर बेत्रावतीमा स्पष्टै देखिएको थियो । अव गाउँ गाउँमा देखिँदैछ । अनि फेसबुकका भित्ताहरूमा पनि देखिइरहेको छु ।

समयमै गएर आफ्नो जनताहरूको व्यवस्थापनन गर्न सके, त्यो प्रशंसनीय कुरा हो । कालिका गाउँपालिका अध्यक्ष सिताकुमारी पौडेल अधिकारीले भन्नुभयो, काठमाडौंबाट कालिका गाउँपालिकाबासी पनि आउँदैछन् भन्ने पनि थाहा थिएन । हामीसँग केही पनि समन्वय नै गरिएन । हामीलाई तुरुन्तै क्वारेन्टाइन व्यवस्थापन गरी राख्न गाह्रो, यद्यपि हामीले आएका जति जनतालाई व्यवस्थापन गरी राखिसक्यौं । उहाँले भन्नुभयो, अरुले राजनीति गर्न खोजे पनि हामी हाम्रो जनताको सेवा गर्न किचिँत पछि पर्दैनौं । 

यसरी आउने मध्ये कालिका गाउँपालिका वडा नं. २ एक व्यक्तिले भने, हामीलाई फोन गरेर भन्नुभयो, केही समस्या हुँदैन, हामी सबै व्यवस्थापन गर्छाै, तपाईंहरू जाने तयारी गर्नुहोस् । हामीलाई लाग्यो घरमा गएर मजाल बस्न पाइन्छ, तर, अहिले थाहा भयो, हामीलाई दुःख दिने नियत रहेछ । क्वारेन्टाइनमा बस्नु पर्छ भनिएको भए त उतै बस्ने थियौं नी । अवको केही दिनमा खुल्थ्यो होला । 

अव समस्या सिर्जना भयो, जनप्रतिनिधिज्यूहरूले यसरी हुलमुल गरेर ल्याएका मानिसहरूमा सङ्क्रमण छ वा छैन भन्ने पुष्टि गर्न सक्नु हुन्न । काठमाडौंमा छँदा आफ्नै कोठामा सुरक्षित थिए । आएका मध्ये पनि बेत्रावतीबाट एक बसबाट अर्काेमा चढेर मानिसहरू गाउँ गाउँमा गएका छन् । क्वारेन्टाइनमा बसेकाहरूको त आरडिटी टेष्ट –च्म्त् त्भकत० गर्न सम्भव होला । तर, बाँकीको के हुन्छ ?

फेसबुक र अनलाइनमा हिजोदेखिको विष्लेषण गर्ने हो भने थाहा हुन्छ की, यो अहिलेको घटना नितान्त राजनीतिमा आधारित छ । तर, यसरी राजनीति गर्ने नाममा यस्तो महामारीको बेला जनतामाथि अन्याय भएन र ? यसको नैतिक जिम्मेवारी लिने कसले ? घर घर र गाउँ गाउँमा पुगेका मानिसहरूको च्म्त् त्भकत गर्न के गर्ने ? कसले जिम्मेवारी लिने र कसले सघाउने ? कहिलेसम्म गरिसक्ने ? यो विषयमा ध्यान दिनुपर्छ की पर्दैन ? 

जहाँ जहाँ छन्, त्यहीँ त्यहीँ गएर पनि राहत दिन सकिन्थ्यो । जस्तो, कालिका गाउँपालिकाले काठमाडौंमै बसोबास गरिरहेका तर, खाद्यन्नको समस्या भएको केही परिवारलाई उतै राहत दिने वातावरण गरेको थियो । त्यो राम्रो पक्ष लाग्यो । आहातमा राहत जनप्रतिनिधिको कर्तव्य हो । 

मेरो यो लेख कसैलाई भ्रमित गर्नु होइन, सचेतीकरण गर्नु चाहिँ हो । कोहीसँग पूर्वाग्रह राख्नु होइन, गलत कदमको विरुद्धको आवाज चाहिँ पक्कै हो । 

पछिल्ला घटना क्रममा जुन खाले समस्या देखियो । त्यसको दीर्घकालिन असर पक्कै छ । त्यो राजनीति गर्नेहरूले जान्ने विषय भयो । कहिले काहिँ हतारमा गरिएको योजनाहरू चुक्ने गर्छन् । सफल हुँदैनन । राम्रो उद्देश्यले गरिएको भएपनि कार्यान्वयन गर्ने क्रममा केही योजनाहरू चुकेको स्पष्टै देखिन्छ । यो कार्य गर्नको लागि माननीयज्यूको सल्लाहाकारको योजना चुकेको छ भन्ने मेरो निष्कर्ष हो । 

लकडाउन डायरी पाँच : कोरोना कहर र रसुवा सन्दर्भ


विश्वास नेपाली

प्रसङ्ग
मेरा एक जना मित्रले भन्नुभयो, रसुवाको विषयमा पनि लेख्नुप¥यो । मित्र विनोद पौडले अहिले नवलपरासीमा बस्छन् । जागिरको सिलसिलामा भौतिक शरिर उता भएपनि उनलाई चिन्ता छ, यताको । सधैं जिल्लाको हालखबर कस्तो छ, सोधिरहन्छन् । सामाजिक सञ्जालतिर टिप्पणी फ्याँकीरहन्छन् ।

कोरोना र रसुवा

चैत ११ गतेदेखि सरकारले मुलुकभर लकडाउन गरेपछि यतिबेला रसुवामा पनि त्यसको प्रत्यक्ष प्रभाव भोगिरहेको छौं । सरकारको अपिललाई रसुवाबासीले पालना गरी लकडाउनको पूर्ण पालना गरेका छन् । घरभित्रै बसोबास गरिरहेका छौं ।

कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्नको लागि जिल्ला प्रशासन कार्यालय रसुवाले २४ औं घण्टा जस्तो व्यवस्थापन गरिरहेको छ । सूचनाहरू प्रवाह गरिरहेको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारी अहोरात्र खटिरहनुभएको छ ।

कोभिड–१९ को सन्दर्भमा रसुवामा २९ स्वास्थ्य संस्थाहरू सक्रिय छन् । १२ वटा हेल्थ डेस्क स्थापना भएको छ । १८४ वेडको क्वारेन्टाइन स्थापना गरिएको छ । ३५ वटा आइसोलेसन बेड स्थापना गरिएको छ । हालसम्म कुल जाँच गरिएको सङ्ख्या २५८ जना छन्, ती मध्ये कुनै पनि व्यक्तिमा कोरोनाको लक्षण समेत भेटिएको छैन । आईसोलेसनमा हालसम्म २ जना राखिएकोमा दुवै घरफर्केका छन् । हालसम्म ११ जना क्वारेन्टाइनमा छन् । 

अहिले त ¥यापिट टेष्ट पनि सुरु गरिएको छ । यो ¥यापिट टेष्टले पनि कोरोना सङ्क्रमण रसुवामा भित्रिएको छ वा छैन भन्ने विषयमा केही हदसम्मको जानकारी गराउन मद्दत गरेको छ । हालसम्म रसुवामा २३ जनाको ¥यापिट टेष्टसमेत भइसकेको छ । ती मध्ये सबैको रिर्पाेट नेगेटिभ आएको छ । यस्तो टेष्टमा पोजेटिभ देखिए थप परीक्षण टेष्टको लागि माथिल्लो निकायमा पठाउनुनर्पे हुन्छ । त्यस्तो नियति भोग्नु परेको छैन । अव पनि नपरोस् ।

चीनको वुहान सहरबाट गत जनवरी महिनाबाट फैलिएको कोरोना भाइरसले यतिबेला विश्व समुदायलाई त्राहिमाम् बनाएको छ । प्रविधि र विकासमा अधिक छलाङ मारिसेकेका देशलाई समेत आतकिंत बनाएको छ । यस्तो परिस्थितीमा नेपालमा पनि कोरोना आउन सक्छ । यो त चीन आउजाउ गर्ने नाका भएको जिल्ला भएको हुँदा रसुवा जोखिममा हुन सक्छ भन्ने जुन अफ्वाह थियो, त्यो असत्य सावित हुँदै गएको छ । यहाँ अहिलेसम्म कसैलाई पनि यस्तो समस्या देखा परेको छैन । यद्यपि सचेत भने हुनुपर्छ नै । 

