Home » » महिला अधिकारको लागि अभियान र आजको आवश्यकता

महिला अधिकारको लागि अभियान र आजको आवश्यकता


           
विश्वास नेपाली
                                            (करिव ४ वर्ष पहिले लेखिएको यो लेख मिति २०७० चैत १ मा यहाँ राखिएको )   
               
हाम्रो नेपाली समाजमा महिलाहरूको स्थान पुरुषको भन्दा निकै तल रहेको छ । आजको यो उत्तर आधुनिक युगको विकासे मोडमा आईपुग्दा पनि महिलाहरूले हक र अधिकार पाईरहेका छैनन् । राज्यले महिलाहरूलाई पनि पूरुष सरह जीवन यापन गर्न पाउने अधिकारको सुनिश्चितता गरेपनि, महिलाहरूले स्वतन्त्र रुपमा अधिकार पाउनु र प्राप्त अधिकारको उचित संरक्षण र सम्वद्र्धनको सुनिश्चितता हुनु महिला अधिकार हो भनी परिभाषा गरेको पाईन्छ । तर हाम्रो नेपाली समाज त्यसका पनि ग्रामीण समाजको परिवेशमा महिलाहरूले स्वतन्त्रता पाएका छैनन् ।
यसको प्रमुख कारण भनेको समाजमा रहेका पूरुष वर्गको हैकमवाद प्रवृद्धि र पितृसत्तात्मक सोचले गर्दा हो । आजको यो वद्लिदो परिवेशमा समेत महिलाहरू दोस्रो दर्जाको रुपमा रहुन परिरहेको बाध्यात्मक स्थिति छ । घरधन्दाको काममा मात्र सिमित रहनुपर्दछ । महिलाहरू बच्चा जन्माउने र पुरुष वर्गको मनोरन्जनको साधन बन्न पर्नै पुरातन सस्कृति र सोचका कारण सकरात्मक रुपमा परिवर्तन हुन सकिरहेको छैन । पुरातन सोचकै कारण शिक्षाको अवसर बाट पनि बन्चित भई अधिकंश महिलाहरू हरेक प्रकारका समस्या बाट पनि ग्रसित भई अधिकांश महिलाहरू हरेक प्रकारका समस्या र हिंसाबाट प्रभावित बनेका छन् । राज्यको विभेदकारी कानूनका कारण महिलाहरू मुक्त हुन सकिरहेका छैनन् । राज्यको स्पष्ट कानून र कार्यन्वयनको अभावमा महिलाहरू हरेक प्रकारका अधिकारबाट बञ्चित रहन परिरहेको बाध्यात्मक स्थिति रहि आएको छ ।
घरेलु हिंसा, लैङ्गिक विभेद , शैक्षिक अभाव, रोजगारी , चेलीबेटी बेचविखन, स्वास्थ्य समस्या लगायत अनेक प्रकारका समस्याबाट महिलाहरू प्रत्यक्ष रुपमा पिडित छन् । समाजमा पुरुष वर्गको मात्र नभई महिलाहरू महिलाकै हेपाई ,मिचाई र विभेदका कारण अधिकार विहिन बनेका छन् । आन्तरिक विभेद महिलाहरू आफैले गरेका छन् । 
सासुले बुहारी ,बुहारीले सासु, नन्दले भाउजू,देउरानीले जेठानी, विचमा हुने गरेको विभेदका कारण अधिकांश महिलाहरू हिंसामा परेका छन् । यि यस्ता अनेकन् समस्याका कारण महिलाहरू समस्यामा परेका छन्  यसका लागि सकरात्मक रुपमा महिलाहरूले चेतनामुलक अभियान तथा आन्दोलन गर्नुपर्ने आजको आवश्यकता रहेको छ । 
ग्रामीण समाजमा रहेका महिलाहरूको स्वतन्त्रपुर्वक बाँच्न, हिडडुल गर्न, स्वतन्त्रतापूर्वक बोल्न पाउन पर्ने हकको संरक्षण र सम्वद्र्धन गर्नका लागि सवै महिलाहरू एकजुट भएर संगठित रुपमा हातेमालो गर्न पर्ने देखिन्छ । विकट जिल्ला रसुवामा महिलाहरू हरेक अधिकारबाट बञ्चित छन् । १४ बर्ष नपुग्दै १८ बर्षका नागरिकता बनाएर विदेश पलायन हुने र विभिन्न मृत्यु जन्य रोगको शिकार भएर फर्कने र समस्यामा पर्ने गरेका छन् । राज्यको सम्पूर्ण सेवा सुविधाहरू उपयोग गर्न पाउने, पूरुष सरह अधिकार पाउने व्यवस्था गरेर पनि त्यसको संरक्षण हुन सकिरहेको छैन । यी सवै खाले समस्याहरूलाई मध्येनजर गर्दै सम्पुर्ण महिलाहरूको नेतृत्व गर्दै अधिकार स्थापित गराउने अभियानमा यस जिल्लामा पनि २०६४ सालदेखि निरन्तर रुपमा महिला अधिकार आन्दोलनमा महिला अधिकार मञ्चले काम गरिरहेको छ । 
