Home » , » कमलरीदेखि सभासद्सम्म

कमलरीदेखि सभासद्सम्म

—विश्वास नेपाली
sdलरीदेखि सभासद्सम्म’ पुस्तक पढ्ने अवसर मिल्यो । लेख्न, पढ्न नजान्ने महिलाले गरेको मिहनेत र छोटो समयको उनको छलाङ्गले शान्ता लेखपढ् गर्न मात्र जान्ने भइनन्की मुलुकको सभासद्सम्म बनिन् । जुन—जुन मेहनत चौधरीले गरिन् त्यसको फल पनि छोेटो समयमै हात पारिन् । 
जीवनको १८ वर्ष जमिन्दारकोमा कमलरी जीवन विताएकी शान्ताले उक्त अवधिमा सात जमिन्दारकोमा काम गर्नुप¥यो । असह्य दुव्र्यवहार सहनुपर्ने तर कसैलाई ति पीडा भन्न समेत नपाइने गजवको प्रचलन थियो कमलरी प्रथा भित्र । विकल्प विना कमलरीमुक्तीको घोषणा सरकारले गरेपछि पनि आफू र परिवारको जीविकाको लागि पुनः ६ वर्ष कमलरीकै रूपमा काम गर्नुपरेको दर्दनाक अवस्था उनको पुस्तकमा पढ्न 
पाइन्छ । 
कमलरी मुक्तिको आन्दोलनबाट सुरु भएको शान्ताको संघर्षको बाटो भूमि अधिकार आन्दोलन हुँदै राजनीतिक रूपमा जोडिन पुग्यो । जसले उनलाई सफल मात्र बनाएन की मुलुककै संविधान बनाउने ठाउँ सम्म पु¥यायो त्यो पनि प्राकृतिक स्रोत साधन समितिको सभापतीकै रूपमा । यद्यपी देशमा विविध कारणले संविधान भने आउन सकेन् जुन कुरा उनले आफ्नो पुस्तकमा उल्लेख गरेकी छिन् । 