लकडाउन भएपछि रसुवाली जनता पनि निश्चय नै प्रभावित छन् । अहिलेको परिस्थितिमा सबैतिर डुलेर राहत वितरण गर्नु सम्भव पनि नहुने र यसो गरिँदा कोरोना सङ्क्रमण बढ्न सक्ने सम्भवाना भएको हुँदा सरकारले राहत वितरणको लागि एकद्धारा प्रणालाीबाट जान अपिल गरेको छ । सहयोगी मनहरूलाई एकद्धारा प्रणालीबाट आउन अनुरोध पनि गरिएको छ । 

सहयोग जो सुकैले पनि गर्न सक्नुहुन्छ तर, यसको लागि राज्यले तोकेको निकायमार्फत जानुपर्ने बाध्यता छ । जस्तै : जिल्लागत तहमा जिल्ला विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गर्ने र स्थानीय तहमा गाउँपालिकामार्फत गर्न सकिन्छ । यसको लागि सबै गाउँपालिका र विपद् व्यवस्थापन समितिले पनि सहयोग गर्नेहरूलाई सोही बाटो भएर आउन अपिल पनि गरेका छन् । 

यस्तो विपत्तिको बेला सरकारलाई यो अभियानमा सघाउन भन्दै यही वैशाख २ गते नेकपा रसुवाले पार्टीको तर्फबाट अध्यक्ष कर्णेल तामाङ र संविधान सभा सदस्य एवम् नेकपा जिल्ला कमिटि सङ्गठन विभाग प्रमुख जनार्दन ढकालले व्यक्तिगत रुपमा राहत सामग्री जिल्ला विपद् व्यवस्थान समितिलाई प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीमार्फत हस्तान्तरण गर्नुभयो । ४०० बोरा जिरा मसिनो चामल, ९००० थान सर्जीकल मास्क, २००० थान गोलव्स, १५ थान पिपिई किट र १६९ थान ह्याण्ड स्यानीटाइजर हस्तान्तरण गर्नुभएको छ । यसले पक्कै पनि केही राहत मिल्नेछ भन्ने विश्वास लागेको छ । 

हाम्रा सांसद ज्यूहरू गाउँगाउँ मास्क र सावुन बोकेर कुदिरहनुभएको छ भन्ने खबर पनि आइरहेको छ । यस्तो बेला गाउँ गाउँ जाँदा आउँदा सङ्क्रमण फैलन सक्ने सम्भवना पनि उत्तिकै छ । उहाँले कति वितरण गर्नुभयो, त्यसको ट्रयाकिङ्ग गर्ने सकिएको छैन । किनकी यसको रेकर्ड कतै दिइएको छैन । यद्यपि संघीय सांसद् मोहन आचार्यले सर्जिकल मास्क, पिपीई किट र स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ भने अन्य सहयोग व्यक्ति तथा संस्थाहरूले पनि स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ । 

गाउँपालिकाले अति नै समस्यामा परेको मानिसहरूलाई खाद्यन्न राहत सामग्री वितरण कार्य सुरु गरेको छ । यसले पक्कै पनि गाउँ गाउँमा सरकार छ भन्ने अनुभूति दिलाउन मद्दत गर्छ । बाँकी जो जसलाई समस्या परेको छ, उनीहरूलाई पनि राहत वितरण गरिदिन अनुरोध पनि गर्छु । 

सिजन खेतीपातीको 

घर वरिपरीको वातावरण मौसमी भएको छ । रुख विरुवामा नयाँ पालुवा पलाउन थालेका छन् । पुराना पातहरू झरेर नयाँ कपडा फेर्न तयार भएझै भएका छन् । नयाँ मौसम सुरु भएको छ । 

खेतीपाती गर्ने किसानहरू भने बेसी क्षेत्रमा मकैं गोड्ने पानी लगाउने गरिरहेका छन् । गाउँघरतिरको बारीमा भर्खरै मकै लगाउने सुरु हुँदैछ । समयमै पानी नपरिदिएको कारण बारीमा लगाउने मकैको समय घर्किदै गएको छ । किसानहरू चिन्तीत पनि उत्तिकै छ । जमिन बाँझो छ । सुख्खा छ । यो वर्ष पनि खडेरी पर्ने त होइन । कोरोनाको कारण लकडाउन भएर अर्थाेपार्जन गर्ने केही काम गर्न पाइएको छैन । खेतबारीमा अन्नपात लगाएर पनि खान पाइएन भने त पेट भर्न मुस्किल हुनेमा चिन्तीत छन्, किसानहरू । जहाँ जहाँ सिँचाई सुविधा छ त्यहाँ त्यहाँ असारे धान हरिया भएर पलाएका छन् । गोडमेलको बेला पनि भइसक्यो । 

साच्चै भन्नुपर्दा खेतीपाती गर्ने किसानलाई लकडाउनले प्रभाव पारेको छैन । यद्यपि उनीहरूमा डर भने पक्कै 
छ । नयाँ मानिसहरू देखेँ सशंकित हुने, डराउने त छँदैछ । त्यसैले त पारिवारिक खेतीप्रणाली सुरु भएको छ । यो राम्रो पनि हो ।  

गाई काण्ड, अच्चम भयो नी !

वैशाख ४ गते नयाँ घटना भयो । जिल्ला प्रहरी कार्यालयले दिएको सूचना अनुसार कालिका गाउँपालिका वडा नं. २ स्वाँराका एक जना किसानको घरमा वैशाख ३ गते राती आफ्नै घरको गोठमा बाधिँएको गाई भोलिपल्ट विहान उठ्दा थिएन । बेलुकी दुध दोएर बाँधिराखीएको गाईँ नहुँदा अवश्य पनि घरबेटीलाई चिन्ता लाग्यो । फुकेर कहिँकतै गएको होला भनी सोधखोज गरियो । सबैतिर खोजीयो भेटिएन । कतैपनि नभेटिएपछि नजिकै रहेको प्रहरीलाई खबर गरियो । 

प्रहरी र स्थानीय मिलेर खोज्दै जाँदा उनको घर भन्दा केही पर एकान्त जङ्गलमा लगि काटी मासु भाग लगाएर केही मानिसहरूले घरघरमा पु¥याएको पाइयो । यस घटनामा सङ्लग्न भएको आरोपमा प्रहरीले १ महिलासहित ५ जनालाई प्रक्राउ गरेको छ । गाई मारे हत्या भन्ने यिनीहरूलाई थाहा रहनेछ । गाई हाम्रो नेपालीहरूको पुजनिय जनावर हो । राष्ट्रिय जनवार हो भन्ने कुरा पनि यी लठुवाहरूले भुलेछन् । यस्तै छ । कलियुगको सङ्केत त होइन
यो ?

फलाखुँ खोलामा छैन माछा

अघिल्लो हप्ताको शनिबार गाउँका भाइहरूसँग फलाखुँ खोला गएको थियो । करिव १२ वर्षपछि म फलाखुँ खोला गएँ । घरबाट करिव १ घण्टा ओरालो झरेपछि खोला पुगिन्छ । सानो छँदा बालसखाहरूसँग प्रायजसो गइरहने खोलामा धेरै पछि पुग्दा अनौठो लाग्नु स्वभावीकै थियो । 

फलाखु खोला सबैले सुनेका नाम हो । केही वर्षसम्म पौडी खेल्ने, जाल खेलेर माछा समात्ने, दुवाली थुनेर माछा समात्ने कार्य हुन्थ्यो । तर, अहिले त्यो छैन । फलाखुँ खोलामा करेण्ट लगाएर माछा मार्ने गरेको कारण खोलोमा पानी बाहेक केही पाइदैन । जाल खेलेर र दुवाली थनुरे माछा मार्ने अव कल्पना मात्र हुने रहेछ । खोलमा माछा होइन, भ्यागुता र गंगटो पनि पाइदैन । करेण्ट लगाएपछि यी सबै मर्ने रहेछन् । फलाखु खोला अव हिजोको फलाखुँ रहेन । यसको संरक्षण जरुरी देख्छु म, खोलामा करेण्ट लगाएर माछा मार्दा यसले माछा मात्र होइन, अन्य पानीमा रहने जीवजन्तुमा समेत असर गर्ने रहेछ । यसले पारिस्थिति पद्दतीमा समेत असर गर्ने निश्चित छ । 

