Home » » गत्लाङको ग्रामीण पर्यटन

गत्लाङको ग्रामीण पर्यटन


विश्वास नेपाली



रसुवाको उत्तरी गत्लाङ गाउँमा प्राकृतिक विविधता, रमणीयता र सुरम्यताको सँगसँगै यहाँका साँस्कृतिक विविधता र सम्पदाहरूले पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्ने आधारहरू छन् । पर्यटकीय सम्पदाहरूको खानीहरू मध्ये रसुवाको गत्लाङ क्षेत्र एक हो । बिहानी सुर्योदयसँगै ओछ्यानबाटै लाङटाङ हिमालको मञ्चमै सजाएको जस्तो देखिने रमाइलो हिमश्रृङखला देख्न पाइन्छ ।

गत्लाङवासीले पर्यटकले मनपराउने तथा गाउँको सौन्दर्य नबिग्रने गरी गाउँ सिंगारेका छन् । गाउँका घरहरू परम्परागत फल्याक (काठ) को छ । उनीहरूले त्यहाँ जस्ताको छाना  लगाउन कसैलाई पनि प्रत्साहित गर्दैनन् बरू एक दुई घरमा जस्ताको छाना लगाउन थालेपनि उनीहरूलाई फल्याकको जस्तै रङ लगाउन लगाएका छन् ।

रमाईलो गत्लाङ गाउँ
गाउँमा सबैले सुरक्षाका लागि घरमा गजवका भोटेकुकुर पालेका हुन्छन् । बिहान ४ बजे तिरदेखि नै ती कुकुरहरू आफ्नो नियमित भुकाई सुरुगर्छन् । कुकुरको भुकाईसँगै गाउँलेहरू विऊझन्छन् र आफ्नो कामतिर लाग्छन् । सडकबाटो गाउँसम्म पुगेको छ ।  अधिकांशको घरमा बिजुली बत्ती बलेको छ । यसले

सुविधाजनक देखेपनि यहाँका संस्कृति रहन सहन तथा वास्तविकता लुकेको छ । प्रचार प्रसारको अभावमा यहाँका पर्यटकीय क्षेत्रहरू ओझेलमा परेका छन् ।
रसुवा जिल्लाको अन्य गाविसहरूभन्दा पर्यटकीय दृष्टिकोणले धेरै प्राकृतिक सम्पदा भएको गाविस गत्लाङ हो । यो क्षेत्र राजधानी काठमाण्डौबाट नजिकमा पर्दछ एक दिनमा मोटर यात्राबाट सहजै पुग्न सकिन्छ । गत्लाङ गाउँ सदरमुकाम धुन्चेबाट ३२ किलोमिटर उत्तरतर्फ पर्दछ । गत्लाङ गाउँहुँदै सोमदाङसम्म कच्ची सडक गएकोले सजिलैसँंग मोटर यात्राबाट सोमदाङ्सम्म पुग्न सकिन्छ ।
त्यहाँ यति मात्र नभई तामाङ संस्कृतिको अनुपम प्राकृतिक, ऐतिहाँसीक सम्पदा र जैविक विविधताले भरिपूर्ण र महत्वपूर्ण छ । नेपालको अन्य गाउँहरूभन्दा छुट्टै विशेषाताले भरिपूर्ण छ गत्लाङ । साथै पर्यटकीय आकर्षणहरूले पनि सिंगारीएको छ ।

सन् २००३ देखि जिल्ला विकास समिति ग्र्रामीण गरिबी निवारणका लागि पर्यटन कार्यक्रमको पहलमा तामाङ सम्पदा मार्गको रूपमा विकास भयो । यो पर्यटकीय मार्ग स्याफ्रुवेशीबाट सुरु भई गोल्जुङ, गतलाङ, तातोपानी, नागथली, थुमन, टिमुरे, रसुवागढी र वृद्धिम गाविसहुँदै स्याफ्रुवेशीमा पूरा हुन्छ ।
भेषाभुुषमा तामाङ महिला
यो मार्गको पमुख पर्यटकीय आकर्षणहरूमा तामाङ साँस्कृतिक, साँस्कृतिक परम्परा एवंम् नाँचगान, स्थानीय भेषभूषा, चाडपर्वहरू, प्राकृतिक, तातेपानी स्नान, लाङटाङ हिमाल र गणेश हिमाल, साङ्जेन हिमाल, केरुङ हिमाल पाल्दोरपिक हिमालको सुन्दर दृष्यावलोकन, समथर घाँसे मैदान, (सोमदाङ उपत्यका, माफुम्चे र नागथली), एवंम् धार्मिक स्थलहरू (पार्वतीकुण्ड, जागेश्वर कुण्ड) अन्य ऐतिहाँसीक स्थानहरू तामाङ संस्कृतिको वन्यजन्तु अवलोकन अनुसन्धान, होमस्टे र सामुदायिक लजको अनुभव लिने जस्ता क्रियाकलापहरू नै यस मार्गको मुख्य आकर्षण हुन् । यस मार्ग अन्र्तरगत पर्ने गतलाङ गाउँबाट गणेश हिमाल र साङ्जेन हिमाल क्षेत्रमा समेत पदयात्रा गर्न सकिन्छ ।