उनी कसरी कमलरी भइन्, जमिन्दारकोमा कमलरी बस्दा उनले भोग्नु परेको दुःख, पीडा, कठिनाई, ति कठिनाईसँग जुँध्दै उनले गरेको सफल प्रयासहरूले शान्तालाई कसरी भूमि अभिायनमा जोड्दै सविधान सभासम्म पु¥यायो, सभासद् भएपछि पनि उनको जीवनमा आएको दुःख, पीडा, अपमान र त्यसलाई चिर्नको लागि उनले गरेको अठोटपूर्ण प्रयास र सफलताका कुरालाई उनले सरल भाषामा व्यक्त गरेकी छिन् । पुस्तक पढ्ने जो कोहीको मन एकपटक चिसो हुनेछ उनको दुःखद्पूर्ण संघर्ष पढेर । 
दाङ, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको विकसित एवंम्  सुगम जिल्लामा जन्मेकी भएपनि शान्ताको जीवनले कहिल्यै सुगमता र सुखानुभूत गर्न नपाएको दुःख र वेदानाका कुराहरू पढ्दा जो कोहीको आँखामा पनि आशु अडिदैन ।
दाङ लक्ष्मिनियाँमा जन्मेकी शान्ताले सानै उमेरमा जमिन्दारकोमा कमलरी बस्नुप¥यो । घरको पारिवारीक अवस्था अत्यन्तैै नाजुक थियो । बिहान बेलुकाको छाक टार्नको लागि उनको परिवारलाई निकै कठिन 
थियो । ६ दिदीबहिनीकी एक शान्ताले पनि अरुजस्तैै कमलरी बस्नुपर्ने बाध्यताम्क स्थिती आइपरेको थियो । जुन बेला उनलाई कमलरी बस्दा गर्नुपर्ने कामबारे समेत थाहा थिएन । 
जमिन्दारको घरमा बधुँवा मजदुरको रूपमा उनीहरूको घरको रेखदेख, गाईबस्तुको हेरचाह, घाँसपात, दाउरा सङ्कलन, खेतबारीको काम, करसेबारीको काम, बालबालिकाहरूको हेरचाह गर्नको लागि थारु समुदायको बालिकाहरु राख्ने चलन कमलरी प्रथा हो । कलमरी राख्ने प्रथा जमिन्दारहरूले चलाएका हुन् । जुन प्रथाले शान्तालाई पनि ८ वर्षको कलिलै उमेरमा पकडेको थियो । 
भर्खरै हुर्कदो उमेर, विद्यालयमा कखरा सिक्ने पर्ने उमेरमा शान्ताको जीवन जमिन्दारको घरमा कमलरीको रूपमा वित्यो । जीवनको लामो समय शान्ताले कमलरीको रूपमा विताइन् । उनले पुस्तकमा पहिलो पटक कमलरी बस्न जाने दिनको सम्झना गर्दै लेखेका छिन, ‘म टोलाएर बसेकी थिएँ । साँझ परेपछि दिदीहरू कामबाट फर्केर घरमा जम्मा भए । आमाले परिवारका सबै सदस्यहरूलाई सँगै राखेर भोलीबाट कान्छु पनि पनि खेतुलाल अधिकारीको घरमा काम गर्ने जाने जानकारी गराउनुभयो । त्यसपछि बल्ल बुँझे ला १ म आजदेखि कमलरी भएछुँ ।’ त्यो दिन २०४५ साल माघ १ गते ९माघे सङ्क्रान्ति०को दिन थियो । उनी त्यसदिनदेखि जमिन्दारकोमा कमलरी हुन पुगिन् जवकी उनलाई कमलरी भनकै राम्रोसँग थाहा थिएन । 
शान्ताले आफ्नो कमलरी जीवनलाई ‘कठोर यात्रा’ भनेर चित्रित गरेकी छिन् । जमिन्दारका सबै सदस्यलाई हजुर भनेर बोलाउनुपर्ने, काममा जाउ, सामान किन्न बजार जाउ, बस्तुभाउ चराउ, खेतीपातीको काम गर, गाईबस्तुको हेरचाह गर, उनीहरूको छोराछोरीको हेरचाह गर विद्यालय लाने÷ल्याउने गर, लगायतका काम दैनिक रूपमा पीडादायी रूपमा गर्नुप¥यो । काम गर्दा कुनै सानो गल्ती भइहाल्यो भने जमिन्दारनीको कुटाई खानु त सामान्यनै हुन्थ्यो कमलरीको लागि । यी पीडालाई सम्झदै शान्ताले जमिन्दारको घर पनि कमलरीको लागि एक ‘जेल’ जस्तै हो भनेकी छिन् ।
जमिन्दारकोमा बस्दा शान्तालाई कहिल्यै फुर्सद दिइदैनथियो । गर्भवती हुँदा समेत उनलाई छुट्टि नदिएको घटनालाई यसरी स्मरण गरेकी छिन् ‘पेटमा नौ महिनाको बच्चा लिएर पनि मैले काँधमा भारी उठाउनुपथ्र्यो । त्यसो गर्दा निकै पीडा हुन्थ्यो । मानवीयताका आधारमा जमिन्दारले यस्तो बेलामा काम लगाउनुहुन्न भन्ने बुझ्नुपर्ने हो । तर, उनीहरूले कहिले पनि यस्तो बुझ्ने प्रयास समेत गरेनन् । यस अर्थमा जमिन्दार हामी जस्ता काम गर्न राखिएकाप्रति कति निष्ठुर हुन्थे भन्ने बुझ्न सकिन्छ ।’
कमलरी आन्दोलनपछि सरकारले कमलरी मुक्तिको घोषणा त ग¥यो तर विकल्प विनाको त्यो घोषणाले कमलरीलाई छुन सकेन् । उनीहरू जमिन्दारकैमा काम गरिरहन बाध्य भए । पेट पाल्नको लागि । जीवन धान्नका लागि । 
शान्ता, २०६३ सालमा आएर मात्र कमलरीबाट मुक्त भइन् । कमलरीबाट मुक्त भएपछि आफ्नो अधिकारको लागि भूमि आन्दोलनमा सक्रिए भइन् । साथै कमलरी मुक्ति आन्दोलनमा पनि । त्यसो त उनी कमलरी बस्दा पनि भित्रभित्रै कमलरी मुक्ति र भूमि अधिकार अभियानमा सक्रिय हुन थालीसकेकी थिइन् । तर अव भने उनी खुलरै सक्रिय भइन् । 
शान्ता निर्भर, निडर र नेतृत्व गर्न सक्ने भएकैले पनि उनी अभियानमा सफल हुँदै गइन् । सरकारले मुक्ति घोषणा गर्दा पनि कमलरीहरु मुक्त हुन नसकेपछि २०६२ सालमा आफ्नै गाउँलाई कमलरी मुक्त गाउँ घोषणा गर्न आफ्नै नेतृत्वमा सफल भइन् । त्यस्तै भूमि अधिकार मञ्चको जिल्लामा नेतृत्व गर्दै केन्द्रीय तहमा समेत नेतृत्व गर्न सक्षम भइन् । जसले उनलाई देशकै संविधान सभासम्म पु¥यायो ।
अवसर पायो भने मान्छेले जस्तैसुकै गाहे कुरालाई पनि सजिलोमा रूपान्तरण गर्न सक्छ भन्ने ज्ञान शान्ताको जिवनीबाट पाउन सकिन्छ । भूमि अधिकार आन्दोलनकै प्रभावबाट पहिचान बढ्दै गएपछि नेकपा एमालेले २०६४ सालको पहिलो पटक भएको संविधान सभामा सभासद् बनायो । यसपछि उनले आफ्नो जीवनलाई धेरै तरिकाले बदलेकी छिन् । जीवनमा कहिल्यै हार खाएकी छैनन् । जीवनमा विद्यालयको अनुहार नदेखेकी शान्तले मेहनत गरेर पढ्न सक्ने भइन्, लेख्न सक्ने भइन् त्यती मात्र होइन् अहिलेको प्रविधिलाई चुनौती दिदै इमेल–इन्टरनेट तथा सामाजिक सञ्जालमा समेत सजिलै जोडिएकी छिन् । 

0 comments:

Post a Comment

Followers

Pages

Follow Me in Facebook

यो साताको चर्चित

यो महिनाभरिका चर्चित

ब्लगभरिका चर्चित

My Archive

Powered by Blogger.