विस्थापितको गुनासो, छैन राहत

हामी सबैलाई थाहा छ । २०७२ सालको भूकम्पको कारण धेरै मानिसहरू प्रभावित भएका थिए । तीमध्ये रसुवामा १०५८ परिवार भूकम्पको कारण विस्थापित हुन पुगेका थिए । उनीहरू कतिपय अहिले पनि अस्थायी शिविरमै बसोबास गरिरहेका छन् । उत्तरगया गाउँपालिका वडा नं.५ को खाल्टे र बोगटीटारमा विस्थापित बस्तीहरू छन् । शान्तिबजार क्षेत्रमा पनि मानिसहरूले अहिले पनि विस्थापित शिविरमै बसोबास गरिरहेका छन् । उनीहरूलाई राहत नपुगेको गुनासो छ । 

उनीहरू भन्छन्, ज्यालादारी गरी खाने काम पनि बन्द भयो । सरकारले राहत वितरण गर्छाै भनिरहेको समाचार त सुनेका छौं तर अहिलेसम्म बस्तीमा खाद्यन्न राहत सामग्री आएको छैन । बाहिर निस्केर हिड्ने वातावरण पनि छैन । अव हामी खाद्यन्नको समस्याबाट गुज्रीसकेको छौं । केही पनि पछि त भोकेमरी पनि सुरु हुन सक्ने सम्भावना छ । 

नाकाबन्दी नै छ 

रसुवा जिल्लामा अहिले कहिँ कतैबाट आवात जावत गर्न सक्ने र पाउने वातावरण छैन । यातायात ठप्प छ । रसुवागढी नाका बन्द भएको पनि धेरै दिन वित्यो ।बेत्रावती पुल तरेर कोही आउन पाउँदैनन् । दिइएको छैन । सोलेतर्फको पुलको पनि केही भाग उप्काइदिएको छ भन्ने सुनेको छु । आवात जावतमा पूर्ण रोक लगाइएको 
रे । हिजो जिल्ला प्रशासन कार्यालय नुवाकोटले निर्णय गरेको छ, यदी कोही व्यक्ति उसको जिल्लामा गएको देखिएमा ३ हप्तासम्म क्वारेन्टाइनमा राख्ने भनेको छ । अव त हिडेर पनि नुवाकोट वा त्यहाँ भन्दा पर जान नपाइने भएको छ । सरकारले यस अघि घोषणा नै गरिसकेको छ की, एक स्थानीय तहबाट अर्काेमा नजानु । लगभग नाकाबन्दी जस्तै छ । 

अन्तमा,
यो लकडाउनको अवधि अहिलेसम्म ३ पटक थपिसक्यो सरकारले । थाहा छैन । कहिलेसम्म यो लम्बिन्छन् । यद्यपि जहिलेसम्म हुन्छ हामी सेल्फ क्वारेन्टाइनमा सुरक्षित बस्नुको विकल्प छैन । यो बाध्यता पनि हो । यदी कोही कसैलाई यो भाइरसले छोइहाल्यो भने उपचारको विकल्प हुँदैन । त्यसैले उपचार नै घरमै बस्ने । सामाजिक दूरी कायम गर्ने । यो अवस्थामाहामी सबै रसुवाली पनि पक्कै सचेत हुनु जरुरी छ । रसुवाबाट बाहिर बस्नु भएका, काम र जागिरको सिलसिलामा विभिन्न देश पुग्नु भएका रसुवावालीहरूलाई पनि यो बेला पक्कै समस्या परेको छ । गाउँघर र परिवारबाट टाढिनुपर्दाको पीडा पक्कै छ, धैर्य गर्नुको विकल्प छैन । त्यसैले जहाँ जहाँ हुनुहुन्छ धैर्य गर्नुहोस्, कामना गरौं यो भाइरसको माहामारी चाडैं हटोस् । 

लकडाउन डायरी चार : सङ्कटमा आशा, के गर्दैछन् जनप्रतिनिधि ?


विश्वास नेपाली

घटना एक : नुवाकोट किस्पाङ गाउँपालिका वडा नं. ५ खोलेबेशीमा २८ परिवार विस्थापित बसोबास गर्छन् । उनीहरू रसुवा जिल्ला उत्तरगया गाउँपालिका वडा नं. १ डाडाँगाउँको करुमर्याङबाट भूकम्पको कारण विस्थापित भई त्यहाँ बसोबास गर्न पुगेका हुन् । उनीहरू सबै ज्यालादारी गरी जीविकोपार्जन गर्ने परिवारका हुन् । अहिले कोरोना काइरसको सङ्क्रमण फैलन डरले कोही पनि ज्यालादारी गर्न जान सकेका छैनन् । पाएका छैनन् । बस्तीका अगुवा मानबहादुर घलेकाअनुसार बस्तीमा खाद्यन्न समस्या परेको छ । 

घटना दुई : रसुवा जिल्ला उत्तरगया गाउँपालिका वडा नं. ५ खाल्टे बगरमा करिव २०० विस्थापित अस्थायी शिविरमा बसोबास गर्छन् । उनीहरू सोही गाउँपालिका वडा नं. १ गोगने, मैलुम डाडाँगाउँको करुमर्याङबाट भूकम्पको कारण विस्थापित भई हाल त्यहाँ बसोबास गर्न पुगेका हुन् । बस्तीमा करिव ८०० जनसङ्ख्या छ । बस्तीका संयोजक छेकु लामाका अनुसार खाद्यन्न अभावको कारण भोमकरीको समस्या सिर्जना हुँदै गएको छ । उनी भन्छन्, हामीले स्थानीय जनप्रतिनिधिलाई पटक पटक आग्रह गरिरहेका छौं तर ३९ दिन लकडाउन भइसक्यो अहिलेसम्म जम्मा एक एक बोरा चामल भन्दा अन्य राहत वितरण गरिएको छैन । समस्या झन झन् बढ्दै गएको छ । 

घटना तीन : अहिले मानिसहरू काठमाडौंदेखि हिडेरै आआफ्नो घर फर्कदै छन् । कोही पूर्व जाँदैछन्, कोही पश्चिम, कोही पहाड चढ्दैछन्, त कोही तराई झर्दैछन् । कारण, काठमाडौंमा बस्न सकिएन । गाउँ जानुपर्ने बाध्यता आइलाग्यो । यति लामो समय काम नपाउँदा गोजी रित्तियो । ज्यालादारी बन्द भयो । बसोबास गरेको ठाउँमा राहत दिइएन । विकल्प भएन । हिडेरै भएपनि आफ्नो गाउँ जानु परेको छ । 

माथिका प्रतिनिधि घटनाहरू हुन् । कोरोनाको कारण एकातीर सन्त्रास छदैछ, अर्काेतर्फ कतिपय मानिसहरू भोकमरीको चपेटामा पर्दै गएका छन् । मुलुकमा २६ लाख जति परिवार भूमिहीन तथा सुकुमबासी छन्, जो ज्यालामजदूरी गरी जीविकोपार्जन गर्नुपर्ने बाध्यताबाट लामो समयदेखि गुज्रीदै आएका छन् । कोरोनाको कारण मुलुक लकडाउन भएपछि कहिँकतै काम गरी खानापानको जोहो गर्न सक्ने अवस्था छैन । 

नेपालमा बन्दाबन्दी लकडाउन चैत ११ गतेदेखि गरिएको हो । सरकारले भनिरहेको छ, घरमै बसौं, आफ्नो सुरक्षा आफैं गरौं, कोरोनाबाट बचौंँ । तर यो त घरमा हुनेलाई ठिक छ । ज्यालादारी गर्नको लागि विभिन्न ठाउँमा पुगेकाहरूको अनि अहिले के हालत भएको होला कल्पना गर्न सकिने विषयभन्दा परेको कुरा भयो । साथै निम्न आय भएका, दैनिक ज्यालादारी गरी बाँच्ने अधिकाशं परिवारमा समस्या देखिएको छ । 

यतिबेला साच्चै समस्यााम परेका को छन्, उनीहरूलाई राहत उपलब्ध गराउनुपर्छ । हरेक जनप्रतिनिधिहरूले आफ्नो इलाकामा स्थायी तथा अस्थायी रुपमा बसोबास गर्ने प्रत्येक व्यक्ति र परिवारको लगत सङ्कलन गरी  स्थानीय तहसँग समन्वय गरी आवश्यकताअनुरुप राहत उपलब्ध गराउन आवश्यक छ । यो सङ्कटको बेला हो । राजनीतिक पूर्वाग्रही राखी राहत वितरण गर्ने होइन । हामीले सुन्यौं देशका विभिन्न ठाउँहरूमा राहत वितरणमा विभेद भयो, राहतमा राजनीति भयो । राहतमा डेट स्याएर भएको सामग्री वितरण गरियो, कुहिँएको चामल वितरणा गरियो आदी इत्यादी । यो लालमर्दाे विषय हो ।