   गैर सरकारी संस्था नेपाल कृषिवन प्रतिष्ठान र मानेकोर सोसाईटी नेपालको पहलमा गठन भएको  महिला अधिकार मञ्चले ग्रामीण समाजका महिलाहरूको विभिन्न हक अधिकार स्थापित गराउने तर्फ अभियान गरिरहेको छ । समुदाय र यसमा हुने विभिन्न खाले घट्नाहरूले महिलाहरूलाई प्रत्यक्ष रुपमा प्रभाव पारिरहेको छ । समाजमा पुरुषको भन्दा पनि महिलाहरूकै कारण महिलाहरू पिडित बनेका छन् जसको कारण महिला हक खोसिएको छ । धैवुङको धारापानीमा छोरा नपाएको निहुमा श्रीमान र ससुराको कुटाईबाट अकालमै मृत्युको शिकार भएकी महिला, भोर्ले को ७ चितिमा घरायसी सामान्य झगडामा देउरानीले जेठानीलाई छुरी प्रहार गरेर गम्भिर घट्नाबाट प्रत्यक्ष रुपमा महिलाहरू शिकार बनिरहेको छन् । यस्ता घट्नाहरू अन्त्य गर्न र घरेलु हिंसाका घट्नाहरू हटाउनका लािग महिला अधिकार मञ्चले विभिन्न खाले कार्यहरू गरिरहेको छ । 
       स्थानिय स्तरमा आर्थिक लगायत अन्य प्रकारका स्रोत जुटाई अभियान र आन्दोलनको क्रममा मञ्चले धेरै सकरात्मक कार्यहरू समेत गरीरहेको छ । पिडित महिलाालाई न्याय दिलाउने अपराधीलाई सम्वन्धीत निकायमा बुझाउने जस्ता वकालतिय काम पनि मञ्चले गारिरहेको छ । धैवुङ्ग– ६ कि लक्ष्मि न्यौपानेलाई कुटपिट गर्ने धैवुङ ४ को गोपी आचार्यलाई सार्वजनिक माफि सँग रु २०००÷– जरीवाना गराउने , धैवुङ,९ जिवजिवेका मिठू नेपालीलाई उनको श्रीमान्ले ३ वटा श्रीमति विहे गरको र उनलाई अलपत्र छोडेका  कारण मञ्चको पहलान २ आना बराबरको घडेरीको लागि जग्गा उपलब्ध गराउने जस्ता उल्लेखनिय काम पनि मञ्चले गरेको छ । उत्तरी हाकु गाविसका महिलाहरूको पहलमा ३ लाख भन्दा बढी लागतमा सामूदायिक भवन निर्माण गरि महिलाले के गर्न सक्छन् र ? भन्ने पुरानो मान्यतालाई चुनौती दिएका छन् ।  लहरेपौवा गाविस २ की दुर्गा लामिछानेले मञ्चको सहायताले धेरै रहात अनुभूति गरिरहेकी छिन् । उनले नुवाकोट जिल्ला अदालतबाट श्रीमान सँग १८ वर्ष देखि गुमेको आफ्नो सम्पति अधिकारको मुद्धा जितेकी छिन् ।
        प्राकृतिक स्रोतको दृष्ट्रिले अत्यन्तै रमणिय र धनी भएपनि भौगोलिक विकटता र विकास निर्माणका दृष्ट्रिले अत्यन्तै पछाडी परेका यस जिल्लामा अनेकन समस्याहरू छन् । पुरुषवादी समाज र पितृसत्तात्मक सोचका कारण महिलाहरू अझैपनि दासताका जीवन विताउन बाध्य छन् । चाहेर पनि उनीहरू परिवर्तन हुन सकिरहेको छैनन् । यस्तो अवस्थामा समग्र जिल्लाको परिवेशलाई महिला अधिकार मन्चले नेतृत्व लिनु आजको आवश्यकतारहेको नेपाल कृषिवन प्रतिष्ठान रसुवाका महिला अधिकार सवाल प्रमुख भद्रा राजभण्डारिको भनाई छ । राम्चेको ओडार वस्तीका र यार्सा जस्ता विकट वस्तीका महिलाको माग पनि यहि हो । सम्पुर्ण क्षेत्रका समुदाय तहदेखि अधिकार विहिन महिलाहरूलाई गोलबद्ध तथा संगठित गर्दै यस महिला अधिकार प्राप्तीको आन्दोलनमा समावेश गराउनु आजको आवश्यकता हो । देशमा सविंधान बन्दैछ । यस महात्वपुर्ण घडी भनेको समग्र राष्ट्रको भाग्य रेखा कोरिने अवस्था हो । यसमा सम्पूर्णको भविष्य जोडिएको छ । त्यसैले समग्र महिलाहरूको अधिकारको ग्यारेन्टी सहितको मुद्धाहरू सविंधानमा लेखाउने दिशामा अभियान केन्द्रित हुन जरुरी छ । त्यसैले समय र सन्दर्भलाई आत्मा साथ गरेर महिला अधिकार मञ्चले हरेक अधिकार प्राप्तिको अभियान गर्नूपर्छ । साथै एउटा कुरा के भूल्नु हुदैन भने महिला अधिकार कर्ताले गर्ने महिला अधिकार आन्दोलन भनेको केवल पूरुष सँग मात्र होईन । राज्यको निति नियम र संस्कार सँग हुनुपर्छ । जसले आजको यो संरचना फेरेर नयाँ व्यवस्था ल्याउन सकोस । त्यसको लागि सवै समुदायका महिलाहरू एक जुट भएर उठ्न पर्ने आवश्यकता छ । 


Followers

Pages

Follow Me in Facebook

यो साताको चर्चित

यो महिनाभरिका चर्चित

ब्लगभरिका चर्चित

My Archive

Powered by Blogger.