पर्यटन व्यावसायका पारखी विकास तामाङ भन्छन् ‘यहाँ आउने पर्यटकहरूको संख्या दैनिक बढ्दो छ । आउँनेहरूले यो ठाउँको अति राम्रो मानेर यहाँको विकासको लागि एक न एक सुझाव दिएर जान्छन् । गाउँ प्राकृतिक, ऐतिहासि र साँस्कृतिक सम्पदा र जैविक विविधताले धनीको रूपमा परिचित रहेको छ । त्यसकारणले यस गाउँको प्रमुख पर्यटकीय आकर्षणहरूमा तामाङ संस्कृति परम्परा एवं नाँचगानहरू रहेका छन् । दोहे¥याएर आउनेहरूले त सुविधाहरू थपभएर गाउँ निकै राम्रो भएको, गुणस्तरिय पर्यटनको सुरुभएको प्रति ग्रहाक सन्तुष्टि दिन सकेकामा खुसी लाग्छ ।’
साङ्जेन मिहालको दृश्य
खासगरी गतलाङ गाउँमा देख्न सकिने तामाङ साँस्कृतिक, गतलाङ गाउँ परम्परागत भेषभूषा, स्याब्रु नाँच माने नाँच, घोडा नाँच जरायो नाँचलगायत वुद्ध जयन्ती मेलामा नाँचीने नाँचहरू हुन् । काठले छाएका पुराना शैलीका घरहरू, चाडपर्वहरू यस गाउँको प्रमुख आकर्षणहरू हुन् भने अन्य आकर्षणहरूमा गणेश हिमाल, पाल्दोर पीक, गणेश हिमाल तथा शिशा खानी, सोमदाङ उपत्यका, साङजेन हिमाल, माफुम्चे डाडाँ, जागेश्वर कुण्ड, पार्वती कुण्ड, वोङजो घले दरवार र अन्य सुन्दर दृष्य देख्न सकिने स्थानहरू छन् ।


यस गाउँमा सामुदायिक लज तथा सास्कृतिक केन्द्र पनि छ । गाउँका युवाहरू बनाएका सामुदायिक लजमा २० देखि ३५ जनासम्मलाई सेवा सुविधा दिन सकिने क्षमता रहेको छ ।
लाङटाङ हिमाको दृष्य
अन्य होटेल तथा लज पनि रहेका छन् । पर्यटकहरूलाई आकर्षण गर्नको लागि साँस्कृतिक कार्यक्रमहरू देखाउने, गाउँ भ्रमण गर्ने, पानी घट्टको अवलोकन, बिहानीपख देखिने लाङटाङ हिमालको मनोरम दृष्यले पर्यटकहरूको मन लोभ्याउने गरेको छ ।
यस गाविसमा सिडिएमए प्रणालीको फोन साथै पोर्टर गाइड समेत स्थानीय स्तरमै पाइन्छ । यहाँको स्थानीय उत्पादनमा खाद्यान्न र विभिन्न हस्तकालाका सामाग्रीहरू समेत रहेको छ ।
साथीहरु हेमनाख खतिवडा, निराजन पौडेलसँगको गत्लाङ यात्रा

यस क्षेत्रमा आउने पर्यटकहरूले साँस्कृतिक पदयात्रा, गाउँ भ्रमण, तामाङ साँस्कृतिक कार्यक्रम अवलोकन, तामाङ संस्कृतिवारे र जैविक विविधताको अनुसन्धान, विभिन्न वन्यजन्तुहरूको अवलोकन र माफुम्चे डाडाँबाट तथा वोङजो घले दरबारबाट दृष्यावलोकन गर्न पाइन्छ । गाउँमा केही समय लिएर अध्ययन अनुसन्धान र अवलोकन गर्न चाहने पर्यटकहरूले यी विभिन्न स्थानहरूको भ्रमण र अनुभव लिन सक्नेछन् ।


(यात्राको क्रममा २ वर्ष पहिले लेखिएको)

Followers

Pages

Follow Me in Facebook

यो साताको चर्चित

यो महिनाभरिका चर्चित

ब्लगभरिका चर्चित

My Archive

Powered by Blogger.