जनप्रतिनिधिको भूमिका लकडाउन लम्बीदै जाँदा समस्या अव क्रमशः सबैलाई पर्न सक्छ । नेपालीहरूको आर्थिक अवस्था उसै त कमजोर थियो, छ पनि । अव झन समस्या पर्ने निश्चित छ । त्यसैले यो बेला समस्यामा परेका मानिसहरूलाई प्राथमिकताको आधारमा राहत लगायतको सामग्री उपलब्ध गराई सबै मानिसहरूलाई कोरोना भाइरसको सङ्क्रमण हुने सम्भवाना पूर्ण रुपमा निर्मल नभएसम्म घरमै बस्ने वातावरण गर्नुपर्छ । 

आहातमा राहत । जनप्रतिनिधिको साथ । जनताको लागि अति जरुरी छ । जहाँको जनता भएपनि आखिर नेपाली नागरिक नै हुन् । लकडाउनको अर्थ जो जहाँ छ, त्यही बस्ने हो । यस्तो अवस्थामा कैलालीको जनप्रतिनिधिले रसुवामा रोकिएर बसेका आफ्ना जनता भनी राहत पठाउन सक्ने अवस्था छैन । सिरहाका जनप्रतिनिधिले काठमाडौंमा आफ्नो जनता अड्किएका छन्, भनी राहत पठाउन सक्ने अवस्था छैन । घर बाहिर रहेका, बाध्यतामा परेकाहरूलाई पनि यदी सकिन्छ भने तत् तत् ठाउँका जनप्रतिनिधिहरूले पनि आआफ्ना जनता जहाँ जहाँ समस्यामा परेका छन्, त्यस्तो ठाउँका जनप्रतिनिधिहरूसँग समन्वय गरी समस्याबाट निकास दिनुपर्छ । त्यहीँ धैर्य गरी बस्नको लागि आग्रह गर्नुपर्छ, दुःखको बेलामा नै हो सहयोग आवश्यक हुने । 

अन्तमा

यतिबेला हामी कोरोना भाइरसको महामारी फैलने डरले गरिएको लकडाउनले घरभित्रै बस्न बाध्य छौं । बाहिर हिड्न हुँदैन भनिएको छ, यो लकडाउनको औषधी भनेकै सामाजिक÷भौतिक दूरी कायम गर्ने र घरभित्रै रहने भनिएको छ । 

सरकारले ४ पटक लकडाउनको मिति थपिसक्यो । थाहा छैन । अझै कति पटक थप्नुपर्ने बाध्यता आउछ । यस्तो समयमा सरकारको निर्णय मान्नुको विकल्प जनतासँग पनि छैन । 

हाम्रा सम्माननीय प्रधानमन्त्रीज्यूले देशबासीका नाममा सम्बोधन गर्दै भन्नु भएको थियो, हामी कसैलाई पनि भोकै मर्न दिने छैनौं । नेपाली कोही पनि भोकै मर्नुपर्ने अवस्था आउन दिन्नौं । तर यदी अहिले जहाँ जहाँबाट मानिसहरू हप्तौं लगाएर सयौं किलो मिटर यात्रा पैदल गर्नुपर्ने बाध्यतामा जो होमिएका छन्, के तिनीहरूलाई सरकारले हेरेको थियो भने यस्तो विकल्प उनीहरूले लिनुपर्ने थियो होला ? के विषयमा सोच्नु जरुरी छैन ? आहातमा राहत र दुःखमा सरकार नभए जनताले को सँग आशा राख्ने ? जनतालाई सरकारले गरेको आग्रह स्वीकार गर्ने वातावरण बनाउनको लागि जनताको आधारभूत जुन ‘गाँस’को अधिकार छ, त्यो त कमसेकम पूरा गरिदिनुपर्छ । यस विषयमा सबै जनप्रतिनिधिको उचित ध्यान जाओस् ।

लकडाउन डायरी तीन : कोरोना, लक्डडाउन र त्राहीमाम् जनमन



विश्वास नेपाली 

यतिबेला मानव विश्व नोबोल कोराना भाइरस (कोभिड–१९) को सन्त्रासमा छ । अहिलेको परिस्थिीतीमा सिङ्गो विश्वलाई चुनौती दिइरहेको कोरोनो भाइरसले लाखौं मानिसहरूलाई सङ्क्रमण गरेको छ भने हजारौं मानिसहरू मृत्युको मुखमा पुगिसके ।  

कोभिड–१९ कै कारण नेपाल राज्य ‘लक्डडाउन’ अर्थात पूर्ण रुपमा बन्द भएको पनि धेरै दिन वितिसक्यो । सरकारले चैत ११ गतेबाट देशभर पूर्ण रुपमा बन्दको घोषणा गरेको थियो । सबै मानिसहरू आआफ्नै घरघरमा बस्न बाध्य छन् । एकहिसावले भन्ने हो भने नजरबन्दै जस्तै । भयपूर्ण वातावरण । सामाजिक दूरी कायम गर्नुपर्ने, सजग रहनुपर्ने । यस्तो नियती लगभग सबै नेपालीजनमा छ । कहिलेसम्म जारी रहने हो यसै भन्न सकिने अवस्था छैन । 

विश्वमै सन्त्रास फैलाएको कोरोना भाइरस जसलाई कोभिड– १९ भनिएको छ, खासगरी यो जनवरी २३ देखि अलि बढी चर्चामा आएको हो । यो भाइरस नयाँ भएकोले पनि नोबल कोरोना भाइरस नामाकरण गरिएको रहेछ ।   

चीनको वुहान सहरमा पहिलो पटक देखिएको यो भाइरसको हालसम्म पनि निदान गर्ने औषधी पत्ता लागेको छैन । विश्वमै स्वास्थ्य सङ्कटलकाल तथा महामारी स्वीकारीएको छ । चीनहुँदै फैलिएको यो भाइरस आज संसारलाई नै ठूलो चुनौतीको विषय बनेको छ । दैनिक हजारौं मानिसहरूको मृत्यु भइरहेको छ । लाखौं मानिसहरू यसबाट सङ्क्रमित भइरहेका छन् । जनमन त्राहीमाम् छ । 

यस्तो विपत्ति जहिले र जतिबेला पनि हुन सक्छ । आउन सक्छ । तर, हाम्रो पूर्वतयारीहरू सक्षम देखिएनन् । हस्पिटल जाउँ विरामीको उपचार हुँदैन । डाक्टर भन्छन्, स्वास्थ्यकर्मीहरूको लागि सुरक्षाको सामग्रीहरू छैन । सुरक्षा र उपचारका सामग्री ल्याउनको लागि भएको चलखेल र घोटलाको विषयमा अझै मिडिमा सेलाएका छैन, सबैले स्पष्टै देख्यौं । सरकारले यतिका दिनसम्म पनि प्रभावकारी व्यवस्थापन गर्न सकेको छैन । 

हाम्रो पुस्ताले देखेको र भोगेको अनि अलि बढी सन्त्रास छाएको महामारी यो पहिलो होला । यसअघि एकै पटक विश्वमै यसरी सनसनीपूर्ण रुपमा फैलिएको भाइरस हामीले भोग्नु परेको थिएन । तर, यसअघि पनि ठूला ठूला महामारीको रोगहरु भने निम्तीएको रहेछ । यदी रोग थियो भने एन्टिवायोटिकको प्रयोगले निदान गर्न सकिन्थ्यो तर यो भाइरस पर्यो । त्यसको लागि एन्टिभाइरस चाहिन्छ, जुन अहिलेसम्म बनेको छैन । वैज्ञानिकहरु अनुसन्धानकै क्रममा छन् । 

त्यसैले त आज संसारभरका अधिकाशं मानिसहरू लक्डडाउनको फन्दामा परेका छन् । दिनानुदिन सङ्क्रमितहरूको सङ्ख्या र मृत्युदर बढेर अझ बढी भयावहको स्थिती उत्पन्न भइरहेको छ । यो भाइरसले गत जनवरीएताको यति छोटो अवधिमा विश्वभर कव्जा जमाएको छ । सबैलाई त्राहीमाम् बनाएको छ । आज एकाअर्कालाई छुन त के आफ्नै साथीभाई, इष्टमित्र र आफन्तजनसँग समेट टाढा बस्नुपर्ने स्थिती बनेको छ । छोइहालेमा भाइरसले आक्रमण गरिहाल्छ की भन्ने सन्त्रास सिर्जना गरिदिएको छ । साच्चै खतरो स्थिती हो ।
  
चीनबाट फैलिएको कोरोना भाइरसले विश्वका २०४ देशलाई प्रभावित गरिसकेको छ । मुख्यगरी चीन, अमेरिका, इटली, स्पेन, जर्मन जस्ता देशहरूलाई अझ बढी प्रभावित गरेको छ । किनकी यी देशहरूमा दैनिक हजारौं मानिसहरू प्रभावित भइरहेका छन्, भने सयौंको सङ्ख्यामा मृत्यु हुन पुगेका छन् । यद्यपि चीनले आफ्नो देशमा लगभग नियन्त्रणमा आइसकेको जनाएको छ । 

विवरणहरू हेर्दा यो भाइरसले सङ्क्रमण गर्दैमा त्यस्ता व्यक्तिको मृत्यु भइहाल्छ भन्ने हुँदैन, रिर्पाेटहरूका अनुसार अहिलेसम्म सङ्क्रमण भएका मध्ये ८० प्रतिशत विरामी निको भई हस्पिटलबाट घर फर्केका छन् । करिव २० प्रतिशतको मात्र मृत्यु भएको देखिन्छ । यो लेख तयार पार्दासम्मको विवरणअनुसार ११ लाख ३८ हजार ६ सय ६४ जना सङ्क्रमित भएका छन् । सो मध्ये ६१ हजार १ सय ४२ जनाको मात्र मृत्यु भएको छ । यसरी हेर्दा यसबाट हुने मृत्युदर भने ५ % छ । २१% निको भएर हस्पिटलबाट घर फर्केका छन् । बाँकी उपचार गराइरहेका छन् । यी मध्ये करिव ५ % मात्र खतराको सूचीमा छन्, भने ९५% हल्का अवस्थामा छन् । यसको मतलव खतरा कम छ । तर, सजग भने हरपल हुनुपर्ने स्थिती पक्कै छ ।

जसरी हल्ला फिजिएको छ, त्यसरी मानिसहरूको मृत्यु भइहाल्ने भने होइन भन्ने देखिन्छ । यद्यपि कोरोना भाइरसबाट भने अति नै सचेत भने हुनुपर्ने स्थिती छ । किनकी यो सरुवा किसीमको भाइरस हो र यो मानिसबाट मानिसमा नै सर्ने अहिलेसम्मको तथ्यले प्रमाणित गरेको छ । यसैले त जहाँ जहाँ यो भाइरसको सङ्क्रमण देखिन थालेको वा देखिएको छ, ती देशहरूले लक्डडाउन विधि अवलम्बन गरेका छन् । 

चीनबाट फैलिएको कोरोना भाइरसले विश्वका २०४ देशलाई प्रभावित गरिसकेको छ । मुख्यगरी चीन, अमेरिका, इटली, स्पेन, जर्मन जस्ता देशहरूलाई अझ बढी प्रभावित गरेको छ ।

मानिसहरु अति नै डराएका छन् । हिजाको दिनमा जस्तो होइन, आज सूचना प्रविधिले मानिसहरुलाई यति नजिक्याएको छ की, कुनै पनि सूचना मिनेटभरमै विश्वव्यापी हुन सक्छ । कहाँ के भएको छ, क्षणभरमै सबैलाई जानकारी हुन्छ । यसैले पनि बढ्दो संक्रमित र मृत्युदर देखेर मानिसहरु डराइरहेको स्थिती छ ।

कोरोना भाइरस सङ्क्रमणको सन्त्रास विश्वको अन्य देशमा जस्तै नेपालमा पनि छ । नेपालमा यो लेख तयार पार्दासम्म जम्मा १ हजार ५ सय २१ जनामा परीक्षण गरिएकोमा ९ जनामा मात्र सङ्क्रमण देखिएको छ । त्यसमध्ये पनि १ जना पूर्ण रुपमा निको भएर हस्पिटलबाट घर फर्कीसकेको अवस्था छ भने ६९ जना आइसोलेसनमा छन् । 

आज झण्डै ३ करोड नेपालीहरू यसको मारमा परेका छन् । सहर बजार, गाउँ, टोल, टोल र घरघरमा कोरोनोको सन्त्रास छ । सरकारले सचेतना अभियान गरिरहेको छ । सोसल डिस्ट्यान्सिङ्ग, अर्थात सामाजिक दूरीमा रहन समेत सचेत गराएको छ । हात मिलाउने, सामूहिक रुपमा बस्ने, सामूहिक कार्यहरू गर्ने, साँस्कृति पर्व, भोजभतेर खाने, भेला र सहभागी हुने कार्यहरू लगभग शून्यको स्थितीमा छ । देश बाहिर गएकाहरू घर फर्कन पाएका छैनन्, मुलुकभित्रै रहेकाहरू पनि जहाँको त्यही बस्नु बाध्य छन् । कतै सेल्फ क्वारेन्टाइन त कतै सरकारी क्वारेन्टाइनमा बस्नुपर्ने बाध्यात्मक परिस्थिती छ । यद्यपी यो स्वयम् मानिसहरुको स्वास्थ्य सुरक्षाको लागि अपनाइएको विधि हो ।

नेपाल सरकारले कोरोना भाइरस मुलुकमा फैलन नदिनको लागि अन्तर्राष्ट्रिय नाकाहरू पूर्ण रुपमा बन्द गराएको छ । मुलुकभित्र पनि एक ठाउँबाट अर्काे ठाउँमा आवात जावत गर्न प्रतिबन्ध लगाएको छ । यसो गर्नुको मुख्य कारण कहिँ कतै कोरोना भाइरसले प्रवेश नपाओस् । कोही व्यक्ति सङ्क्रमित नहुनु भन्ने हो । यदी कहिँ कतै कोरोना छिरेको रहेछ भने त्यसलाई त्यहिँबाट निर्मुल पार्न सक्यो भने अन्यत्र फैलन पनि पाउँदैन, त्यसैले लक्डडाउनको महत्व पनि उत्तिकै छ । यसको पालना गर्नु सबैको उत्तिकै भूमिका छ ।

सरकारले विभिन्न तहमा सचेतता र सजगता अपनाउनको लागि भूमिका निर्वाह गरिरहेको छ । चीनले पनि सङ्क्रमित क्षेत्र पूरै लक्डडाउन गरी त्यसलाई व्यवस्थापन गरेको थियो । छोटो समयमै उसले त्यहाँ कोरोना भाइरस नियन्त्रण गर्न सक्यो ।  

मुलुकभर रहेका भूमिहीन, सुकुमबासी, ज्यालादारी गरी परिवार र आफ्नो दैनिक जीविका धान्नुपर्ने बाध्यात्मक स्थिती भएको परिवार, एकल महिला, जेष्ठ नागरिक, शारिरीक रुपमा अपाङ्गता भएका व्यक्तिहरू, सीमान्तकृत समुदायलाई अहिले दिन काट्न धौधौं भएको छ ।

अहिले मुलुकभर यातायात चलेको छैन । बजारहरू बन्द छन् । बन्द व्यापार ठप्प छ । मानिसहरू एक अर्कालाई भेट्न, गफ गर्न, नजिक जान, आफ्न्तजनकोमा समेत आउजाउ गर्न पाएका छैनन् । यस्तो गर्न नपाउने वा नहुने स्थितीमा छन् । डरमरको स्थितीमा छन् । निजी तथा सार्वजनिक संस्था, संस्था र कार्यालयहरु पनि बन्द छन् । मुख्यगरी सहरी क्षेत्रमा बस्नेहरूलाई यो लक्डडाउन जिन्दगीको मुस्किल क्षण र कष्ठदायिक दैनिक भएको छ, जुन कुरा हामी सामाजिक सञ्जालहरूमा आइरहेको विभिन्न अपडेटबाट पनि थाहा पाउन सक्छौं । 

सरकारले जुन कदम उठायो त्यो ठिक छ । जनताले सरकारको निर्देशन मानेका छन् । यसबाट मुलुकमा यो भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सकिन्छ । र फैलनबाट रोक्न पनि सकिन्छ । तर, पर्याप्त तयारी बिना गरिएको यस्तो निर्णयले कतिपय नेपालीहरूले बढीनै कठिनाई भोग्नु परिरहेको छ । दैनिकी कष्ठ बन्दै गइरहेको छ । 

छिमेकी देश भारतमा सुदुरपश्चिम क्षेत्रका अधिकाशं मानिसहरू मौसमी रोजगारी र ज्यालादारी गर्नको लागि जाने आउने गर्छन् । उनीहरू नेपाल आउन पाएका छैनन् । सीमा क्षेत्रमा धेरै मानिसहरूको विचल्ली भएको हामीले देखिरहेका छौं । कतिपय मानिसहरूले सरकारले रोक लगाएको भन्दै आफ्नो ज्यानै बाजी राखेर महाकाली नदीमा समेत हाल फालेर नेपाल प्रवेश गरेको दर्दनाक दृश्यहरू पनि देख्यौं । यद्यपि राज्यले उनीहरूलाई यता आउन दिएन बरु उतै क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलायो । 

कोही मानिसहरू विदेशीमुलुकबाट आएमा उनीहरू १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने नियम छ । विदेशमा रोजगारीमा गएकाहरुले घरमा पैसा पठाउन पाएका छैनन्, ज्यालादारीमा घरबाहिर कमाउन गएकाहरुले घर खर्च पठाउन पाएका छैनन् । कतिपय परिवारलाई हातमुख जोड्न पनि समस्या भइसकेको समाचाहरु आइरहेका छन् । यो अर्काे खाले समस्या हो । 

मुलुक लक्डडाउन भएको यत्तिका दिन भइसक्यो । सरकारले समस्यामा परेका परिवारलाई राहत वितरण गर्नको लागि घोषणा गरेको भएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । यसको प्रभावकारी अनुगमन प्रणाली नहुँदा तहगत सरकारहरूले पनि प्रभावकारी कार्यान्वयन गरेका छैनन् । जनताहरू समस्यामा भएको बेला, आहातको बेला राहतको आशा राख्नु स्वभाविकै हो । दिनुपर्ने हो तर, त्यो देखिएन । 

यस्तो विपत्ति जहिले र जतिबेला पनि हुन सक्छ । आउन सक्छ । तर, हाम्रो पूर्वतयारीहरू सक्षम देखिएनन् । हस्पिटल जाउँ विरामीको उपचार हुँदैन । डाक्टर भन्छन्, स्वास्थ्यकर्मीहरूको लागि सुरक्षाको सामग्रीहरू छैन । 

मुलुकभर रहेका भूमिहीन, सुकुमबासी, ज्यालादारी गरी परिवार र आफ्नो दैनिक जीविका धान्नुपर्ने बाध्यात्मक स्थिती भएको परिवार, एकल महिला, जेष्ठ नागरिक, शारिरीक रुपमा अपाङ्गता भएका व्यक्तिहरू, सीमान्तकृत समुदायलाई अहिले दिन काट्न धौधौं भएको छ । कतिपय परिवार भोकभोकै दिन रात काटीरहेका छन् यस्तो रिर्पाेटहरु आइरहेको छ । आम्दानी छैन, छाक टार्न गाह्रो छ । काम गरौं रोक लगाइएको छ । सरकारले वितरण गर्ने भनेको राहत समस्यामा परेका जनताको हात पुगेका छैन ।  

नेपाली समाज विविधतायुक्त छ । हाम्रो समाजको अर्थविज्ञान भिन्न प्रकारको छ । यहाँ विभिन्न आर्थिक हैसियत भएका मानिसहरू बसोबास गर्छन् । अधिकाशं मानिसहरू साना किसान र ज्यालादारी गरी जीविकोपार्जन गर्ने परिवार छन् । भूमिहीन र सुकुबासी परिवार छन् । न्युन आए भएका छन् । त्यसमा पनि अधिकाशं परिवार भर्खरै भूकम्पको मार खेपेका छन् । घर बनाउँदा लागेको ऋण तिर्न सकेका छैनन् । यस्तो परिवारले घरमै बस्नुपर्दा कसरी जीविकोपार्जन गरिरहेका होलान् । कसरी छाक टारिरहेका होलान्, यस विषयमा खासै ध्यान दिइएको पाइँदैन । यस विषयमा सबैले सोच्नुपर्ने देखिन्छ । 

सबैतिर बन्द भएपछि रोजगारी र ज्यालादारी गुम्यो । काम गर्न ठाउँ बन्द छ । हिडडुल गर्न पाइदैन । पाइएको छैन । यसो हुँदा कतिपय परिवार भोकमरीको चपेटोमा परिसकेका छन् । यस्तो समयमा सरकारले हेर्नुपर्ने हो तर, सरकारका प्रतिनिधिहरू राहत वितरण गर्न तथ्याङ्क सङ्कलन गर्नमै समय विताइरहेका छन् । हरेक स्थानीय सरकारलाई राहत वितरण गर्नको लागि संघीय सरकारले निर्देशन गरेको भएपनि उनीहरू सक्षम देखिएका छैनन् । आफ्नो पालिका क्षेत्रभित्र यस्तो समस्यामा परेका परिवार कति छन् भन्ने विवरण समेत उनीहरूसँग नभएको स्पष्टै देखियो । यो विडम्बना हो । यदी थियो भने त अहिले तथ्याङ्क सङ्कलनमै कयौं दिन विताउनुपर्ने विडम्वता त पक्कै आउने थिएनन् । हाम्रो हालत यही हो ।

यस्तो विपत्ति जहिले र जतिबेला पनि हुन सक्छ । आउन सक्छ । तर, हाम्रो पूर्वतयारीहरू सक्षम देखिएनन् । हस्पिटल जाउँ विरामीको उपचार हुँदैन । डाक्टर भन्छन्, स्वास्थ्यकर्मीहरूको लागि सुरक्षाको सामग्रीहरू छैन । सुरक्षा र उपचारका सामग्री ल्याउनको लागि भएको चलखेल र घोटलाको विषयमा अझै मिडिमा सेलाएका छैन, सबैले स्पष्टै देख्यौं । सरकारले यतिका दिनसम्म पनि प्रभावकारी व्यवस्थापन गर्न सकेको छैन । 

यसो हुँदा दैनिक समाचार हेर्यो । चिन्ता बढायो बस्यो । यसले समाजिक सन्त्रासहरू झन झन् बढाउँदै लगेको छ । मानिसहरूमा सरकारप्रतिको विश्वसनियता कमजोर हुँदै गएको छ । कतिबेला मरिने हो भन्ने चिन्ता जनमनमा बढ्दै गएको छ । 

यसैले यस्तो महामारीको बेला धौर्यता अपनाएर जनतालाई आहातमा राहत दिएर सुरक्षित महशुस गराउनु राज्यको दायित्व हुन आउँछ । त्यसतर्फ सबै जनप्रतिनिधि र सरकारी कर्मचारीले उचित ध्यान दिन जरुरी देखिन्छ । किनकी यो अवस्था कहिलेसम्म रहने हो एकीन गर्न सक्ने अवस्था छैन । त्यसैले जति समय बन्द हुन्छ, त्यती समयलाई पुग्ने खाद्यन्न समस्यामा परेका परिवारको लागि मुख्य आवश्यकता पनि हो । समय लम्बियो भने यस्तो समस्या अन्य मध्यम वर्गहरुमा पनि क्रमशः थपिँदै जाने निश्चित छ । यसैले त्रासमा बाँचिरहेका जनतालाई विस्तारै सामान्य जनजिवनमा फर्काउनको लागि पनि राज्यले पूर्वाधार तयार पनि गर्नुपर्छ । यस्तो बेला सबै एक हुन जरुरी छ । मुलुकमा परेको सङ्कटलाई समाधानतर्फ लैजानुपर्छ । 

लकडाउन डायरी दुई : कोरोना सामाजिक सञ्जाल


विश्वास नेपाली

यतिबेला मुुलुक ठप्प छ । हाम्रो देश मात्र होइन, विश्व नै ठप्प छ । कोरोना नामक नयाँ भाइरसको कारण विश्वमा एकखाले स्वास्थ्य सङ्कटकाल जस्तो घोषणा भएको छ । कोभिड–१९ को माहामारी छ । कोरोना भाइरसको कारण दैनिक सयौंको मृत्यु भइरहेको छ । हजारौंको सङ्ख्यामा कोरोना सङ्कमणको सङ्ख्या बढ्दो छ । यसको निदानको लागि विश्वले औषधी पत्ता लगाउन सकेको छैन । विश्व समाज त्रस्त छ । यसकारण यसको उपचार भनेको घरमै बस्ने सुरक्षित र सजग रहने नै हो भनिएको छ । त्यसैले त आज विश्वका अधिकाशं मुलुकले ‘लकडाउन थेउरी’ अपनाएका छन् । 

घरमै बस्ने, सुरक्षित रहने । बाहिरी मानिसहरुसँग नजिक नहुने । नछुने । सामाजिक दूरी कायम राख्ने । मास्क लगाउने । सावुन पानीले बरोबर हात धोइराख्ने । अफबाहको पछि नलाग्ने । सूचनाहरु रेडियो, टेलिभिजन र आधारिक अनलाइनहरुबाट लिइराख्ने । यो समय भनेको आफू पनि बच्ने र अरुलाई पनि बनाउने हो । त्यसको लागि घरमै बस्ने हो । यही थेउरी अहिले विश्व समुदायले अवलम्बन गरिरहेका छन् । यसो गरी जनताहरुले साथ दिए भने मात्र सरकारले यो माहामारी नियन्त्रणमा ल्याउन सक्छ । हाम्रो सरकारले पनि यही भनिरहेको छ । 

कोरोना सङ्क्रमण फैलने डरले नेपाल सरकारले बन्दाबन्दी ‘लकडाउन’ गरेको पनि तीन हप्ता पुग्नै लाग्यो । यो अझै बढ्ने सम्भवाना छ । गत चैत ११ गतेदेखि मुलुक बन्दाबन्दी ‘लकडाउन’ गरिएको छ । देशका अधिकाशं मानिसहरु घरभित्र अर्थात घर वरपरको चौघेरामा मात्र सिमित हुनुपर्ने स्थिती आएको छ । 

विश्वमै स्वास्थ्य समस्याको रुपमा खडा भएको कोरोना भाइरस ‘कोभिड– १९’ चीनको वुहान सहरबाट फैलिएको भनिएको छ । गत जनवरीदेखि सुरु भएको यो भाइरसले यत्ति छोटो समयमा लगभग विश्वमै कव्जा जमाएको छ । झण्डै डेढ लाख मानिसहरुको मृत्यु भइसकेको छ । 

कोरोनाबाट हाम्रो जस्तो मुलुकमा फरक खाले समस्या सिर्जना भएको छ । सामाजिक प्रभाव फरक खाले परेको छ । मुलुक लकडाउनमा गएको दिनदेखि घरमै सिमित हुनु परेको छ । गाउँघरमा रहनेहरु यो खेतीपातीको पनि सिजन भएको हुँदा परिवारका सदस्यहरु मिलेर केही खेतीपातीको पनि काम गरिरहेका छन् । तर, सहर बजारमा बस्नेहरुलाई यो सुविधा छैन । किनकी सङ्क्रमणको जोखिम सहरी क्षेत्रमा बढी हुने हुँदा कोठा र घरभित्रै सिमित हुनुपर्ने अवस्था छ । 
पर्याप्त जानकारी बिनै गरिएको बन्दाबन्दीले धेरै मानिसहरुलाई प्रभाव परेको देखियो । यहाँको मानिसहरुको सबैको आर्थिक हैसियत उही छैन । सामाजिक हैसियत उही छैन । फरक सामाजिक क्षेत्र, आर्थिक पहुँच र विविध खाले समस्याको कारण मानिसहरु लकडाउन भएको केही दिनदेखि नै छटपटाउन थालेका छन् ।

नेपाल यस्तो देश भइसकेको छ की, यहाँका अधिकांश काम गर्ने उमेरका खासगरी युवाहरु विदेशी मुलुकहरुमा पुगेका छन् । भारतबाहेक तेस्रो मुलुक पुगेकाहरु फर्कन सक्ने सम्भवाना भएन । सबैतिर बन्द भयो । सुदुपश्चिम भेगका मानिसहरु अधिकाशं भारतमा रोजीरोटीको लागि जानुपर्ने बाध्यता उनीहरुको लागि पूख्र्यौली हो । भारतमा पनि बन्दाबन्दी सुरु भएको र खासगरी मजदूरी गर्नेहरु घर फर्कन खोज्दा सिमानाबाट मुलुक छिर्न पाएनन्, यस्तो समस्यामा पर्नेहरु अहिले सिमा क्षेत्रमा क्वारेन्टाइनमा छन् । 

राहत वितरणको काइदा फेसबुकका वालहरुमा धेरै अनौठा अनौठा देखिइरहेको छ । सरकारले राहत वितरणको कुनै पनि तस्विरहरु नलिन र सामाजिक सञ्जालहरुमा नपोस्ट्याउन निर्देशन गरेको छ । यद्यापि हाम्रो जनप्रतिनिधिहरुको फेसबुके राहत वितरण अनेक अनेकका आइरहेका छन् । कसैको निर्देशनको कुनै मतलव छैन यहाँ । 


अन्य देशमा मात्र होइन, मुलुकभित्रै पनि मौसमी रुपमा काम, ज्यालादारी गर्नको लागि मानिसहरु एक जिल्लाबाट अर्काे जिल्ला, सहर बजार जाने गरिन्छ । यो प्रथा पनि पराम्परादेखि नै चल्दै आएको छ । भूकम्प प्रभावित जिल्लाहरुमा तराईं र पश्चिम तथा सुदुरपश्चिम क्षेत्रका जिल्लाबाट मानिसहरु कामकाजको लागि आउने जाने गरेका छन् । यस्ता दैनिक ज्यालादारी गर्ने, मजदूरी गर्नेहरु घर फर्कन नपाएर समस्यामा परेका छन् । राजधानी काठमाडौंलगायतको ठाउँमा काम गर्ने मजदूरहरु आअफ्नो घर पर्कन नपाएर, आफूसँग भएको र कमाई गरिएको खर्च सकिएर बेखर्ची भएर हप्तौंदिन लगाएर भएपनि पैदलै जाने अठोटको साथ सडकमा हिडेका देख्यौं । सुन्यौं । आफ्नै भुगोलमा पर्याप्त रोजगारीको अवसर नपाएकाहरु अहिले परिवारबाट टाढै रहनु परेको स्थिती सिर्जना भएको छ ।

कोभिड–१९ नियन्त्रण तथा रोकथाम उच्चस्तरिय समन्वय समितिले राजधानीमा यसरी अलपत्र परेका मानिसहरुलाई २ दिनको लागि बाहिर जान दिने निर्णय गरेको थियो । निर्णय हुने वित्तिकै अहिलेका भर्चुअल दुनियाँमा देश विदेश सूचना फैलियो । मानिसहरुलाई सूचना थाहा पाउनको लागि रेडियो नेपाल नै सुनिरहनु पर्दैन आजकल । सूचना थाहा पाउने वित्तिकै मानिसहरु आफ्नो पोको, पुन्तुरो, झोली कसी घर फर्कन तम्तयार भए, कतिपय त बसपार्कमा पुगी टिकट काट्ने लाइनमा समेत बसे भन्ने खबर सुनियो । तर, खबर २ घण्टा पनि टिक्न पाएन । असत्य सावित भइदियो । गृह मन्त्रालयको सूचना आयो । 

शुक्रबार र शनिवार सवारी चल्ने निर्णय भएको छैन । अफवाह हो । अनलानहरुमा समाचार आयो । सरकार आफ्नो निर्णयबाट पछि हट्यो । समस्यमा परेका मानिसहरुको आफ्नो घर पुग्ने सपना केही बेरमै रोकियो । यस्तै छ यहाँको हाल ।

यतिबेला सरकारले घोषणा गरेको लकडाउनको मुख्य मार गरिब, मजदुर, ज्यालादारी गरी खाने, भूमिहीन, सुकुमबासी, साहारा विहीन, जेष्ठ नागरिक, अपाङ्गता भएको व्यक्तिहरुलाई बढी परेको छ । दिनभर परिश्रम गरेर विहानी बेलुकीको छाक टार्नुपर्ने समस्यामा मानिसहरुलाएई भोकभोकै बस्नुपरेको समाचारहरु दैनिक रुपमा हामी विभिन्न मिडिया र समाजिक सञ्जालहरुमा आइरहेका देख्छौं । सुन्छौं । 

एक जना जनप्रतिनिधिले बाल्टीमा रहेको झुन्ड्याउने तारमा लौरेले उचाले र स्थानीयलाई परैबाट लौरोको साहताले उक्त राहत सामग्री दिइरहेका छन् । उक्त तस्विर पोष्टिएको सामाजिक सञ्जालमा गालीको ओइरो छ । थाहा छैन, उनलाई कस्तो अनुभूति भयो होला । 

यद्यपि सरकारले यसरी समस्यामा परेका परिवारलाई उचित राहत वितरण गर्नु भनेको २ हप्ता वितिसक्दा पनि वास्तविक समस्यामा परेका मानिसहरुले राहत सामग्राी पाउन सकेका छैनन् । कतिपय स्थानीय तह सूचना सङ्कलनमै सिमित छन् । कतिपयले सुरुवात गरेका छन्, तर विवादमा छन् । 

त्यती मात्र होइन, काठमाडौं लगायत ठूला सहरहरुमा मजदूरी गरी खाने सोझा सिधा जनताहरुले को सँग र कहाँ गएर राहत लिने भन्ने मेसो समेत नपाएको बताइरहेका छन् । कतिपय मानिसहरु सम्बन्धित वडा कार्यालयहरुमा जाँदा समेत यहाँ होइन, आफ्नै वडामा सम्पर्क गर्नु समेत भनेका छन्, मजदूर भन्छन्, हामी कहाँ जाउँ, गाडी चल्दैन, हिडेर जाउ पुग्न सकिँदैन । अनि यस्तो बेलामा काम नलागेको सरकार हामीलाई कहिले काम लाग्छ ? उनीहरु प्रश्न गरिरहेका छन् । 

राहत वितरणको काइदा फेसबुकका वालहरुमा धेरै अनौठा अनौठा देखिइरहेको छ । सरकारले राहत वितरणको कुनै पनि तस्विरहरु नलिन र सामाजिक सञ्जालहरुमा नपोस्ट्याउन निर्देशन गरेको छ । यद्यापि हाम्रो जनप्रतिनिधिहरुको फेसबुके राहत वितरण अनेक अनेकका आइरहेका छन् । कसैको निर्देशनको कुनै मतलव छैन यहाँ । 

कहिँ नभाको जात्रा ....गाउँमा भने झैं देखिएको छ । एउटा सावुनको डल्लो राहतको रुपमा वितरण गर्नको लागि एक जना वडा अध्यक्षले बाँसको लठ्ठि बनाएर बीचमा चिरा बनाएर त्यहाँ सावुन अड्काएर २ मिटर पर बसेका स्थानीयलाई लौरोको सहायताले राहत वितरण गरेको तस्विर भाइरल भयो । यस्तो तस्विर हेरेर गाली गर्नेको ओइरो छ । थाहा छैन, उनलाई कस्तो अनुभूती भइरहेको होला ।

अर्काे तस्विर आयो, बाल्टीमा राहतको सामग्री वितरण । एक जना जनप्रतिनिधिले बाल्टीमा रहेको झुन्ड्याउने तारमा लौरेले उचाले र स्थानीयलाई परैबाट लौरोको साहताले उक्त राहत सामग्री दिइरहेका छन् । उक्त तस्विर पोष्टिएको सामाजिक सञ्जालमा गालीको ओइरो छ । थाहा छैन, उनलाई कस्तो अनुभूति भयो होला । 

सरकारले लक्ड डाउनको साइजलाई कडा गरेको छ । २५ जनाभन्दा बढी भेला नहुनु भनेको केही दिनपछि त्यसलाई घटाएर ५ जनामा झारेको थियो । तर, सामाजिक सञ्जालमा कस्तोसम्म फोटो देखियो भने राहत वितरण गर्नको लागि भेला नै गरिएको । दजनौं मानिसहरुले एक जनालाई राहत वितरण गरेको देखियो । एउटा सानो पोकोमा राहत छ । तर लर्काे लाएर जनप्रतिनिधि र कर्मचारी भेला भएर हातमा हात काधँमा काध समाएर राहत वितरण गरेका छन् । अनि सबैले क्यामेरामा हेरेका छन्, विचरा लिने मान्छे ट्वाँ परेर राहतको बोरामा हेरेका छन् ।
सामाजिक सञ्जालमा अर्काे यस्तो पनि तस्विर देखियो । 

एक जना जनप्रतिनिधिले एक बोरा राहतको चामल हस्तान्तरण गर्दै गरेको । उनले राहत लिने मान्छेलाई छोइएला झै गरेका छन् । धनुष्टंकार शैलिमा राहत वितरण गरेका छन् । २ मिटर पर खुट्टा राखी, सकेजस्तो घोप्टोपरी तेर्सिएर चामलको बोरा हस्तान्तरण गरेका छन् । उक्त तस्विर पोष्टिएको सामाजिक सञ्जालमा गालीको ओइरो छ । थाहा छैन, उनलाई कस्तो अनुभूति भयो होला । 

एक जना जनप्रतिनिधिले यसै समय अनलाईन खडा गरेछन् । त्यो अनलाईन भर्खरै भर्खरै बजारमा आए जस्तो लाग्छ । उनका केही कार्यकर्ताले त्यो अनलाईन चलाएका छन् । गाउँका मानिसहरुलाई हामीले राहत पाएनौं भन्ने समाचार÷भिडियो बनाएर अपलोड गरेका छन् र समाचारको प्रभाव भन्दै घरमै लगेर चामलको बोरा राहतको रुपमा वितरण गरिरहेका छन् । अनि त्यसको पनि भिडियो बनाइएको छ र भनिएको छ, तपाईंहरुको दुःख देख्न नसकेको हुँदा हाम्रो जनप्रतिनिधिले पठाउनु भएको राहत सामग्री लिनुस्..। 

एक जना जनप्रतिनिधिले आफ्नो जनतालाई चाहेको बेला सहयोग गर्न र राहत वितरण गर्न सक्नुपर्ने हो तर, उनले यो बाटो अपनाइरहेका छन् । थाहा छैन, यो राम्रो हो या होइन । हुनत्, यतिबेला सबैलाई समस्या परेको छ, राहत सामग्रीलाई एकद्धारा प्रणालीबाट गरौं । स्थानीय सरकारबाट नै ग¥यौं भनेको छ । स्थानीय तहमा आफ्नो जनप्रतिनिधि नभएको र जस कम पाइने भएको हुँदा यस्तो गरिएको पनि हुन सक्छ । त्यो उनै जानुन् तर नपाउनेहरुले भने उनको विरोध गरिरहेका छन् । 

यस्ता अनेकन घटना भइरहेका छन्, सामाजिक सञ्जाल भरिएका छन् । कतिपय ठाउँमा त स्थानीयले जनप्रतिनिधिहरुलाई भन्न थालिसके की राहत दिएको फोटो नखिच्ने हो भने मात्र हामी लिन्छौं नत्र लिँदैनौं । 

रसुवा जिल्लाको कालिका गाउँपालिकाले केही दिन अघि राहत वितरण ग¥र्याे । रातह वितरण गर्नुपूर्व पालिका अध्यक्ष, उपाध्यक्षले फेसबुकमार्फत राहत वितरणको जानकारी दिँदै राहत वितरण गरिएको फोटो नखिच्नु नखिचाउनु । र खिँचेको पनि देखिएन । प्रधानमन्त्रीले भन्नुहुन्छ, हामी कसैलाई भोकै मर्न दिँदैनौं । उनले यस्तो देशबासीको नाममा संम्बोधन गर्दै भनेका हुन । तर, कार्यान्वयन खै त ? यसको अनुगमन कसरी भइरहेको छ ? 

यो बेला धैर्यता गर्ने । कोरोना भाइरस फैलिइ हाल्यो भने यसलाई कसरी नियन्त्रणमा ल्याउने भन्ने पूर्व तयारी हाम्रो सरकारसँग पर्याप्त छैन । किनकी हामी देखिरहेका छौं, स्वास्थ्यकर्मीहरुको लागि आवश्यक पर्ने सामग्री र स्वास्थ्य उपकरणसमेत पर्याप्त छैन । भर्खरै खरिद गर्नको लागि प्रक्रिया अघि बढाएको छ । यसैले यस्तो बेला सचेत होऔं, घरमै बसौं । लकडाउनको पूर्ण पालना गरौं । 


Followers

Pages

Follow Me in Facebook

यो साताको चर्चित

यो महिनाभरिका चर्चित

ब्लगभरिका चर्चित

My Archive

Powered by Blogger.